वैद्य समूह र राजनीतिक परिवेश

आदर्श समाज सम्वाददाता
पौष ११, २०७०

रुसमा लेनिनको निधनपछि स्टालिन सत्तासीन भए। स्टालिनले मार्क्सवादलाई उग्रवादी अधिनायकवादी सिद्धान्तको रूपमा व्यख्या गरेर रुसमा चरम अत्याचार गरे। लाखौं मानिसको प्राण पखेरु उर्डाई दिए। २७ जना केन्द्रीय सदस्यमध्ये आफूसँग विचार नमिल्ने १७ जनाको हत्या गरे। आफ्नो मन्त्रिमण्डलका गृहमन्त्री वेरिया समेत अनेक मन्त्रीहरूको हत्या गराए। स्टालिनको अधिनायकवाद सहन नसकेर उनकै छोरी स्वेतलाना रुसबाट भागेर अमेरिका पुगिन् र आफ्ना पिता स्टालिन चरम अधिनायकवादी भएको भनी विरोध गरिन्। लिन पिआओले चीनमा हिंसा हत्या मच्चाएर माओत्सेतुङलाई समाप्त पार्न चीनको दक्षिण तर्फ यात्रा गर्ने क्रममा माओत्सेतुङ चढ्ने रेलमा बम राख्ने प्रयास गरे उनको योजना असफल भयो माओ बचे, लिन पिआओ समाप्त भए। अधिनायकवादी व्यवस्था अपनाएको कारणले विश्वका दर्जनौं देशबाट कम्युनिष्ट सत्ता विस्थापित भयो। १९६० देखि ७० सम्म चीनको सांस्कृतिक क्रान्ति कालमा पनि व्यापक। रूपमा हिंसाका घटना भए। कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने प्रमुख व्यक्ति लिन पिआओ पनि हुन्। १९८९ देखि १९९२ सम्म पचासौं देशबाट एकदलीय स्टालिनवादी माओवादी उग्रवादी जडसूत्रवादी कम्युनिष्टहरू समाप्त भए। स्टालिनवादी एकदलीय अधिनायकवादी राज्य सत्ता समाप्त भएको देख्ता देख्तै पनि नेपालका माओवादीले २०५२ फागुनमा जनयुद्ध सुरु गर्नु राजनीतिक अन्धोपन र सैद्धान्तिक विचलन हो।

२०६९ असारमा राजनीतिक सिद्धान्त र राष्ट्रियताप्रति मतभेद देखाएर नेकपा एमाओवादी वैद्य समूह एमाओवादीबाट अलग भयो। उग्रवादी जडसूत्रवादी चिन्तन र आतड्ढकारी सिद्धान्त अगाल्ने बाटोतर्फ अगाडि बढ्यो। दोस्रो संविधानसभाको निर्वाचनमा भाग लिनुपर्दछ भनी अन्य राजनीतिक पार्टीका नेताहरूले र सरकार र निर्वाचन आयोगले समेत अनुरोध जोडवल गर्दा पनि वैद्य समूह समेतका केही टुकडी पार्टीरूले संविधानसभाको निर्वाचनमा भाग लिएनन्। निर्वाचन विथोल्ने १० दिन सम्म आमहडताल, बम विस्फोट आदि घटना गराए। निर्वाचनमा व्यापक जनसहभागिता भएको हुँदा वैद्य समूह समेतको बहिस्कारको कार्यक्रम पूर्णत असफल भयो। त्यसपछि हामीलाई संविधानसभामा समावेश गर्नु पर्दछ भनी आवाज पनि उठाए। अन्य राजनीतिक दलका नेताहरूले संविधानसभामा सहभागी नबनाउने कुरा बुझेपछि वैद्य समूहले संविधानसभा भ· गरि गोलमेच सम्मेलनबाट संविधान बनाउनुपर्दछ भन्ने वेतुकको नारा उछालेका छन्। वैद्य समूहको चुनाव विथोल्न खोज्नुको प्रमुख कारण वैचारिक सैद्धान्तिक कारण हो। माओवादी चिन्तनमा बहुदलीयता लोकतन्त्र कानुनको शासन विधिको परिपालना भन्ने शब्द नै हुँदैन। एमाओवादी नेताहरू अझैपनि द्वैध मनस्थितिमा रहे भएको कुरा स्पष्ट रूपमा देखिएकै छ।

बहुदलीय निर्वाचन प्रणालीलाई माओवादीले बुर्जुवा प्रणाली मान्दछन्। एमाओवादीबाट अलग भएपछि उनीहरूले पुरानै महाधिवेशनबाट पारित जनयुद्धको जगमा आधारित जनबिद्रोहको लाइन समाउने प्रयास गरेका छन्। एमाओवादीको आफ्नो कार्यदिशा परिमार्जन गर्ने चुनवाङ बैठक र बाह्र बुँदे सम्झौता भएको अवस्थामा मोहन वैद्य र सी.पी.गजुरेल भारतीय जेलमा नजरबन्द थिए। जेलबाट छुटेपछि चुनवाङ बैठकबाट लिएको कार्यदिशाको विरोध गरेका थिए।

वैद्य समूहले सूर्वहारा अधिनायकत्वसहितको एकदलीय अधिनायकवादी शासन सत्ता स्थापित गर्न विगतमा झैं हिंसाको प्रयोग गर्ने जुन नीति अगाल्न खोजेको छ। समस्याको जड त्यही हो। त्यस्तो अधिनायकवादी शासन सत्ता स्थापना गर्न सञ्चालित गर्ने अफगानिस्तान, इरिटि्रया इथियोपिया, निकारागुआ, सोमालिया आदि दर्जनौं देशमा भएका प्रयास असफल भइसकेका छन्। पेरुमा त क्रान्तिकारिहरूले दो तिहाई भूभाग कव्जा गरेका थिए। ठूलो मात्रामा जनधन क्षति भयो सो ठाउमा क्रान्ति असफल भएको र सो देशका नेता गोन्जालो हालसम्म जेलमा बन्द छन्। उनले हिंसात्मक क्रान्ति नगर भनी सन्देश प्रवाहित गरिरहेका छन्। कम्वोडियामा खिउ सिम्फान र पोलपोटद्वारा अधिनायकवादी कम्युनिष्ट सत्ता स्थापित गरि एक करोड जनसङ्ख्यामध्ये २० लाख मानिस मारिएको भन्ने समाचार आएको थियो। ३ वर्षे शासनकालपछि पोलपोटको उग्रवादी सत्ताको अन्त्य भयो। पोलपोटको शासन काललाई विश्वको खतरनाक सूर्वनास गर्नेखालको आतड्ढवादको रूपमा चित्रण गर्ने गरिन्छ। भारतमा ५० वर्ष अघिदेखि चलाइएको माओवादी सशस्त्र बिद्रोह असभ्य कविला समूह र केही आदिवासीहरूको झुपडी र ज·लमा सीमित छ। छिटपुट हिंसात्मक घटना र बम विस्फोटबाहेक माओवादीले प्रभाव स्थापित गर्न सकिरहेको छैन। वैद्य माओवादीले स्थापना गर्न खोजेको शासन व्यवस्था भनेको विगत १०० वर्षसम्म संसारभरि प्रयोग गरी केन्द्रिकृत अर्थतन्त्रसहितको अधिनायकवादी सूर्वसत्तावादी एक दलवादी शासन व्यवस्था हो। यस किसिमको सासन व्यवस्था विश्वबाटै पूर्णत असफल भइसकेको छ। चीनले पनि केन्द्रिकृत अर्थतन्त्रलाई अस्वीकार गरेको र तेङ सिआओ पिङद्वारा प्रतिपादित स्वतन्त्र, उदार अर्थ नीति अपनाएर देशलाई दु्रततर आर्थिक विकासको गतिमा अगाडि बढाएको छ।

एकपटक सशस्त्र बिद्रोह अथवा हिंसात्मक क्रान्ति गरी असफल भइसकेको अवस्थामा दोस्रो पटकको बिद्रोह त झन् असफल र आत्मघाती हुन्छ। वैद्य समूहले अव सशस्त्र जनबिद्रोह गर्दछौं भन्नु महामुर्खतापूर्ण र मेसक्कर हुने बाटो हो। उनीहरूले विगतको चुनावमा अपनाएको जोर जबर्जस्ती गरी आतड्ढति पार्ने र जनतालाई चुनावमा भाग लिन नदिने बाटो पूर्णत आम जनताबाट बहिस्कृत भइसकेको छ। निर्वाचनमा पराजय हुन्छ भन्ने डरले आफूले भाग नलिने र आतड्ढ फैलाउने ज्यादै निन्दनीय कार्य हो। यसबाट वैद्य समूहको साख गिरेको छ। नेपाली काङ्ग्रेस, नेकपा एमाले, एमाओवादी आदि पार्टीरूले संविधान निर्माणको क्रममा राष्ट्रियताको संरक्षण, सर्म्वर्द्धन, गर्ने गरिबी निवारण गर्ने, तल्लो वर्ग र जातको उत्थान गर्ने, समावेशी लोकतान्त्रिक पद्धति स्थापना गर्ने आदि वैद्य समूह र अन्य स्याना स्याना दलहरूको मागलाई दृष्टिगत गरी सबैको मागलाई सम्बोधन गरि संविधान निर्माण कार्यलाई दु्रत गतिका साथ अघि बढाउनु पर्दछ। संविधानसभाको निर्वाचनमा भाग लिएर संविधान निर्माण कार्यमा तदारुकताका साथ संलग्न हुनु सबै राजनीतिक दलको अधिकार र कर्तव्य हो। अन्तर्राष्ट्रिय राष्ट्रिय वस्तुगत परिस्थितिलाई हृृदयगम गरेर विनासको बाटो छोडेर वैद्य समूहको नेताहरूले संविधान निर्माण गर्न अगाडि बढ्नुपर्दछ।

आजको विश्व लोकतन्त्रमय भएको छ। निष्पक्ष निर्वाचनबाट चुनिएको जनप्रतिनिधिसभाबाट चुनिने सरकार र सरकारले गल्ती गरेमा पुन अको सरकार बनाउन सकिने व्यवस्था गर्न सकिने विधि सम्मत संवैधानिक सवोर्च्चता भएको संसदीय व्यवस्था नै विश्वमा प्रचलित अन्य राजनीतिक व्यवस्थाभन्दा उच्चतम राजनीतिक व्यवस्था हो। केन्द्रिकृत अर्थतन्त्र र राजनीतिक स्वतन्त्रता नभएको व्यवस्था संसारबाट अस्वीकृत भएको देख्तादेख्तै अन्धबुद्धि र जडवादी कट्टटरपन्थी चिन्तन अपनाई अघि बढ्न खोज्नु विनासको बाटो हो। हालै नेपालमा आएका चिनियाँ नेताले मार्क्सवाद र लेनिनवादलाई नेपाली परिप्रेक्ष्यमा समसामयिक व्याख्या गरेर लागू गर्ने कुरा गर्नु पर्ने उल्लेख गरेका छन्। आफ्नो मति कमजोर भए पछि अर्काले दिएको बुद्धिलाई ग्रहण गर्नुपर्दछ। अव निदोर्ष शान्तिप्रिय नेपाली जनतामाथि युद्धको आतड्ढ थोपर्ने कार्य गर्नु उचित हुँदैन। हाम्रा ठूला राजनीतिक पार्टीरूले पनि वैद्य समूहले उठाएका जायज मागलाई सम्बोधन गर्नुपर्दछ। संविधान निर्माणको महायज्ञमा वैद्य समूहलाई कर्ताको रूपमा स्थापित गर्नुपर्दछ।

(लेखक वरिष्ठ अधिवक्ता हुन्।सं.)

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग