परिवर्तनशील समय र कलमको क्रान्ति

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०६९

हरेक मानवमा विचारको बाढी आउने गर्छ र त्यही विचारबाट उसले जीवन सार्थक बनाउने कोसिस गर्छ। विचार केवल, कलमको माध्यमबाट निस्कन्छ र त्यही कलमको विचार परिवर्तनको सम्वाहक बन्छ। कलम समाउने हातहरू दिनानुदिन बढिरहेका छन् कलम समाउने हातहरू कदापि नष्ट हुँदैनन्। नदीहरू थाहा नहुन सक्छ दोभान भई नमिसिएसम्म कहाँ पुगिन्छ भनेर बटुवालाई थाहा नहुन सक्छ। आफ्नो गन्तव्य कहाँसम्म हो भनेर तर कलमलाई थाहा हुन्छ कहाँ पुग्ने हो र कस्तो चेतना फैलाउने हो भनेर कलम निर्भिक, निडर र स्वाभिमानी छ र उसको गतिशीलतालाई कसैले तोड्न सक्दैन। समय परिवर्तनशील छ यहाँ दिनरात कैयौं परिवर्तन हुन्छन् र त्यही परिवर्तनको एक मात्र मेरुदण्ड बन्न सक्छ कलमको क्रान्ति जसले समाज परिवर्तनमा एउटा सारथीको काम गर्छ।

वास्तवमा कलमको क्रान्ति भन्नुको अर्थ एक ठोस प्रतिबद्धताका साथ परिवर्तनशील समयको मागलाई विचारको व्यवहारमा अभिजित गर्नु हो। बत्तीको मुनि सधैँ अँध्यारो हुन्छ तर कलममुनि सदा नवीन विचारहरूको उत्पत्ति भइरहेको हुन्छ। कलमले सुनौलो भविष्यको परिकल्पनालाई वास्तविक संसारमा परिणत गर्न र वर्तमान समयलाई सदुपयोग गर्न सिकाउँछ। त्यो संसारमा गोला, बारुद, तोप तारबारको राज्य व्यवस्था थियो सायद हामी ती शासकहरूको कठपुतली बन्यौं होला। अन्याय, अत्याचार, शोषण, दमन, भेदभावले जरा गाड्थ्यो तर ती हात हतियार न त एउटा विचारको उपज हो न त समयको माग हो। क्रान्ति सबैजसो मुलुकले अपनाएको माध्यम हो तर सत्तामोह, कुर्ची लालसा र कमजोर राजनीतिक संयन्त्रका कारण प्राप्त उपलब्धि संस्थागत हुन सक्दैन। बन्दुक गोलाले मानव शरीर ढल्ला तर असम्भव छ विजयी हुन। विचारको शरीर ढालेर त्यो जर्मनीमा हिटलरको नाजीवाद होस् चाहे इटालीमा मुसोलिनीको फासीवाद होस सबै जनता ती शासकको सामु घुँडा टेक्न बाध्य थिए। रुसी जारशाहीको निरड्ढुश शासन अथवा लुइ १६ को शासन पद्धति अन्त्यमा विचारको क्रान्तिबाट यी सबै तानाशाहले जनताको अगाडि घुँडा टेके। हत्या हिंसा, अत्याचार मच्चाएर सत्ता टिकाउन खोज्नेहरूको विगत कस्तो हुन्छ हाम्रै परिप्रेक्ष्यमा हेरौं। कलमको क्रान्तिलाई वेवास्ता गरी शासन टिकाउन खोज्ने महत्त्वाकाँक्षी राजा ज्ञानेन्द्रको हालत त्यस्तै भयो जुन विश्वका तानाशाहको जस्तै भयो। नेपाल र नेपालीले आफ्नो हक, अधिकार, स्वतन्त्रता पाए, विचारको क्रान्तिबाटै लेनिनले रुसी क्रान्ति अर्थात अक्टोवर क्रान्ति सशक्त बनाए र निरड्ढुश राजा जारको सत्तालाई पानीमा मिलाइदिए र रुसमा साम्यवाद र कम्युनिष्ट सत्ताको उदय भयो। भोल्टायर, रुसो, मन्टेस्क्यु जस्ता विद्वान तथा दार्शनिकको कलमले फ्रान्समा परिवर्तनको आँधीबेहरी ल्यायो। विचारको क्रान्तिबाट बेलायतमा औद्योगिक क्रान्ति भयो र गान्धीकै विचारबाट भारतमा अङ्ग्रेज शासन पद्धतिको अन्त्य भयो।त्यसको फलस्वरुप भारत स्वतन्त्र देश भयो यहाँबाट स्पष्ट हुन्छ कि कलम कति शक्तिशाली छ भनेर। हुन त हामीलाई महामानव गौतम बुद्ध हराएको आभाष हुन्छ, गान्धीको विचार मेटिएको अनुभव हुन्छ। फेरि आउने छन् बुद्ध ज्ञानको प्यास मेटाउन, स्वच्छ गगनमा परेवा उडाउन भारतमा गान्धी र्फकनेछन् विचारको क्रान्ति बनेर साम्राज्यवादीहरूलाई स्वतन्त्रताको पाठ सिकाउन। अराजकतावादीलाई जीवन र जगतको शिक्षा दिन त्यसैले कलमको मुख कहिल्यै बन्द हुँदैन। यो स्वच्छ सफा मुहानको पानी सरी बगिरहनेछ केवल सामन्ती, अत्याचारी शोषकहरूको अन्त्य गराउँदै, राष्ट्रियताको नारा घन्काउँदै र शोषण दमन उत्पीडनमा परेका निम्न वर्गहरूको आवाज अझ बुलन्द बनाउँदै। त्यसैले अझ माग छ कलमको शक्ति भविष्यसम्म अपरम्पार छ। नेपालमा पनि राणाशासनकालदेखि नै विभिन्न राजनीतिज्ञ, लेखक, साहित्यकारहरूले कलमलाई सशक्त बनाए। आफ्ना लेख रचनाबाट नै जनतालाई सचेत गराए र जनताहरू राणाशासनको पतनतर्फ जागृत भए। आफ्नो शासन टिकाउन चार शहीदलाई तगारो बनाए तर जनता झुकेनन्। फलस्वरुप २००७ सालमा प्रजातन्त्र आई समयसँगै दलहरूको अकर्मव्यता र अस्थिर राजनीतिको फाइदा उठाउँदै राजाले २०१७ सालमा पञ्चायती शासन लगाए, त्यसका विरुद्ध पनि जनता स·ठित भए। चाहे त्यो २०६२/६३ को दोस्रो जनआन्दोलन होस् यी सबै राजनीतिक परिवर्तनलाई समेट्छ कलमको शक्तिले। जसरी कार्लमार्क्सले विचारलाई भौतिकवादमा परिवर्तन गरेर गरिब निम्न र शोषित जनताको भावनालाई समेटे त्यसरी नै अमेरिकी १६ औं राष्ट्रपति अब्राह्म लिङ्कनले अमेरिकामा भएको काला र गोरा जाति बीचको भेदभावलाई हर्टाई दास प्रथाको अन्त्य गराए। विचार सगरमाथाभन्दा पनि अडिग छ दृढ छ मजबुत हुनेछ।

अन्याय, अत्याचार, शोषण, दमन विभेदले आकाश छुन्छ तब कलम जुर्मुराउँछ, आँधीबेहरी बनेर शोषक सामन्तको सत्यानास गराउँछ। विचार चम्किरहेकै बेला लिङ्कनको भौतिक शरीरलाई नाचघरमा अल्मल्याएर कायरतापूर्ण हत्या गरिन्छ, विचारले यो विश्व छोपेकै बेला नागासाकी र हिरोसिमामा अणु बम खसालिन्छ। कलम विचार हो, बुद्ध हो, गान्धी हो। यो विचार पछि हट्नेछैन। बारुदको धुवाँसँग अलमलिने छैन, गोलीले पनि छेड्ने छैन। भौतिक शरीर ढल्ला तर उसले लिएको सिद्धान्त, विचार कदापि ढल्न सक्दैन। त्यसैले जबसम्म चन्द्र सूर्यको अस्तित्व रहन्छ तबसम्म कलम भाँचिने छैन, विचार मर्ने छैन। कलममार्फत नै विचार र बौद्धिकताको लर्डाई गरौं अवश्य सफल हुनेछ।

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width