रोटरी अभियानमा संलग्नता र प्रवेश किन ?

आदर्श समाज सम्वाददाता
पौष १९, २०७०

स्वार्थरहित सेवाको उद्देश्यले सन् १९०५ फ्रेबुअरी २३ मा संयुक्त राज्य अमेरिकाको शिकागो सहरमा पावल पर्सिनल हेरिस सहितको नेतृत्वमा रोटरी क्लब स्थापना भएको थियो। यसको शुरुको स्थापनाकालीन उद्देश्यमा साथीहरूबीच नियमित भेटघाट गरी आपसी सम्बन्ध प्रगाढ गर्ने तथा सुखदुःखका कुरा गर्ने माध्यमको रूपमा सीमित थियो। सदस्य साथीहरूको घर तथा अफिसमा आलोपालो गरी रोटेशनको आधारमा बैठक गर्ने प्रचलनबाट क्लब सुरुवात भएकोले यस क्लबको नाम ‘रोटरी’ रहन गएको थियो। सुरुका दिनमा सदस्य साथीहरूमाथि आत्मीय अभिवृद्धि गर्ने क्लबको एकमात्र लक्ष्य रहेता पनि क्लबका सदस्यहरूमा निहित सीप र साधनलाई समाजसेवामा प्रयोग गर्ने उद्देश्यसहित सिकागो सहर, अमेरिकामा पहिलो रोटरी क्लबको विधिवत् स्थापना भएको थियो।

रोटरीले मानव चरित्रको विकास गरी विचार तथा आत्माको उच्चतम प्रस्फुटन गर्दछ। यसले हामीलाई मानवीय मूल्य मान्यता तथा साँस्कृतिक चेतनाको माध्यमद्वारा व्यक्तिहरूमा सीपको विकास गराई सेवा भावनाको इच्छा तथा क्षमताको विकास गराउँदछ। रोटरीले संसारको उत्थान तथा शान्तिको समझदारीका निमित्त अति उपयुक्त वातावरणको सृजना गर्दछ।

अहिले पनि संसारमा त्यस्ता लाखौं पुरुष तथा महिलाहरू छन् जसको मनमुटुमा रोटरियनको भावना लुकेको छ तर रोटरियन बन्न सकिरहेका छैनन् त्यसको एउटा मात्र कारण यो हो की तिनीहरूलाई रोटरियन बन्न आग्रह गरेको छैन। रोटरी क्लब र रोटरियनहरूको आवश्यकता र महत्त्व पहिले भन्दा झन बढी भएको छ। रोटरीमा किन संलग्न र प्रवेश गर्ने भन्ने विषयमा निम्नानुसारका सान्दर्भिक कारणहरू रहेका छन्।

१)     मित्रताको विकासः अहिलेको यस जटिल बन्दै गइरहेको संसारमा रोटरीले मानिसको एक महत्त्वपूर्ण आधारभूत आवश्यकतामा पूरा गर्दछ त्यो होः साथीभाइको र मित्रता आदान प्रदान को आवश्यकता।

२)     व्यवसाय विकासः रोटरीले प्रत्येक व्यवसाय समुदायहरूको बीचमा आपसी समन्वय कायम गर्दछ

३)व्यक्तित्व विकासः रोटरीको सदस्यताले व्यक्तिगत सम्बन्धहरूमा वृद्धि गर्दै व्यक्तित्व विकासमा टेवा पुर्‍याउँदछ।

४)     नेतृत्व विकासः रोटरी एक नेतृत्व गर्ने व्यक्तिहरू तथा सफल व्यक्तिहरूको स·ठन हो। अरुको सेवा गर्दै नेतृत्वको विकास गर्नँ रोटरीको लागि विश्वविद्यालयको शिक्षा जस्तै हो।

५)     समुदायको असल नागरिकः सामान्यतथा रोटरी क्लबले समुदायका असल तथा सक्रिय नागरिकलाई समेटेको हुन्छ।तसर्थ यसले असल नागरिकको विकास गर्दछ।

६)     शिक्षाको निरन्तरताः समुदाय, राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरमा के भइरहेछ भन्ने बारेमा सबैलाई सुसूचित गराउनको निमित्त रोटरीमा प्रत्येक हप्ता एक कार्यक्रमको आयोजना गरिन्छ। जसले सूचनामूलक शिक्षाको विकासमा निरन्तरता दिएको हुन्छ।

७)    वक्तृत्वकलाको विकासः रोटरीले मानिसहरूको जमानमा बोल्ने सीपको साथै आत्मविश्वासको विकास गर्दछ।

८)     विश्व नागरिकताको विकासः संसारमा रोटरी क्लब नभएका ठाउँहरू अत्यन्त कम छन्। यसको अर्थ रोटरी संसारभरिका मानिससँग मित्रताको विकास गर्न मद्दत गर्दछ।

९)     यात्रामा सहजता/ सजिलोपनः नयाँ ठाउँमा यात्रा गरिरहेको एक रोटरियनले रोटरी संजालको माध्यमद्वारा एक डाक्टरलाई वकिललाई तथा पेशाकर्मीलाई छिटो र सजिलोसँग भेटन सक्दछ र आवश्यक सहयोग पाउन सक्दछ।

१०)    मनोरञ्जनः रोटरीले समय समयमा भेला, सम्मेलन तथा गोष्ठी आयोजना गर्दछ जसले रोटरीहरूमा ज्ञानवर्द्धक, शिक्षामूलक तथा सूचनामूलक मनोरञ्जन प्रदान गर्दछ।

११) सामाजिक सीपहरूको विकासः प्रत्येक हप्ता गरिने भेला तथा बैठकले सदस्यहरूलाई विभिन्न      खालका सकारात्मक सामाजिक व्यवहार अथवा सीपको विकास गर्ने अवसर प्रदान गर्दछ।

१२) पारिवारिक कार्यक्रमहरूः रोटरीले संसारकै सबभन्दा ठूलो आदानप्रदान कार्यक्रम सञ्चालन तथा आयोजना गर्दछ। जसअन्तर्गत माध्यमिक तहका विद्यार्थीको लागि कार्यक्रम, क्याम्पसका विद्यार्थीको लागि कार्यक्रम दम्पतिका लागि विभिन्न अवसर तथा विभिन्न प्रकारका पारिवारिक कार्यक्रम रहेका हुन्छन।जसले सदस्यहरूमा मूल्य मान्यताको विकास गर्न टेवा पुर्‍याउँदछ।

१३)    व्यवसायिक सीपहरूः प्रत्येक रोटरीमा उनले अपनाउँदै आएको व्यवसायलाई बढवा दिने खालका सीपहरूको विकास गर्ने अपेक्षा गरिएको हुन्छ।

१४)    मँल्य मान्यताको विकासः रोटरीले चार तरिकाले परीक्षण ९’यगच ध्बथ त्भकत० को अभ्यासद्वारा कुनै पनि सदस्यको मूल्यमान्यताको उच्च तहसम्म विकासमा सहयोग पुर्‍याउँदछ। जसले   रोटरियनलाई आफ्नो व्यवसाय र व्यक्तिगत सम्बन्धमा नैतिकताको विकास गर्नमा सघाउ पुर्‍याउँदछ।

१५) साँस्कृतिक चेतनाको विकासः रोटरीमा प्रत्येक भाषा, सँस्कृति, जात, जाति, धर्म, समूह, राजनीतिक समूह इत्यादिको संलग्नता पाइने हुँदा यसले अवश्य पनि साँस्कृतिक चेतनाको विकासमा सहयोग पुर्‍याउँदछ।

१६)    इज्जत/सम्मानः रोटरी संसारकै सबभन्दा पुरानो र प्रतिष्ठत क्लब हो। यसमा  कार्यकारिणीहरू, व्यवस्थापकहरू तथा अन्य पेशागत व्यक्तिहरू संलग्न हुन्छन। जसले प्रभावकारी नीति, निर्णय गर्न सक्छन्।

१७)    असल मानिसहरूः जे सुकै भए तापनि रोटरीमा आवद्ध मानिसहरू असल मानिस हुन्छन्। महत्त्वपूर्ण हुनु राम्रो कुरा हो र राम्रो हुनु अझ महत्त्वपूर्ण कुरा हो भन्ने मान्यतामा विश्वास गर्ने मानिस रोटरीमा आवद्ध छन्।

१८) आडम्बरीपन नहुनुः रोटरीमा कुनै त्यस्तो फरकखालको गोप्य प्रकारको नीति छैन। न त यसमा हामी यस्तो, उस्तो अरुभन्दा फरक भन्ने साँघुरो सोचाइ नै छ। यो त एउटा पुरुष र महिलाको खुला तथा स्वतन्त्र समाज हो जसमा केवल अरुलाई सेवा प्रदान गर्नु पर्छ भन्ने        कुरामा विश्वास गरिन्छ।

१९) सेवा प्रदान गर्ने अवसरः रोटरी एक सेवामुखी क्लब हो। यसको मुख्य ध्येय मानिसहरू र उनीहरूलाई प्रदान गरिने सेवा हो। त्यसैले सायद रोटरीहरूले प्राप्त गर्ने सवौत्तम अवसर भनेको अरुलाई सेवा गर्ने मौका प्राप्त गर्नु हो।

२०) समयपालनः रोटरी विभिन्न पेशा र व्यवसाय नेतृत्व गर्नेको समूह हो। त्यसकारण यसको बैठक र कार्यक्रममा समयको महत्त्वलाई विशेष प्राथमिकता दिने गरिन्छ।

नेपालमा रोटरी :

नेपालमा रोटरीको प्रवेश अन्तर्राष्ट्रिय रोटरीको स्थापनाको झण्डै ५० वर्ष पछि विभिन्न पेशा र व्यवसायमा संलग्न रहेका व्यक्तिको  पहल र नेतृत्वमा नेपालमा रोटरी अभियानको सुरुवात भएको थियो। सन् १९५८ नोभेम्बर २० मा रोटरी क्लब अफ काठमाडौंको विधिवत् गठन भएको थियो। उक्त रोटरी क्लब स्थापना भएको १८ वर्षपछि रोटरी क्लब अफ विराटनगरको गठन भयो। हाल नेपाल राज्यको विभिन्न स्थानमा ८६ र भुटानमा १ गरी ८७ वटा रोटरी क्लब सेवारत रहेका छन्।

पोखरामा रोटरी अभियानः

देशको सुन्दर पर्यटकिय नगरी पोखरामा रोटरी क्लबको स्थापनाको लागि धेरै प्रयास र पहलपछि अन्नत सन् १९९७ मा रोटरी क्लब अफ पोखराको स्थापना भयो।उक्त क्लबकै पहल र प्रयोजनमा सन् २००२ मा रोटरी क्लब अफ पोखरा मिडटाउन त्यस्तै सन् २००३ मा रोटरी क्लब अफ पोखरा फिस्टेल र सन् २००६ मा रोटरी क्लब अफ पोखरा अन्नपूर्णको स्थापना भई पोखरामा रोटरी अभियानले विस्तार पाएको छ। यसै क्रममा सन् २०१० मा रोटरी क्लब अफ लेखनाथ र न्यूरोडको गठन भई हाल पोखरा क्षेत्रमा ६ रोटरी क्लब सेवाका विभिन्न क्षेत्रमा क्रियाशिल रहेको छ। रोटरी क्लबको स·ठनसँगै युवाको जोश र जागरलाई रोटरीको सहकार्यमा सहयोग पुगोस र युवाको सर्वा·ण्िा विकासको लागि इन्टराक्ट क्लब र रोटर्‍याक्ट क्लब तथा समुदायको विकासको लागि रोटरी सामुदायीक समुह समेतको गठन भई यस क्षेत्रमा सक्रिय रहेको पाइन्छ।

रोटरी इन्टरनेशनल, डिष्ट्रिक्ट ३२९२ को छैटौं डिष्ट्रिक्ट कन्फेरेन्स पोखरामा हुन गइरहेको सर्न्दर्भमा  रोटरी अभियानले नयाँ पाइला चाल्नुको साथै गुणस्तरीय सदस्यता वृद्धिमा थप टेवा दिने आशा र विश्वास रहेको छ।

(लेखक : रोटरी इन्टरनेशनलका  एसिष्टेन्ट गभर्नर हुन्।सं.)

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग