बिग्रिएको संस्कृति: सप्रिएको मोजमस्ती

आदर्श समाज सम्वाददाता
भाद्र २४, २०७०

संस्कार भन्नेवित्तिकै धार्मिक अनुष्ठानसँग सम्बन्धित कार्यलाई बुझिन्छ। संस्कारगत रूपमा गरिने कार्य संस्कृति हो। नेपाली संस्कृति पुरातन वैदिक सभ्यता, बौद्ध र किराँत, मिथिला र अवध सभ्यताको समग्र प्रभावको सम्मिश्रणमा निर्मित छ। भिन्न जाति, भाषा, संस्कृतिको बाहुल्य भएर पनि सहिष्णुताले गर्दा नेपालको मौलिकता विश्वसामु गर्विलो बन्न पुगेको छ। संस्कृतिलाई धार्मिक कार्य, पूजापाठ, पर्व आदिसँग जोडेर हेर्ने गरिन्छ तापनि संस्कृतिको विशालता जोखेर जोखिन्न, नापेर नाप्न सकिन्न, हाम्रा बाहिरी चक्षुले हेरेर हेन सकिन्न। सामान्यबाट खारिएको, माझिएको, परिष्कार गरिएको मा·लिक कार्यसँग सम्बन्धित संस्कारगत कार्य नै संस्कृति हो। संस्कृति संरक्षण गर्न अग्रजले अनुजलाई सकारात्मक भावनाको विकाससहित आफ्ना संस्कार सिकाउनुपर्दछ। अनुजले पनि त्यसलाई सही रूपमा अनुसरण गरेमा त्यसको परम्परा राम्रो बन्न सक्छ। अग्रजको निर्देशन र अनुजको पालन, यी दुवैका बीचमा उपयुक्त तालमेल नभएमा कुनै संस्कति लोपोन्मुख त कुनै संस्कृति विकृतितर्फगएको देखिन्छ। यही तालमेल नभएर हो कि अलिको तीज बेलगाम भएको।

पछिल्लो समयमा नेपाल सरकारले समावेसीको अवधारणा ल्याएको छ। विभिन्न जातजातिका संस्कृतिलाई उजागर गर्न राष्ट्रिय बिदा दिने कार्य पनि गरेको छ। त्यही भएर होला  ठूला भनिएका चार्डपर्वको समयावधि घटेको छ। पछिल्लो केही वर्षएक-दुर्इ दिनको तीजको समायावधि असीमित बनेको छ।

हामी आजकल आफ्नो अनुकूल महान् पर्व हरितालिका तीजको जपना गर्दछौं। माइकमा फलाक्छौं। दर खाने, खुवाउने कार्यक्रमको सूचना प्रेषित गर्दछौं। आमन्त्रणका लागि नौला नौला गायक गायिकाको नाम प्रचार गर्न पनि पछि पर्दैनौं। त्यतिले पनि नपुगेर पत्रिकका पाना, टेलिभिजनका पर्दा आदिमा तीजका विज्ञापन गर्ने होडबाजी नै चलाउँछौं। समाजको दर, टोलको दर, समुदायको दर, जातिगत दर, सम्प्रदायको दर, राजनीतिक पार्टी दर खाने र खुवाउने कार्यक्रमले अहिले सबैलाई भ्याइ नभ्याइ भएको छ। सबै नेपाली महिला जातिको दर होइन अब गुटबन्दीगत दर भएको छ। तीजको दरले यसरी नै दिन दुगुना रात चौगुनाका रूपमा मौलाउने मौका पाएको छ। हुन त सबैलाई शक्ति प्रदर्शन गर्न आजकल मन पर्छ। आफ्नो पक्षमा ल्याउने ठूलो चलखेल हुन्छ। त्यसमा पनि नेपालीहरूलाई समय पनि असीमित छ आजकल, कहिले भट्टमिा लरबरिने, गल्लीमा रन्थनिने, टोल टोलमा जम्मा हुने, मजाले कुरा काट्ने, उछितो काढ्ने, मर्ने गरी धूप पनि हाल्ने। त्यो त हाम्रा बाहिरी चक्षुले देखेकै छ नि। होइन र – कि अलि बढी अतिशयोक्ति भयो। होइन। कत्ति पनि भएकै छैन। युवाशक्ति लागे अरबतिर सरसर्ती, बारीमा गन्ने, दुबो हरहर्ती, बच्चा र ममीहरू बजार खरखर्ती। त्यसैले अहिले धेरै फुसदिला नेपालीहरू छन्। त्यही भएर हो कि यो समयलाई सदुपयोग गर्ने उपयुक्त माध्यम तीज बनेको। यसले समय धेरै पाउने गरेको। त्यही भएर पो हो कि आजकले यसले मासिकसम्मको अवधि ओगटेको। यो समय अब कछुवा गतिमा भन्दा पनि खरायो गतिमा बढ्ने आशड्ढा बढ्दो छ। द्वैमासिक, त्रैमासिक हुन पनि बेर छैन जस्तो छ।

दरखाने कार्यक्रम राखेर मात्रै पनि त भएन। दर खुवाउने ठाउँ पनि चाहियो। यसलाई उल्लास र मिठास बनाउनु पर्‍यो। यसको उपयुक्त ठाउँ कता – गाउँको त कुरै छाडौँ त्यहाँ त जानै सकिन्न। चिसो हावा लिनै सक्दैनौं किन कि तातो हावामा बानी परेको छ। उकालो हिँड्न परेपछि खुट्टा दुख्छ मोटरमा हिँड्ने बानी परेको छ। बाजे बज्यै तथा गाउँको कचकच सुन्न सकिन्न रमाइलोमा बस्ने बानी परेको छ। आफै बनाउने सामर्थ्य छैन रेडिमेट खाने बानी परेको छ। आफै गीत गाउने बानी छैन सुनेर रमाउने बानी परेको छ। त्यसको उपयुक्त माध्यम के हुन सक्छ त – उही राम्रो क्याटरिङ र पाटी प्यालेस। यसरी तीज कार्यक्रम चोक, चौतारो, गल्ली मैदान हुँदै पार्टीयालेसमा पुगेको छ। त्यहाँबाट पनि अझ पर गएर डिस्कोसम्म पुगिसकेको छ। यसलाई कसैले भिडियो देखाएर रमाइलो गर्ने, कसैले अडियो सुनाएर, कसैले गायकका गला प्रदर्शन गर्न लगाएर तीजलाई र·ीनमय र स·ीनमय बनाउन कस्सिएको देखिन्छ। त्यसमा पनि रत्यौली र दोहोरीमय गीतमा युगल जोडी बनेर नाच्ने, नचाउने फर्मास चल्छ। अझ कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न भएको देखाउन कसलै अडियो, कसैले भिडियो सहितको प्रत्यक्ष प्रसारण पनि गरेर आफ्नो वर्चश्व कायम गर्ने प्रयत्न गर्दछन्।

हामीलाई रमाइलो भए पुगेको छ। हाम्रो पुखाले के गरेका थिए – हामीले के गर्दैछौं – हाम्रा सन्ततिले के सिकेका छन् – भोलि के गर्लान् भनेर हामी सोच्नसम्म पनि भ्याएका छैनौँ। त्यही भएर गाउँका चौतार, पाटी, पौवामा गाइने तीज गीत, मादलु, खैंजडी, मुजुरा र थपडीका साथमा पोखिने विभिन्न बह, वेदना एवं समस्या एकादेशका कथा हुन् कि जस्ता भएका छन्। अनुपम माया प्रीतिलाई कही नभएको काला र कालीको सुन्दर शब्दहरूद्वारा जताततै घन्काइएको छ । बेचिएका चेली, हलिया, कमैया, शोषित पीडित बेली र चमेली तीजका गाीतमा ठाउँ नपाएर तड्पिएका छन्। अरबमा खरबको सपना देखेर गएका युवाहरूको दुर्दशा अस्ताएका छन्। अबला बालवनिता, जेष्ठ नागरिकहरूका वेदना मलिन भएका छन्। उजाडिएका गाउँबस्ती झन् विलिन भएका छन्। सस्ता प्रेमी, कामातुर भड्किला शब्दहरू झाँगिरहेका छन्। बालबनिता अस्ताइरहेछन्। गाउँका दूध, दही मही, घ्यु त्यसै सडिरहेछन्। चेतना भया।

Related News

सम्बन्धित समाचार

hero news full width