व्यक्तिगत र दलीय स्वार्थ नेपालको संवेदनशील भविष्य

आदर्श समाज सम्वाददाता
पौष २५, २०७०

संविधानसभाको दोस्रो निर्वाचनबाट विजय प्राप्त गरी एकचोटि असफल भएको निर्वाचन तथा संविधान लेखन प्रक्रिया सफल बनाएर नेपाल र नेपालीको सुनौलो भविष्य निर्माणको सपथ खाएका राष्ट्र निर्माताहरु आफ्नो पार्टीभत्रको झैँझगडा मिलाउन सकेका छैनन्। यतिबेला सबैजसो पार्टीका समान समस्या देखिएको छ।

समानुपातिक सभासद् छनौट प्रक्रिया सबैलाई आफ्नो पक्षका मान्छे छान्नुपरेको छ। यस्तै-यस्तै विवादमा रुमलिएर बल्ल-तल्ल चुनावको डेढ महिनापछि आफ्नो पार्टीकाट संविधानसभामा प्रतिनिधित्व गर्ने सभासद् छनौट गर्न सफल भएका पार्टीका प्रमुखहरु तर सभासद छनौटसँगै पार्टीका मनमुटावको अवस्था देखा पर्न थाल्यो। आखिर कुनै साना या ठूला भनेका दलहरु चुकेनन उही जु·ाको लर्डाई गर्न, सबैले राम्रा त्यागी समर्पित होइन आफ्ना आफन्त तथा पक्षधरलाई मौका दिन खोजे।

पार्टीभत्रै असहमतिको स्थिति सिर्जना भयो। सबैभन्दा ठूलो पार्टीनेपाली काँग्रेस, एमाले तथा अन्य साना दलहरुमा पनि यसको नराम्रो प्रभाव पर्‍यो। हाल सम्पन्न निर्वाचनमा चौथो पार्टीबन्न पुगेको राप्रपा नेपाल फुटको संग्राममा पुग्यो भने यसको ठूलो प्रभाव देखियो पहिलो निर्वाचनमा सबैभन्दा ठूलो र यस निर्वाचनमा तेस्रो पार्टीबन्न पुगेको एमाओवादीमा। निर्वाचनमा अनपेक्षिक नतिजा प्राप्त गरेका एमाओवादीका नेता तथा कार्यकर्ता यस अवस्थामा पनि आफ्नो पार्टी्रति खासै त्यागी बन्न सकेनन्।

अहिले पनि एमाओवादीमा व्यक्तिपरक सोच हावी भएको पाइयो। पार्टीका आफ्नो एकलौटी हैकम लाद्न चाहने प्रचण्ड समानुपातिक सभासद् छनौट प्रक्रियामा पनि  आफ्नो त्यही चरित्र उजागरण गर्न पछि परेनन्।

फुटले र्सिजिएको कहालीलाग्दो अवस्था देख्दादेख्दै पनि यसलाई विचार गर्न आवश्यक ठानेनन्  उनले। भने अन्य केही दल तथा नेता चाहिं संविधानसभालाई एक मौका सोची चौका हान्ने प्रयास गरे र आफ्नै श्रीमतीलाई सभासद्मा छनौट गरे। जसको राजनीतिक पृष्ठभूमिमा कहीं कतै नाम सुनिँदैन थियो, उही आज संविधानसभाको सभासद्मा चयन भएका छन्। पार्टीका लागि त्याग समपण गर्ने नेता तथा कार्यकर्ता ओझेलमा परेका छन्। राजनीतिक विखण्डन बढेको छ।

निर्वाचनको भोलिपल्ट एक वर्षमै संविधान जारी गर्छौ भन्दै विजयको माला लगाएका हाम्रा नेताहरु ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर’ भन्ने नेपाली उखानलाई फेरि एकचोटि सार्थक बनाएका छन्। देश तरलताको स्थितिमा छ जनता समस्यै-समस्याबाट पिल्सिएका छन् तर राष्ट्रका अगुवाहरु चाहिं प्रमुख समस्यालाई बिर्सिएर व्यक्तिगत तथा दलगत स्वार्थमा लिप्त छन्। यसबाट माथि उठ्न सकेका छैनन। आफ्नै पार्टीभित्रका विवादहरुमा अल्झिएका छन्। सत्तामोहको ठूलै रोगले ग्रसित भएका छन उनीहरु। जसरी रोगले च्याप्दै गर्दा कमजोरी बन्छ शरीर, काम गर्न सक्दैनन् शरीरका अ·ले, ठीक त्यस्तै हालतमा पुगेका छन हरेक पार्टी बाहिरी आवरण जस्तो देखिए तापनि भित्र-भित्र चुलेसी लागेको काठजस्तो भएको छ हरेक दलको अवस्था। सबैमा ‘मै खाउFm मै लाऊँ’ भन्ने भावना तीब्र छ। उदार बन्न सकेका छैनन्, कोही। सबैलाई अहिले नै सत्ता चाहिएको छ, भाव चाहिएको छ, मान सम्मान चाहिएको छ, पद चाहिएको छ, धैर्यता भन्ने कुरा बिर्सिएका छन् सबैले।

हामी जनता औंला भाँचेर दिन गन्ती गर्दै छौं संविधान आउने दिन। तर हाम्रा नेता कुण्ठित गर्दैछन्। हाम्रा भावना तथा विचारलाई, दमन गर्दैछन्। हाम्रा हक तथा अधिकार, खेलवाड गर्दैछन् हाम्रो आस्था अनि विश्वासमाथि। एकचोटि असफल भएका नेतालाई फेरि अको मौका दिएर महानता प्रदर्शन गरेका जनता कहिलेसम्म आफूलाई धैर्य राख्न सक्लान्? कहिलेसम्म चुपचाप बस्न सक्लान्  ? अभावै-अभाव, समस्यै-समस्याबाट अत्तालिएर आमजनता व्रि्रोहको संग्राममा उत्रिदाको नतिजा कस्तो होला ? एकचोटि आकलन गर्न सक्छन् नेता – हरेक दिनजसो हुने निष्कर्षबिहीन बैठकले के देला र उपलब्धि ? यसरी नै देशको आर्थिक तथा सामाजिक क्षेत्र अस्तव्यस्त भइरहने हो भने कहाँ पुग्ला र देशको भविष्य ? कस्तो होला भोलिको नेपाली जनजीवन ? संविधानमा आफ्ना हकअधिकार सुनिश्चित हुने र देशको चौतर्फी विकास हुने आशा सम्हालेर बसेका नेपाली जनता सदैव सपनै सपनाको संसारमा रमाउने पर्ने त होइन ? देश विकासको गति यसरी नै ठप्प हुँदै जाने, सक्षम तथा शिक्षित युवा उच्च शिक्षाको लागि विदेशिनु र नेपाल फर्किन नचाहनु, अन्य युवायुवती काम र मामकै लागि विदेशी भूमिमा आफनो रगत र पसिना बगाउनु पर्ने यही स्थिति कायम रहने हो भने भोलिको नेपाल वृद्धवृद्धा, बालबालिका, असक्षम, असहाय तथा रोगीहरुको मात्र थलो हुने कल्पना गर्दा अन्यथा न होला।

के नेताहरुले सोचेका छन् यसको बारेमा ? केही सिमितमात्रामा भएका विकासका कार्यक्रम पनि सहर केन्द्रित भइरहँदा बस्तीबिहीन हुँदै गरेका गाउँ र बाँझिएको खेतीयोग्य जमीनको बारेमा सोच्ने फुसद कसलाई छ यहाँ ? हो हामी सबैलाई थाहा छ राष्ट्र संवेदनशील अवस्थाबाट गुज्रिरहेको छ।

सबैका आ-आफ्नै सोच छन्, विचार छन्, माग छन् तर समस्यासँगै आउने समाधानका उपायलाई किन खोज्न सकेका छैनन नेताहरु ? किन सही विकल्पको पहिचान गर्न सकेका छैनन् उनीहरु ? सधैंभरि यसरी नै हार जीतको मुद्दामा अल्झिने हो भने अकोर्चोटी कस्लाई जिताउने जनताले ? अहिलेको वर्तमान स्थितिमा व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठेर राजनीतिक अस्थिरता र अन्यौलको दीर्घकालीन समाधान खोज्नु नै नेपाल र नेपालीको भलो चाहनु हो।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग