महिला आन्दोलन, इन्दिरा दिदी र आजको अवस्था

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७३

महिला आन्दोलनलाई अहिले पनि लिंगीय आन्दोलनमात्र भएको व्याख्या अझै केही मानिसले गर्दछन्। यथार्थमा महिला आन्दोलन वर्गीय आन्दोलन नै हो। महिला उत्पिडनमा पुरुष वर्ग र लिंगीय अवस्थाजन्य समस्याहरू रहे पनि ती गौण कुरा हुन्। मुख्य कुरा महिला समुदायमाथि गरिने आर्थिक उत्पीडन नै हो। मानव विकासको प्रक्रियामा एउटा महत्वहपूर्ण युग जहिले मानव जातिले आफूलाई प्रकृतिमा अन्य जीवभन्दा पृथक बनायो र प्रकृतिलाई मानव जातिको हितमा अधिकतम उपयोग गर्न सम्भव बनायो, त्यो अवस्थामा महिला समुदायको नै नेतृत्वकारी भूमिका रहेको बुझिन्छ। हामी त्यो मातृ सत्तात्मक युगलाई मानव जातिको पहिलो स्वर्णययुग भन्न सक्छौँ। जुनविना आजको मानव आवस्था प्राप्त हुन सम्भव थिएन। विश्वमा सबै मानव समुदाय त्यो युगबाट गुज्रिएका छन् भन्ने निष्कर्ष निकाल्ने धेरै सामाग्रीहरू प्राप्त भएका छन्।

हाम्रा ऐतिहासिक कालका जनआन्दोलन र जनयुद्धहरूमा पनि जहाँ, जति महिला सहभागिता सुनिश्चित गर्न सकिएको छ, त्यहाँ नै शीध्र सफलता प्राप्त भएको छ। महिला सहभागिता विना राष्ट्रिय मुक्ति र वर्गीय मुक्ति आन्दोलनहरू कुनै पनि सफल भएका छैनन्। आज फेरि एक पटक महिला नेतृत्वको स्थापना र विकासको प्रश्न गम्भीर बनेको छ। नेपाली समाजको जटिल संक्रमण कालमा महिला नेतृत्वलाई स्थापित र विकास नगरी यसबाट सकारात्मक दिशामा अथवा उत्पीडित वर्गको पक्षमा सामाजिक रुपान्तरण सम्भव छैन। तर यो प्रश्न हामी आन्दोलनप्रति जवाफदेही व्यक्तिहरूका निम्ति गम्भीर चुनौती बनेको छ।

हिजो जनयुद्धकालमा ठूलो त्याग र सङघर्ष गरेका कयौँ महिला नेतृत्वले अहिले राजनीतिक नेतृत्वप्रति चोर औंला ठडयाउदै गृहिणी बन्ने प्रयत्न गरेको देखिन्छ। मलाई लाग्छ यो समस्याको हल पार्टीनेतृत्वका सामूहिक निर्णयहरूमा पनि खोज्नुपर्छ र त्यसका निम्ति नै प्रयत्न गर्नुपर्छ। तर मुख्य कुरा महिला आन्दोलन अथवा वर्ग मुक्ति आन्दोलनमा क्रियाशील महिला नेताहरूले पनि पूर्ववर्तीहरूबाट अधिकतम सिक्न प्रयत्न गर्नु आवश्यक छ। यसै सर्न्दर्भमा मैले महान सहिद इन्दिरा तिवारीको स्परण गर्नु उपयुक्त ठानेको छु।

इन्दिरा दिदी एक जना विपन्न तर मेहनेती किसान परिवारमा जन्मिनु भयो। शिक्षाको अवसर दिइए पनि शिक्षा पूरा नगर्दै उहाँको वैवाहिक जीवन आरम्भ भयो। शिक्षा पा्रप्तिको मोह र सामाजिक समस्याप्रतिको संवेदनशीलताले उहाँलाई वैवाहिक जीवनमा पनि विशुद्ध गृहिणीको रुपमा परिवारमा कैद गर्न सकेन। अनेकौँ जटिलता, अपमान र आर्थिक कठिनाइका वावजुद उहाँ सामाजिक कार्यहरूमा अगाडि बढ्नुभयो। यही क्रममा उहाँ केही एनजिओहरूसँग जोडिनुभयो र ग्रामिण महिलामा जटिल समस्या एवं उत्पिडनका विविध रुपहरुबारे गम्भीर अध्ययन गर्नुभयो। आफ्नो अध्ययनको निष्कर्षकै रुपमा उहाँले तत्कालीन समाजमा उठिरहेको वर्ग संघर्षको उत्कर्ष जनयुद्धमा सामेल हुनुभयो। उत्पीडित वर्गको राज्य सक्ता प्राप्त गर्ने त्यो अभियान उत्कर्षमा गएकै समयमा तत्कालीन शाही सेनाले उहाँ’को हत्या गर्‍यो।

आज हाम्र्रोअगाडि आदरणीय इन्दिरा दिदी हुनुहुन्न तर उहाँको जीवनबाट हामीले सिक्नुपर्ने र सिक्न सकिने धेरै कुरा भने हाम्रो जानकारीमा छन्। पारिवारिक विपन्नताले उहाँलाई सामाजिक सेवामा अगाडि बढ्न रोक्न सकेन जस्तो कि आज धेरै महिला कमरेडहरूको गुनासो सुनिने गर्छ। उहाँका छोराछोरी, श्रीमान् र समुदाय त्यति वेला पनि सामान्ती पितृसत्तात्मक चिन्तनबाट मुक्त थिएनन्। अनेकौँ आरोपहर अपमान बेहोर्र्नुपथ्यो। कैयौँ अन्धविश्वास, रुढिवादी परम्पराले पट-पटक उहाँको बाटो छेक्थे। ती हटाउन एउटा व्यक्तिको जीवनमा त्यो बेला आजभन्दा झन जटिल थियो। एनजिओको जागिरको सुविधा प्राप्त गरिसकेको एक जना महिला त्यो सबै त्यागेर उत्पीडित जनताका घरवस्तीमा कष्टपूर्ण जीवन गुजार्न तयार हुनु चानचुने कुरा थिएन। फेरि पार्टीर आन्दोलनमा पुरुषहरूकै वर्चस्व हुनाले त्यसमा समस्या पनि देखा न नसक्ने होइन, ती सबैलाई पार लगाउने आँट गरेर नै उहाँ एकजना महान नेता बन्न सक्नु भएको हो। यसले के सावित गर्दछ भने सुविधायुक्त जीवनबाट होइन, साहसपूर्ण निर्णयबाट मात्र महिला नेतृत्व विकास हुन सक्दछ। मूल प्रश्न आँट र साहसकै हो। परिस्थिति अरु कुनै पुरुषले बुबाले, श्रीमान्ले र छोराले निर्णय गरिदिन्छ अथवा समाजको अगुवाले, पार्टीको नेतृत्वले तयार गरिदिन्छ भनेरमात्र सोच्यो भने प्रतिस्पर्धात्मक क्षमता विकास हुन समेत सक्दैन। जुनसुकै उत्पीडित समुदाय जसले आफ्नो उत्पीडनबाट मुक्ति चाहन्छ, त्यो पहिला आफ्नै मनलाई मुक्त नगरी अगाडि बढ्न सक्दैन। आफ्नै मनलाई भयमुक्त गर्ने कुरा र सम्भावित उपयुक्त सुरक्षा साधनहरूलाई उपयोग गर्ने कुरा सबै मुक्तिगामीहरूका अनिवार्य आवश्यकता हुन्।

आज नेपाली राजनीतिक आन्दोलन एउता अत्यन्त जटिल चुनौती र सुन्दर सम्भावनाले युक्त अवस्थामा छ। यो अवस्थाबाट अगाडि बढ्न समाजका सबै उत्पीडितले, उत्पीडित जाति, उत्पीडित वर्ग, उत्पीडित लिंग र उत्पीडित समुदायले वृहत एकता र संयुक्त पहल गर्न आवश्यक छ। यसको अर्थ के हो भने एउटा कुनै उत्पीडित पक्षमा आफूले मात्र त्यो उत्पीडनबाट मुक्ति प्राप्त गर्न सक्दैन। यसो नगरी उ अरु उत्पीडितहरूको पक्षमा क्रियाशील हुन सक्दैन। त्यस कारण आजको राजनीतिक अवस्थामा राजनीतिक प्रतिस्पर्धामा विजयी बन्न र लिंगीय उत्पडीनबाट मुक्त हुन महिला समुदायले किसान आन्दोलन, महिला-मजदूर आन्दोलन जातीय आन्दोलन र वौद्धिक आन्दोलनमा समेल भइ नेतृत्वकारी भूमिका खेल्न सक्नुपर्छ।

हामी महिला पीडित छौँ भन्ने भावबाट माथि उठेर हामी सुकुम्बासी, हामी मजदूर, हामी शिक्षक, हामी प्राध्यापक भन्ने ठाउँमा पुगेर मात्र यथार्थमा लिंगीय उत्पडीनबाट मुक्ति प्राप्त गर्न सकिन्छ। ती सबै जनवर्गका समस्यासँग महिला समुदायका समस्यालाई एकाकार गर्न सकिन्छ। आज हामीसँग महिला संघ छ, त्यहाँ महिला वुद्धिजीवी र महिला मजदूर छैनन् भने त्यो महिला आन्दोलन बन्न सक्दैन।

राजनीतिक क्षेत्रमा वा सामाजिक क्षत्रमा लाग्ने महिलाहरूले आफ्नो समुदाय, वर्ग आदिसँग एकाकार भएर अगाडि बढ्दा अहिले महसुस भएका धेरै समस्याबाट मुक्ति पाउन सकिन्छ। र, अगाडी वढ्न सन्छि। त्यससम्म सबैले आफ्नो ठाउँमा समीक्षा गरौँ, उपयुक्त ठाउँमा वहस गरौं, भयबाट मुक्त हुँदै सहासपूर्वक अगाडि बढौँ। नेपाली नेपाली क्रान्तिको विजय प्रक्रियामा आर्थिक अधिकार प्रप्तिसँगै महिला समानता र सम्मानजनक अवस्था उपस्थित हुन सक्छ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै