शान्ति र क्रान्तिका लागि नयाँ राजनीतिक पार्टीको प्रस्ताव ‘सुन्दर, शान्त, विशाल नेपाल’ पार्टी

आदर्श समाज सम्वाददाता
पौष २८, २०७०

यी पंक्तिहरूको लेखक देशको राजनीतिमा एक्लो वृहस्पति जस्तै हो। राजनीतिमा ऊ कुलीन पनि होइन। तर पनि उसले राजनीति बुझ्ने प्रयास बाल्यकालदेखि नै गर्दै आएको छ। जीवनको लगभग उत्तरार्द्धमा आएर उसले देशको राजनीतिमा मुख खोल्ने साहस जुटाएको छ। तर बगिरहेको गंगामा हात धुनेगरी होइन। लेखकका विचार कति ग्राह्य छन्, पाठक प्रतिक्रियाबाट थाहा हुँदै जाला। यहाँनेर एउटा भन्नैपर्ने के छ भने मानिसमात्रको र नेपालको समस्यामा केन्द्रित भएर उसले गरेको अध्ययन, अनुसन्धानलाई जनताका अगाडि ल्याउने यो जमकोर्लाई पढेर साथ दिने पाठकवर्ग र वैचारिक स्वतन्त्रताई हदैसम्म मान्यता दिने आदर्श समाजसँग क्षमा माग्दै यो लेखक लेखमा आयन्दा म, मेरो जस्ता आत्मनेपद प्रयोग गर्ने अनुमति चाहन्छ।

किन खोल्नुपर्‍यो नयाँ’पार्टी?

म देशमा नयाँ राजनीतिक पार्टीको जन्म गराउने कुरा झिक्दैछु, शीर्षकबाटै बुझिसक्नु भयो। तर म हाल देशमा भएका राजनीतिक दलहरूमा नअटाउने भएर होइन, नयाँ पार्टीखोल्ने मेरो प्रस्ताव हाल भएका दलहरूले देशमा शान्ति र क्रान्ति निर्माणका लागि उठाइने मुद्दामा सहमति नजनाएमा मात्रै हो। त्यसैले यो लेख प्रकाशित गर्दैतस पार्टीखोल्ने प्रस्ताव गरिसकेको छैन, यदि मैले पार्टीखालौं भनेंछु भविष्यमा भने त्यसको नाम सुन्दर, शान्त, विशाल नेपाल पार्टीहुनेछ, हाललाई कुरा यतिमात्रै हो।

किन कि नयाँ राजनीतिक पार्टीखोल्नु मूल लक्ष्य होइन, मेरो मूल प्रस्ताव देश, सके दुनियाँको समस्या समाधान गरौं भन्ने हो। मेरो प्रस्ताव त्यसका लागि देशमा थुपै कुरामा परिवर्तन गर्नुपर्छ भन्ने छ, तर सुरुवात राज्यप्रणालीमा परिवर्तनबाट गनुपर्छ भन्ने कुरामा यो लेख लेख्दै छु। हाल देशमा कुनै राज्यप्रणाली चलिरहेको नभए पनि संसदीय बहुदल या कम्युनिज्म स्थापना गर्न लडाइँ चलिरहेको छ भन्ने कुरा बुझ्नेले बुझेकै छन्। म त्यो लर्डाई चटक्कै छोडेर ती दुवै व्यवस्था वा प्रणालीको सट्टा तेस्रो व्यवस्था लागू गरौं भन्दै छु।

आगामी लेखमा म देश, दुनियाँमा पाइने आर्थिक असमानताको मूल कारण राजनीतिक शोषण हो भन्नेछु र राजनीतिलाई सत्ता, सम्पत्ति र शानको विषय बन्नबाट रोकेर साँच्चै सेवाको विषय बनाउने प्रस्ताव गर्नेछु। जस्मा (राजनीतिमा) भ्रष्टाचारलाई कुनै  स्थान हुनेछैन। चोर्न पाइने भएर राजनीतिमा आउनेहरू हट्ने र सुधारको लागि जीवन (को व्यक्तित्व) दिन तयार मानिसमात्र राजनीतिमा लाग्ने अवस्था आउने छ।  म भूमिसुधारको यति कडा र कारगर प्रस्ताव ल्याउनेछु कि मानिसले सुन, चाँदी, हीरा, मोतीजस्ता आमजनतालाई नभए पनि हुने कुरामा र बैकमा बाहेक सम्पत्ति थुपार्ने ठाउँ पाउने छैनन्। जमिन जति आफसे आफ जोत्नेको सम्पत्ति बन्नेछ। हाल कसैसँग भएको जमीन सित्तैं खोस्ने वा राज्यले किनिदिने र गरीबको नाममा निःशुल्क बाँडने जस्ता गलत प्रकृया अपनाइने छैन, किन कि मेरो प्रस्ताव भूमिसुधारको नाममा केवल राजनीति गर्नका लागि हुनेछैन। प्रस्तावमा न्यायको सम्पूर्ण वास्ता गरिनेछ। राज्यले निजी क्षेत्रसित कृषि, बन्दव्यापार जस्ता कुरामा प्रतिश्पर्धा गरेर मूल्यनियन्त्रणको प्रक्रिया अपनाउने प्रस्ताव गर्नेछु। भ्रष्टाचारशून्य राजनीतिले यसलाई सम्भव बनाउनेछ। मेरो प्रस्तावमा आजका अस्वाभाविक अन्तरका धनीहरू एकाध दशकमा थोरै अन्तरका धनी बन्न सहमत हुने हुँदा न्यायका यस्ता मुद्दा लागू गर्न कुनै कठिनाई हुनेछैन। आजसम्मको सिष्टममा उनीहरूसँग धरै जग्गा, धैरै सम्पति हुनु उनीहरूकोमात्र गल्ती होइन। त्यसैले समानताको नाममा धनीहरूको सम्पत्तिलाई अवैध मान्ने वा खोस्ने जस्ता कुरा गर्नु समानता निर्माणको उद्देश्य नै होइन। न्याय भनेको न्याय हो, गरिबलाई बोकेर कुरा गर्नेका सबै खून माफ हुँदैनन्।  मेरो प्रस्तावमा देशमा गरिब र धनीले पढने अलग-अलग स्कुल, कलेज हुन सक्नेछन् तर त्यसले समानता निर्माणको लक्ष्यलाई बाधा पुर्‍याउनुको सट्टा सहयोग गर्ने अवस्था सृजना गरिनेछ। अथवा नयाँ पार्टीखोलेर अघि बढनका लागि मानव व्यवस्थामा आधारभूत सुधारका मुद्दाहरू थुप्रै छन्, सबैको चर्चा यस लेखमा अटाउदैन। यसमा कुरा कतिमात्र गरौंभने यस्ता मुद्दा हालको गोरेटोमा हिडेका दललाई झट्ट स्वाभाविक लाग्दैनन्, मेरा प्रस्तावहरू स्वीकार गरिने सम्भावना कमै छ। तर जनताले कुरा बुझ्ने, हालका दलले बुझ्न नचाहने भएपछि नयाँ पार्टीखुल्छ। त्यसो भयो भने पनि हालका दललाई चिन्ता नै गनुपर्ने अवस्था हुँदैन। दलहरूको विपक्षमा दल खोलिने होइन, आम जनताको समस्यामा खोलिने हो।

पार्टीको उक्त नाम जुराउन मलाई वषौर्ंवर्ष लाग्यो। कदाचित् देशमा भएका दलहरू कुनै वा सबैले व्यवस्था परिवर्तन लगायत शान्ति र क्रान्तिका सम्पूर्ण प्रस्ताव स्वीकार गरे र अलग्गै पार्टीखोल्ने आवश्यकता टर्‍यो भने मैले राम्रो ठानेको पार्टीको यो नामको के हुने भयो, मनमा प्रश्न भने उठ्छ। कुनै दलले हाल चलिरहेको उसको नाम फेर्न पनि मान्ला र देशको राजनीतिमा यो नामले कुनै दल अगाडि बढला भन्ने आशा गर्न पनि सकिन्छ र ? भन्न पनि मन हुन्छ।

पार्टीको लागि प्रस्तावित उक्त नाममा किन मरिहत्ते – भन्नुहोला। त्यसको थोरबहुत कारण छ। पार्टीको नामले नै उसको लक्ष्य वा दिशा वयान गर्नु आफैमा महत्त्वपूर्ण कुरा हुन्छ नै। जस्तै कि विकसित र न्यायपूर्ण नभै देश ‘सुन्दर’ हुँदैन। जनता सन्तुष्ट नभइ देश ‘शान्त’ हुँदैन। अथवा त्यस्तो राजनीतिक पार्टीजस्को ध्यान नेपालको ‘विशाल’ तामा पनि छ, देशलाई सुन्दर र शान्त बनाउने दाबी पनि छ। के पार्टीको नाम ‘सुन्दर, शान्त, विशाल नेपाल’ आफैमा नछोडदो छैन र ?

जे होस्, अब किन राज्यप्रणालीको विकल्प चाहिएको त भन्नेतिर लागौं। अथवा प्रस· याद गर्नुस्, मैले मूलतः व्यवस्था परिवर्तनबाट सुरुवात गर्ने भनेको छु। अब म त्यतै लाग्छु। यद्यपि यसै लेखमा मैले उठाएको व्यवस्था परिवर्तनको मुद्दामा पनि भनेर सकिँदैन, यसलाई किस्ता किस्तामा पढिदिनुहोला। तल जति लेख्दैछु त्यो बहस प्रारम्भका लागि हो, प्रश्न गर्नेले, बुझ्न चाहनेले यसै अखबारमा थाल्नुभए पनि हुन्छ।

व्यवस्था परिवर्तन किन ?

पढेलेखेका, देश विदेशका समाचार सुन्ने, पढ्ने वर्गले देखिरहनु भएकै होला भारतीय जनता त्यहाँ ६५ वर्षदेखि चलिरहेको बहुदलीय संसदीय प्रणालीको परिणामप्रति कति असन्तुष्ट रै’छन्। हुन त हाल भारतमा त्यहाँका आम जनताले चासो लिएको पार्टी-आम आदमी) ले चाहेको व्यवस्था परिवर्तन कहाँसम्म हो थाहा भइसकेको छैन। आम आदमी पार्टीबा बहुचर्चित नेता अरविन्द केजरीवालले व्यवस्था परिवर्तन नगरी हुँदैन मात्र भनेका छन्, त्यसबारे सबै कुरा स्पष्ट पारेका छैनन्। यदि भारतमा हाल चलेको बहुदलीय प्रणालीलाई यथावत् राखेर पनि वाञ्छितरूपमा सामाजिक, आर्थिक प्रशासनिक सुधार गर्न सकिन्छ भनेर लागेका हुन् केजरीवालभने उनको राजनीति एकछिनको आन्दोलन सावित हुनेछ। केजरीवालको सृष्टि नै आन्दोलनबाट भएको हो, आन्दोलनले राजनीतिक रूप लिएको हो। केजरीवाल अघि त्यस्ता आन्दोलक, सुधारक कति आए गए, भारतमा आममानिसका लागि न्यायको अवस्था नाजुकका नाजुक चलिरहेको छ। आम आदमी ( सर्वसाधारण जनता ) उसको मजबूरीले पनि निरन्तर आन्दोलन गरिरहन सक्दैन। जे होस्, दक्षिण एशियामा बहुदलको असफलता मुख्यरूपमा मानव समाजमा उत्पन्न हुने विकृति रोक्न नसक्नुमा देखिन्छ। दलीय प्रतिश्पर्धाको परिणाम विकृतिलाई सुरक्षा प्रदान गर्नतिर उन्मुख छ, चाहेर पनि सुधार हुन सकिरहेको छैन। राज्यको कल्पना विकृति रोक्ने आवश्यकताले गरिएको हो, सुकृति अघि बढाउन त राज्य नभए पनि सकिने कुरा हो। त्यसैले राज्यको मुख्य काममै असफल रहेको बहुदलमा आम जनता सन्तुष्ट हुने कुरै भएन। हो राजनीतिक वर्गलाई व्यवस्थित गर्नमात्र बहुदल सफल छ, आम जनताको समस्या त्यसैले ज्युँका त्युँ छ। समाजको टाठोबाठो वर्ग अथवा राजनीतिक वर्गको काम चलेको हुँदा बहुदलको विकल्पको खोजी हुन सकिरहेको छैन। आवश्यकता भनेको राजनीतिक वर्गलाई व्यवस्थित पनि गर्ने र आम जनताको समस्या पनि हल गर्ने राज्य व्यवस्थाको हो, जुन बहुदलले पूरा गर्न सकिरहेको छैन। सारांशमा, कम्तीमा दक्षिण एशियाका जनताको स्तरमा बहुदलीय संसदीय प्रणालीको विकल्प चाहिएको देखिन्छ।

के बहुदलको विकल्प एकदल वा कम्युनिज्म हो ? होइन। होइनछ, देखि पनि सकियो। न्यायप्रेमी अथवा न्यायका लागि अन्तिमसम्म संघर्ष गर्न तयार मानिस कम्युनिज्ममा लागेर थाक्दै गएका छन्। कम्युनिष्ट पार्टीबा लागेर जिनतिन बहुदल भित्रको राजनीति भइहालेका ठाउँ’मा कम्युनिष्टहरूको जिन्दगी चल्दैछ, सन्तुष्ट भएर होइन। माओवादका नाममा पछिल्ला दशकमा दक्षिण एशियामा जे भइरहेछ, त्यसले क्रान्तिकारीहरूलाई मृत्यु-सुख बाहेक केही दिएन, दिनेवाला पनि देखिन्न। बहुदलको सट्टामा हालको संसारमा चर्चाका लागि मात्रै भएपनि कम्युनिज्मबाहेक विकल्प छैन। जस्ले गर्दा चलाख नेताहरूको लागि कम्युनिज्मको नाममा रगत बगाइदिने मानिस पाइदै छन्। कम्युनिज्मले मानिसलाई सम्झाउन सकेमा कुनै दिन विश्वव्यापी लहर आउने र साम्यवाद निर्माण हुने सम्भावनाको बहस आज नगरौं। कम्युनिज्मलेर्र् इश्वरमा विश्वास नगर्ने जनता निर्माण गर्न किन जरूरी ठान्यो उही जानोस्, मानवसभ्यतामा आजसम्मका मानिसले गरेको आविष्कार एउटा पनि काम नलाग्ने अथवा आमूल परिवर्तन गर्नु पर्ने किन ठान्यो उही जानोस्, यिनै एक-दुर्इ कारणले कम्युनिज्म सफल हुनेमा बलियो शंका गर्न सकिन्छ। कुरा अरु पनि होलान्। जेहोस् बहुदललाई विकल्प चाहिएको छ तर कम्युनिज्मले त्यो आवश्यकता र्टार्न सक्दैन नै भन्न सकिन्छ।

बहुदलको विकल्प निर्दल अथवा निर्दलीय व्यवस्था हो त – होइन। जनताबाट राजनीतिक शक्ति निर्माण गर्न दल खोल्ने स्वतन्त्रता हुनै पर्छ र सम्पूर्ण राजनीतिक स्वतन्त्रताबिनाको राज्यव्यवस्था बहुदलीय प्रणालीको विकल्प हुन सक्दैन। निर्दलले व्यक्तिगत स्वतन्त्रता कायम रहन दिन्छ, यो कायम नहुनाले पनि बहुदल असफल भएको हो, यहाँसम्म ठीक छ। तर राजनीतिमा शक्ति निर्माण पनि जरूरी हुन्छ, जुन निर्दलले पूरा गर्दैन। त्यसैले निर्दल पर्याप्त हुँदैन। बहुदलको विकल्य दल-परिचालनको प्रक्रियामा परिवर्तनबाट जन्माउनु पर्छ, बहुदलीयतालाई निषेध गरेर होइन।

के हुन सक्छ त विकल्प ?

यो प्रश्नको उत्तर दिनुअघि हामी राज्यप्रणालीको विकल्प चाहिएकोमा सहमत हुन जरूरी छ। अथवा देशमा कुनै राज्यप्रणाली स्थापित हुन सकिरहेको छैन भन्ने कारणले मात्र मैले वैकल्पिक राज्यप्रणालीको मुद्दा उठाएको होइन। देशमा बहुदलीय संसदीय प्रणाली वा कम्युनिज्म स्थापित भइसकेको भए पनि त्यसले हाम्रो आवश्यकता पूरा गर्दैन, विकल्पको खोजी गरौं भन्नु मेरो मत हो। एक प्रकारले मैले संसदीय बहुदल र कम्युनिज्मका विरुद्ध मत प्रकट गरेको छु, जसमा बहस हुन जरूरी छ। यदि तपाइँ विकल्प नदेखेर बहुदल वा कम्युनिज्ममा लाग्नुभएको हो भने म विकल्पमा राज्यप्रणालीको प्रस्ताव गर्दैछु, त्यसको रूपरेखा सुन्न पढन तयार हुनुहोला। कदाचित् तपाइँलाई संसदीय बहुदल वा कम्युनिज्ममा एकले हाम्रो आवश्यकता पूरा गर्छ भन्ने भ्रम छ भने मैले प्रश्न उठाएँ, बहसमा उत्रनुहोला। केही समय देशमा सार्थक बहस चलोस् । कम्तीमा दक्षिण एशियाका जनतालाई, अझ कम्तीमा नेपाल र नेपालीलाई संसदीय बहुदल वा कम्युनिज्मको विकल्प चाहिएको कुरामा मानिस छलफल गर्न तयार पनि नभइ विकल्पको रूपरेखा अगाडि ल्याउनुको तात्विक महत्त्व छैन। त्यसैले म विकल्पमा प्रस्तुत गर्न चाहेको प्रणालीबारे भाका राख्ने पक्षमा छु, यो लेखमा लेखिरहेको छैन।

यो पनि साँचो हो कि हाम्रो देशमा राम्रो राज्यप्रणाली स्थापनाको लागि बहस हुने कुरा परै जाओस्, राम्रो नराम्रो कुनै पनि राज्यप्रणाली स्थापना हुन नसकेर दशकौंदेखि अराजकतामा देश चलिरहेको छ। देख्दा यहाँ सबै मिलेर संविधान बनाउने कुरा गर्दैछन् भन्ने लाग्छ, तर त्यो झूटो कुरा हो। किन कि मूलतः यहाँ बहुदल वा कम्युनिज्म के स्थापना गर्ने भन्ने अघोषित लर्डाई चलिरहेको छ। लर्डाई अघोषित किन छभने काङ्ग्रेस -प्रजातन्त्रवादी) र कम्युनिष्टहरू राजासित सत्ता खोस्नका लागि मिलेर -अराजनीतिक गठबन्धन गरेर) आएका छन्, अनि उनीहरू अब नमिलेर त्यस्तो अन्त्यहीन लर्डाई लड्दैछन् भन्ने चाल पाएमा जनताले तेस्रो शक्तिको सहारा लेलान् र हामी -काङ्ग्रेस-कम्युनिष्ट) सत्ताबाट पाखा परिएला भन्ने डर छ। अनि यो लर्डाईमा उक्त दुवै शक्तिको जीत वा हार हुन सक्दैन किन कि यसको जगमा उनीहरूको अराजनीतिक मिलापत्र रहेको छ। कम्युनिष्ट शक्तिसित मिलापत्रको जगमा प्रजातन्त्र स्थापना वा प्रजातन्त्रवादीसितको मिलापत्रको जगमा कम्युनिज्म स्थापना हुनु भनेको दूध र मोहाी मिसाएर खीर बन्छ भन्नुजस्तै हो। तर पनि लर्डाई जारी छ, यो यस देशको दुर्भाग्य हो। यो दुर्भाग्यको कारण हाम्रा राजनीतिक शक्तिहरू सत्तालिप्साले अराजनीतिक गठबन्धनमा फँस्नु हो। जे होस् हामी नेपाली जनता यसरी पनि विकल्प खोज्न बाध्य छौं, २०४६ सालको परिवर्तनको जगमा हामीले कुनै नराम्रै राज्यप्रणाली पाउने सम्भावना पनि छैन। हामीले अझ २-३ दशक यस्तै अराजकता भोगेर अन्त्यमा सिक्किमको गति हाम्रो भविष्य हो। त्यसैले नेपाली जनता जर्मुराउन जरूरी छ र त्यही जुर्मुराहटमा एउटा राम्रो, क्रातिकारी राज्यप्रणाली निर्माण गर्ने चानसतर्फ ध्यानाकर्षण गर्न चाहन्छु। यसमा यत्ति।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग