सडक बालबालिका एक सरोकारको विषय

आदर्श समाज सम्वाददाता
माघ १३, २०७०

बालबालिका को हुन् वा कुन उमेरसम्मको व्यक्तिलाई बालबालिका भनी परिभाषित गर्ने भन्ने बारेमा कुनै कार्य आधार छैन। प्रत्येक राज्यको कानुनले परिभाषित गरे अनुसार बालबालिकाको उमेर फरक-फरक पाइन्छ। बालबालिका भनेका जन्मेदेखि १८ वर्ष उमेर नपुग्दासम्मका व्यक्ति हुन्। बालबालिकाहरू शारीरिक एवम् मानसिक रूपमा परिपक्व नहुने हुँदा उनीहरूलाई विशेष हेरचाह र सुविधाहरूको आवश्यकता पर्दछ। यसका लागि उनीहरूलाई संरक्षण प्रदान गर्नुपर्दछ।

बाँच्नका लागि चाहिने आधारभूत कुराहरूको व्यवस्था गर्नु, शिक्षा प्रदान गर्नु, स्वास्थ्य सेवा प्रदान गर्नु, खेल मनोरञ्जन र आराम गर्न दिनु, माया स्नेह गर्नु, हेला दुर्र्व्यवहार र शोषण हुनबाट जोगाउनु पर्छ। माया, स्नेह, शान्ति, समझदारी र सुरक्षापूर्ण वातावरणभित्र असल शिक्षा हासिल गर्दै स्वस्थ भएर आफ्नो बालापन बिताउन पाउने प्रत्येक बालबालिकाको नैसर्गिक अधिकार हो। बाल अधिकार भनेको बालबालिकालाई सामाजिक असुरक्षा, अशिक्षा, अवहेलना, तिरस्कार, शोषण र उत्पीडनको विरुद्धमा संरक्षण गर्दै यिनीहरूको बालापन सुनिश्चित गर्नु हो। बालबालिकाहरूले स्वयं आफ्नो अधिकार आफै लिन नसक्ने हुनाले उनीहरूको अधिकारको संरक्षण गर्नु वयस्कहरूको अर्थात् हुर्र्किसकेका व्यक्तिहरूको दायित्व हो।

बालबालिकाले बाँच्न पाउने अधिकार विकास गर्न पाउने, संरक्षण पाउने र आफ्ना बारेमा हुने गरिने नीति निर्णय र सामाजिक गतिविधिहरूमा सहभागी हुन पाउने अधिकार हो। नेपालको सम्बन्धमा १६ वर्षभन्दा मुनिको उमेरलाई बालबालिका भनिन्छ।

बालबालिकासम्बन्धी विश्वव्यापी एवम् राष्ट्रिय घोषणा सन् १९२३ मा बालबचाउ अन्तर्राष्ट्रिय युनियनले बालअधिकार घोषणापत्रलाई अगाडि सार्‍यो। जसलाई जेनेभा घोषणापत्र भनिन्छ। त्यसै गरी १९८३ मा संयुक्त राष्ट्रको कार्यदललाई सहायता गर्न विभिन्न गैर सरकारी संस्थाहरूको गैरसरकारी संस्था एवम् तदर्थ समिति गठन भई महासन्धिको अन्तिम मस्यौदा महत्त्वपूर्ण योगदान गर्‍यो। त्यस्तै गरी नेपालमा सन् १९८७ मा पहिलो पटक बालश्रम शोषण उन्मूलन गर्न र बालअधिकार सम्बन्धी अवधारणालाई कार्यान्वयन गर्न नेपाल बाल मजदुर सरोकार केन्द्रको स्थापना भई बालश्रम सम्बन्धी पहिलो प्रकाशन ख्यष्अभ या अजष्मि धयचपभचक को प्रारम्भ भएको पाइन्छ।

१९८७ को महासन्धिमा धारा २० मा परिवारविहिन बालबालिकाको संरक्षण गरिनुु पर्ने,

धारा २६ मा सामाजिक सुरक्षाबाट सुविधा पाउने बालबालिकाको अधिकार,

धारा २८ मा शिक्षा प्राप्त गर्ने बालबालिकाको अधिकार र कम्तीमा प्राथमिक शिक्षा अनिवार्य र निःशुल्क गराउनु पर्ने राज्यको दायित्व,

धारा २३ मा यातना, दुर्र्व्यवहार वा सजायँ, मृत्युदण्ड आजीवन कारावास गैह्र कानुनी गिरफ्तारी अथवा स्वतन्त्रताको अपहरणमा प्रतिबन्ध जस्ता विविध धाराहरू उल्लेख भएको पाइन्छ तरपनि यतिका वर्ष बितिसक्दा पनि यो समस्याको निराकरण हुन सकेको पाइँदैन। आज सडक बालबालिका जस्ता बालबच्चाहरूको समाजमा समस्या आइपरेको पाइन्छ।

बालबालिका प्रत्येक घर परिवार र सिङ्गो राष्ट्रका एक अभिन्न अ· हुन्। उनीहरू विना समाजको निर्माण र सिर्जना सम्भव छैन। बालबालिकाको विकास विना समाज अगाडि बढ्न सक्दैन। आजका बालबालिका नै भोलिका मान्ने हुन्। उनीहरूले उचित शिक्षा-दीक्षा पाई चरित्र निर्माण गर्नुपर्ने बेलामा सडक बालबालिका भई सडक जीवन बिताउनु निश्चय नै नैतिक तथा सामाजिक दृष्टिकोणबाट उपेक्षित हुनु हो।

प्रमुख रूपमा देशमा भइरहेको अन्यन्तै महत्त्व चेतनाको कमी अशिक्षा गैर जिम्मेवारीपन जस्ता कारणबाट सडक बालबालिकाको संख्यामा वृद्धि भएको पाइन्छ। राष्ट्रमा सडक बालबालिकाको संख्या दिनप्रतिदिन बढ्नु दुःखको कुरा हो किनभने यसले देशको भविष्यलाई नै नकरात्मक प्रभाव पार्नुका साथै संसारभरनै देशको धर्तीलाई धमिल्याउने काम गरिरहेको पाइन्छ। सडकमा उपेक्षित र अनियन्त्रित जीवनले उनीहरूलाई गैर जिम्मेवार र अराजक बन्न सिकाएको छ। साथै गैर कानुनी र असामयिक गतिविधिमा संलग्नता बढ्दै जानुले थप खतरा निम्त्याएको छ। संयुक्त राष्ट्रसंघले बालअधिकार महासन्धि पारित गरेको र नेपालले उक्त महासन्धिमा हस्ताक्षर गरेको दुर्इ दशक पार गरिसकेको छ। यस बीचमा सरकारी र गैर सरकारी दुबै क्षेत्रबाट बालअधिकार र बाल विकासका निम्ति धेरै प्रयत्न नगरेका पनि होइनन् तर यथार्थ तस्विरलाई हेर्ने हो भने स्थिति नाजुक छ। यहाँका धेरै बालबालिकाहरू शिक्षाबाट बञ्चित भई बालश्रम गर्न बाध्य भएका छन्। बालबालिका देशका कर्णयार हुन्। उनीहरूमा रहेको अपार सिर्जनशील क्षमताको प्रस्फुटनले नै भोली सुन्दर नेपालको सपना साकार हुन्छ। यसका लागि चाहिने शिक्षा-दीक्षा, माया-ममता पाउनुको सट्टा कतिपय बालबालिकाले फोहरका थुप्राहरूमा आफ्ना अमूल्य बालापन गुमाउने परिस्थिति सृजना हुनु गम्भीर चिन्ताको विषय हो। घर परिवार र सम्पत्तिविहीन यो समूह समाजभित्र भइकन पनि समाजबाट अलग हुन पुगेको पाइन्छ। उनीहरूको आफ्नै प्रकारको संस्कारको विकास भएको छ। आफ्नो पूर्व पहिचान गुमाएर बसेको अवस्थामा भेटिन्छन्। नेपालमा सडक बालबालिकासँग काम गर्ने धेरै संघ संस्था नभएका पनि त होइनन् तरपनि पूर्णरूपमा यो समस्या घटेको पाउन सकिरहेको अवस्था पाइँदैन। यिनै सडक बालबालिकाहरू पछि कुनै पनि आशय राज्यले नपाइ मानसिक, शारीरिक, संवेगात्मक अवस्थाबाट सकुशल नभई उनीहरू पछि गएर मानसिक अवस्था गुमाएका, डरलाग्दो भयावह अवस्थामा पनि सडकमा भेटिन्छन्। यिनीहरूले कुनै संस्कार नभएका कारण कुलत, कुविचार, हिंसाजन्य कार्य हिंस्रक कार्य हत्या, दुर्र्व्यसनीजस्ता कार्यहरू गर्न पछि नपरेको अवस्थामा भेटिन्छन्। तसर्थ यस्ता सडक बालबालिकाहरू प्रति जिम्मेवार वा सरोकरावालाहरू बढी जिम्मेवार हुनुपर्ने हुन्छ। यस्ता बालबालिकाहरू जन्मने बेलामा पूर्ण सपा· मानसिक रूपमा स्वच्छ हुँदाहुँदै पनि पछि गएर उपेक्षा भावले गर्दा प्रभावकारी रूपबाट सम्बोधन गर्न नसिकएको विषय बन्न पुगेजस्तो छ।

यस्ता बालबालिका अधिकांश ५-१४ वर्ष उमेर समूहका रहेको पनि पाइन्छ। धेरै जसो विद्यालय शिक्षाबाट बञ्चित छन्। बेरोजगारी, टुहुरो भएका कारणले र कमजोर आर्थिक अवस्थाले गर्दा विद्यालय बीचैमा छाडेका भेटिन्छन्। सडक बालबालिकामा बालकको तुलनामा सडक बालिकाहरू नगण्य रूपमा रहेको पाइन्छ। यिनीहरूको पारिवारीक पृष्ठभूमि कोट्याएर हेर्दा पारिवारिक संख्या बढी अभिभावकहरू निरक्षर, आर्थिक रूपले कमजोर, न्यूनतम ज्याला भएका कृषि पेसामा संलग्न विशेष गरी बाबुहरू मादक पदार्थको अनियन्त्रित रूपमा सेवन, कुलतमा लागेका विपन्न परिवारका बालबालिकाहरू सडकमा आउने गरेको पाइन्छ। यसरी बालबालिकाहरू घर छोडेर सडकमा आउनुका पछाडि सामाजिक, आर्थिक कारणहरू रहेका छन्। पारिवारिक हिंसा, दुर्र्व्यवहार, वेवास्ता, बसाईँ सराइ, सहरप्रतिको आकर्षण, द्वन्द्व प्रभावित आदि सामाजिक प्रमुख कारणहरू हुन् भने गरिबी, रोजगारीमा खोजी आदि आर्थिक कारणहरू देखिएको पनि छ। कवाडी सामान संकलन गरी गुजारा गरेका थोत्रा पुराना सामानहरू संकलन गरेर दैनिक गुजारा गर्ने काम गर्न नसक्नेले मागेर खाने, खुला आकाश मुनिको बास, भोक र रोगसँग दैनिक साक्षात्कार हुने गर्दछन्।

यिनै बालबालिकाहरू दिनप्रतिदिन यसरी आफ्नो दिनचर्या बिताउँदै जाँदा कयौं वर्ष बिताएर सडकको छेऊ-छेऊमा वयस्क भएपछि पनि पाए खाने, नपाए त्यसै गुल्टिने कयौं बाटाहरूमा निस्किएका व्यक्तिहरूलाई बाटोमा देख्न पाइन्छ। यस्ता व्यक्तिहरूप्रति कसको चासो जाने सबैलाई आ-आफ्नो दिनचर्या बिताउन परिरहेको छ। विशेष गरी मानसिक सन्तुलन गुमाएका व्यक्तिहरू राम्रो बोल्न पनि सक्दैनन्, लत्ताकपडा ततेर्न पनि सक्दैनन्। सबैका हेला र उपेक्षाका पात्र भएर सडक-सडक डुलिरहन्छन्। पाए खान्छन् नपाए त्यसै बस्दछन्। कालले पनि त्यस्ता व्यक्तिहरूलाई हेला गर्दछ। आफै मर्न पनि सक्दैनन् कस्तो विपत्तिको बेला – कयौं त सहन नसकि अकालमा ज्यान पनि गुमाउन पुग्दछन् अनि भन्दछन् मानसिक असन्तुलन, बौलाहा थियो त्यही भएर मरेको भनि बर्खिलाप गर्दछन्। यिनै सडक बालकालिकाहरू नै यस्ता व्यक्तिहरू बन्न पुग्दछन्। यस्ता व्यक्तिहरूको पनि अध्ययन अनुसन्धान गर्दै जाने हो भने धेरै सकारात्मक पक्षहरू भेटिन्छन् मात्र एउटा धन नभएका कारण विकराल अवस्थामा पुगेको पाइन्छ। सडक बालबालिकाहरूमा पनि आत्मनिर्भरता कामप्रतिको समर्पण खेर गइरहेको वस्तुको पुनः प्रशोधनमा योगदान एक आपसमा सहयोग भाइचारा स्वतन्त्रताको अनुभव तथा जस्तोसुकै परिस्थितिसँग जुध्ने बानीको विकास आदि पाइन्छ भने नकरात्मक पक्ष नराम्रा कुराहरूमा अव्यवस्थित र अनियन्त्रित जीवन आएको अपर्याप्तता रोगहरूमा संक्रमण अपराधको दुनियाँसँग सर्म्पर्क लागू पदार्थ दुर्व्यससन तथा ज्क्ष्ख्रब्क्ष्म्क् को जोखिम, समुदायप्रति नकरात्मक व्याख्या हिनाताबोध आत्मविश्वासको कमी, अराजक स्वभावको विकास, नेपालमा ९०% भन्दा बढी पारिवारिक झगडाहरू आर्थिक कारणसँग सम्बन्धित रहेका छन्। यस्तो पारिवारिक झगडाले बालबालिकाहरूको कलिलो दिमागमा नराम्रो असर गर्दछ। नेपालमा झण्डै ९०% भन्दा बढी सडक बालबालिकाहरू निम्न वर्गीय गरीब समुदायका छन्। एकातिर आर्थिक अवस्था कमजोर हुने अकोर्तिर मादक पदार्थको सेवनले घरमा झगडा भइरहने बहुविवाह गर्ने, परिवार नियोजन नगर्नाले धेरै बच्चा जन्माउने जसले गर्दा नराम्रो भएको आर्थिक अवस्था झन् कमजोर बन्दै जाने हुनाले केटाकेटीको लालनपालन र उचित हेरविचार नहुनाले केटाकेटी घर छाडेर भाग्ने गर्दछन्।

अध्ययन अनुसन्धान अनुसार ग्रामीण क्षेत्रमा रहेको गरिबीले गर्दा त्यहाँका मानिसहरूलाई हात मुख जोड्न पनि नपुग्ने, अपा· जस्ता बालबालिकालाई राम्रो जीवनको खोजीमा सहर पठाउने गरेको पनि पाइन्छ। जसका कारण सहरमा सडक-सडकमा हिँड्दछन्। यसरी सडकमा हुर्कदै आएका अधिकांश बालबालिकाहरू आफ्नो किसिमको जीवनशैली अपनाउँदछन्। उनीहरू आजीवन गुजार्न चाहन्छन्।

प्रायः जसो वषाको मौसममा भोकै बस्नुपर्दछ किनभने यसबेला वस्तुहरू भिजेका र फोहरी हुन्छन् तथा पानी र हिलोको कारणले तिनीहरूलाई संकलन गर्न गाह्रो हुन्छ। भोकै बस्नु बाहेक फोहर र व्याक्टेरिया रुघाखोकी, धारिला सिसाहरूले घाउ बनाएर विरामी हुनु उनीहरूका लागि सामान्य घटनाहरू हुन्छन्। प्रायः उनीहरू भोको अवस्थामा पनि भेटिन्छन्।

यदि कुनै पनि व्यक्तिप्रति सकरात्मक धारणा छैन भने उसले समाजले आफूलाई स्वीकार नगरेको महसुस गर्दछ र सामाजिक मूल्य, आदर्श र नियमहरूलाई अपहेलना गर्न थाल्दछ  सडकमा बसेका कुनै पनि दुःख पाइरहेका नराम्रा, गरिब, रोगी व्यक्तिहरूप्रति कसैको पनि राम्रो दृष्टिकोण रहेको पाइँदैन। उनीहरूको मनोसामाजिक समस्या पहिचान नगरी एक नराम्रो बाटो अँगालेको व्यक्ति, फोहोरी रोगी, खाते, बौलाहाजस्ता कुराले पहिचान पाउने गरेको छ। यसरी सडक बालबालिका जस्ता जीवन बिताउने हाम्रो समाज नै हो भन्ने कुरा कसैले पनि नसोच्ने चलन छ।

अन्त्यमा समाजभित्र रहेका सामाजिक, आर्थिक पक्ष प्रमुख रूपमा जिम्मेवार हुन्छ। बाँच्नका लागि चाहिने साधनको उत्पादनसँग सम्बन्धित छ।

यस्ता सडक बालबालिकाहरूलाई एउटा मानवको रूपमा अपनाउन आवश्यक छ। मानवले मानवलाई मानवीय व्यवहार गर्न जरुरी देखिन्छ। यस्ता बालबालिकाहरूलाई पढ्न चाहनेहरूलाई पढ्ने वातावरण सृजना गरेमा साथै बाल विकासमा बढि भन्दा बढी लगानी गरी सबैलाई पढ्न मन लाग्ने वातावरण सिर्जना गर्दै शिक्षा सबैका लागि सार्थक अनिवार्य र निःशुल्क बनाइनुपर्ने, व्यवसायमूलक, आयमूलक, सीपमूलक, शिक्षण गरेको कुरालाई तुरुन्त व्यवहारमा लागू गर्न सक्ने खालको पाठ्यक्रम निर्माण गरी बालमैत्री र सडक बालबालिकाको समस्याको रूपमा नहेरी समाधानको रूपमा हेरेर परिवारसँग कुनै सर्म्पर्क नभएका नागरिकताको प्रमाणपत्रको अभावमा भविष्यमा कुनै औपचारिक काममा संलग्न हुन नपाउने हुनाले सम्बन्धित निकायले उनीहरूलाई नागरिकता सजिलै दिने व्यवस्था गरेमा राम्रो हुन्छ।

बालबालिकाहरूलाई बढि भन्दा बढि अभिभावकको माया, छोराछोरीप्रतिको उत्तरदायित्वको बोध, बाबुआमा बीचको राम्रो सम्बन्ध, आमाले नछाड्ने हो र बाबु आमाको न्यानो माया पाएको खण्डमा सडक बालबालिकाको संख्यामा निकै कमी आउन सक्ने सम्भावना देखिन्छ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग