पञ्चायतको लाश सुरक्षित छ, के देशलाई काम लाग्ला ?

आदर्श समाज सम्वाददाता
पौष ८, २०७०

हो, पञ्चायतको मृत्यु भएको लगभग २५ वर्ष भयो। तर यी पंक्तिहरूको लेखक -यसपछि लेखकमात्र भनिनेछ) आजसम्म पञ्चायत पुनर्वहालीको उद्देश्यले त्यसको लाश कुरेर बसेको छ भन्दा तपाइँलाई आर्श्चर्य पनि लाग्ला। यसमा लेखकको भन्नु कतिमात्रै छभने यसबीच तपाइँलाई आर्श्चर्य अरु कुरामा पनि लागेको हुनुपर्छ, केवल लेखकको लाश कुराईमा मात्र होइन होला। जस्तो कि पञ्चायतको विघटनपछि आज २५ वर्षसम्म देशले कुनै राज्यव्यवस्था पाउन सकेको छैन, आर्श्चर्य लागेकै होला। देशमा अकल्पनीय र निर्रर्थकरूपमा एउटा राजपरिवार र सत्र हजार जनताको हत्या भएको छ, दुःख र आर्श्चर्य लागेकै हुनुपर्छ। देशमा अराजकता छ लगातार र यो अराजकताबाट कहिले पार पाइन्छ भन्ने कुराको कुनै टुङ्गो छैन, यो पनि कम आर्श्चर्यको कुरा होइन नै होला। पञ्चायतको अवसानपछि आजसम्म यस्ता आर्श्चर्यका उदाहरण थुप्रै छन्। त्यसैले यस लेखकको पञ्चायतको लाश कुराई पनि जनतालाई थप एउटा आर्श्चर्य भयो होला। आर्श्चर्यमाथि आर्श्चर्य थपेकोमा क्षमा माग्नुपरे माग्ला, तर यो सत्य हो कि यो लेखक पञ्चायतको लाश कुरेर बसेको छ।

अब लागौं लेखक किन त्यसो गर्दैछ त भन्नेतिर।

आधुनिक नेपालको इतिहासमा पञ्चायत राष्ट्रिय स्वाधीनताको एकमात्र प्रतीक बनेको छ, लेखकको लाश कुराईको प्रमुख कारण यही हो। त्यसो त पञ्चायत के हो भन्ने प्रश्न पनि छ किनकि पञ्चायत भन्नेबित्तिकै यस्तै राज्यव्यवस्था हो भनिहाल्न कुनै ठोस रूपरेखा छैन। अथवा पञ्चायत शब्द राज्य व्यवस्थाको नाममात्रै हो, त्यो व्यवस्था जस्तो पनि हुन सक्छ भन्ने स्पष्टै छ। त्यसैले लेखकले पञ्चायतको लाश कुरेको छ भन्नुको अर्थ उसले नेपालमा चल्ने राज्य व्यवस्थाको नामको रूपमा पञ्चायत शब्दको लाश कुरेको छ भन्नु ठीक हुनजाला ।

जनताले भन्नुहोला राष्ट्रिय स्वाधीनताका लागि पञ्चायत शब्द नै अनिवार्य छ र – भनेर। यहाँनेर लेखक के भन्छभने जब हाम्रो इतिहासमा पञ्चायत शब्द राष्ट्रिय स्वाधीनताको प्रतीक बनि नै सक्यो, अनि त्यो शब्दलाई छोडेर अर्को शब्दको तलाश गर्नुको कारण फेला पर्दैन। जाहेरै छ कि २०१७ सालको परिवर्तनको मूल लक्ष्य राष्ट्रिय स्वाधीनता निर्माण गर्नु थियो, जस्को जगमा पञ्चायतको नामले एउटा मौलिक राज्यप्रणाली निर्माण गर्नेबारे पनि सोचियो। राजा महेन्द्रले आफ्ना पिताले २००७ सालमा भारतीय सहयोग लिएर गरेको राजनीतिक परिवर्तनका कारण देशको स्वाधीनतामा प्रतिकूल असर परेको देखी ०१७ को कदम चालेका थिए। त्यतिखेर देशमा चलिरहेको संसदीय व्यवस्थाको विकल्पमा पञ्चायतको नाममा जस्तो व्यवस्था चलाइयो, त्यस आधारमा राजा वा पञ्चायतको विरोध हुनु स्वाभाविक भए पनि ०१७ को कदमले निर्माण गरेको स्वाधीनतातर्फ ध्यानै नदिनु  नेपाली काङ्ग्रेस र कम्युनिष्ट शक्तिको भूल थियो। यी दुर्इ शक्तिले राष्ट्रिय स्वाधीनताको ख्याल गर्न सकेको भए ०१७ को कदमको समूल विरोध नगरेर देशमा कस्तो व्यवस्था चलाउने भन्ने सबालमा राजासित वार्ता गर्न सक्थे, तर गरेनन्। राजा महेन्द्र मरिसकेपछि मात्र वीपी कोइरालालाई उक्त गल्तीको हेक्का भयो र नै उनले राष्ट्रिय मेलमिलापको आवश्यकता ठम्याए। तर राजा वीरेन्द्र आफ्ना पिताको कोटिका राजनीतिज्ञ थिएनन्, जस्ले गर्दा वीपीले चाहेको परिणाम निस्कन सकेन। इतिहाका कुरा यसमा लामो नगरौ र यतिमात्र भनौं कि ०४६ सम्म देश राज्यप्रणालीको सड्ढटमा मात्र थियोभने पञ्चायतको विघटनपछि राष्ट्रिय स्वाधीनता र राज्यप्रणाली दुवै सड्ढटबाट गुज्रँदै छ। त्यसैले हाम्रो समस्याको सही समाधान पञ्चायत शब्दलाई राज्यव्यवस्थाको नाममा पुनस्र्थापित गरेर राज्यव्यस्थाको स्वरूप तय गर्नु हो भन्ने लेखकको मत छ। किन कि राजनीतिको सबैभन्दा महत्त्वपूर्ण कुरा राष्ट्रिय स्वाधीनता र राष्ट्रिय स्वाभिमान हो भन्ने कुरामा मतभेद नहोला। पञ्चायत नाम राखेर चलेको राज्यव्यवस्थाले हाम्रेा राष्ट्रिय स्वाधीनता प्रमाणित गरेको थियो र अब पनि गर्छ भन्ने लेखकको दाबी छ। अनि पञ्चायतको नाममा एउटा हामीलाई अनुकूल आधुनिक राज्यव्यवस्था निर्माण गर्न सकियोभने त्यसबाट हाम्रो राष्ट्रिय स्वाभिमान पनि प्रमाणित हुनेछ। त्यतिमात्र होइन, मानव सभ्यतालाई आधुनिक राज्यप्रणाली पस्केर स्वाभिमान निर्माण गरेका ठूला ठूला सभ्यतासितको हाम्रो समकक्षता पनि प्रमाणित हुनेछ। त्यसैले यो लेखक पञ्चायतको लाश कुरेर बसेकोछ, कदाचित् नेपाल र नेपालीलाई काम लागोस् भन्ने आशा छ।

लेखकको यो लाश कुराइको सानो इतिहास पनि छ, सुनि-पढिदिनु होला।

लेखकलाई मौलिकताको जन्मजात रोग छ कि भन्न पनि सकिन्छ। त्यसैले पनि होला लेखक जान्ने हुँदा देशमा चलिरहेको राज्यव्यवस्था पञ्चायततिर उसको  ध्यान गएको थियो। राजा वीरेन्द्रकालको शुरुवातको कुरा हो यो। दुनियाँमा कहीं नभएको र नेपालमा भएको कुरा (पञ्चायत) के सधैँ भइरहन सक्ला ? लेखकको मनमा प्रश्न उठेको थियो। तर पञ्चायतलाई समयसापेक्ष राज्यव्यवस्था बनाउनेतिर राजा र पञ्चहरूबाट निराशा नै हात लागिरह्यो। जनमत सङ्ग्रह (०३७) मा जनताले पञ्चायतको प्रजातान्त्रीकरणलाई जिताउँदा पनि भएन, तत्कालीन राजा र पञ्चहरूसित पञ्चायतलाई दुनियाँमा प्रतिश्पर्धी राज्यव्यवस्था बनाउने योजना नै रहेनछ भन्ने देखियो। उता काङ्ग्रेस-कम्युनिष्ट नेताहरू तत्काल दुनियाँमा पाइने राज्यप्रणालीभन्दा भिन्न सोच्नु जरुरी नै छैन वा सोच्नै सकिँदैन भनेर झैं चलिरहेका थिए। उनीहरूबाट पञ्चायत वा कुनै नामबाट एउटा विशिष्ट राज्यप्रणाली निर्माण गर्ने तर्फ सोचिने कुरै भएन। यसरी लेखकको चाहनालाई टेक्ने हाँगो र समाउने डालो मिलिरहेको थिएन, लेखक अन्योलमा चल्दै रह्यो।

लेखकको मौलिकताको मोहले उसलाई झट्टै छोडनेवाला थिएन। त्यसमाथि हाम्रो देशको भूराजनीतिक बनोट मौलिक अथवा भारतको जस्तो बहुदल वा चीनको जस्तो एक दलभन्दा भिन्न राज्यप्रणालीतर्फ हाम्रो ध्यान जान लायक छ भन्ने राजा महेन्द्रको विश्लेषणमा दम छ भन्ने पनि लाग्न थालेको थियो लेखकलाई। अकोर्तिर दुनियामा पाइने राज्यप्रणालीहरू (विशेष गरी बहुदलीय संसदीय प्रणाली र एकदलीय कम्युनिष्ट प्रणाली) ले मानव व्यवस्थामा वाञ्छितरूपमा सुधार ल्याउन नसकिरहेको परिप्रेक्षमा कुनै विशिष्ट राज्यप्रणालीको खोजी आफैमा वाञ्छनीय पनि लागिरहेको थियो। त्यसैले देशलाई र मानवसभ्यतालाई चाहिएको कुरा पनि र दुनियाँमा हाम्रो वैचारिक, सिर्जनात्मक चेतना पुनप्रमाणित हुने कुरा पनि, लेखकले आफूलाई पञ्चायतको नाममा नयाँ वा विशिष्ट राज्यप्रणालीको खोजीमा लगाउने निर्णय गर्‍यो। देशमा पञ्चायत चलिरहँदाताककै कुरा हुन् यी।

यस्तैमा देशमा राजनीतिक भुइँचालो गयो। पञ्चायतमा राजालाई साथ दिइरहेका महापञ्चहरूको राजनीतिक योग्यता भारदारभन्दा माथि उक्लेन। राजदरबार देशको भारतनीतिमा विफल भएसँगै देशको दुर्दशा सुरु भयो। अथवा ०४६ आयो र पञ्चायत गयो। लेखक पञ्चायतलाई साँच्चै युगसापेक्ष राज्यव्यवस्था बन्ने, बनाइने सपना देख्दैछ र पञ्चायत मर्छ भने उसलाई धक्का त लाग्यो नै।

तर लेखकले यसो हेर्‍यो, घोरियो, ०४६ को धक्का कुनै निरूपाय धक्का रहेनछ। अथवा ०४६ को परिवर्तन पञ्चायतको अपुताली स्याहार्न सक्ने गरी भएको रहेनछ, लेखकले केही सास फेर्‍यो। किन कि उक्त परिवर्तन राष्ट्रिय स्वाधीनताको प्रतिकूल त थियो नै सो परिवर्तनका लागि देशभित्र भएको राजनीतिक शक्तिहरू (काङ्ग्रेस र कम्युनिष्ट) को गठबन्धन अराजनीतिक वा अप्राकृतिक पनि थियो। काङ्ग्रेस र कम्युनिष्ट शक्तिको नेतृत्वले यो दोस्रोपटक महाभूल गरेको थियो। त्यसैले पञ्चायत त मर्‍यो तर त्यसको सतिगति हुनेवाला छैन अथवा देशले पञ्चायतको विकल्पमा कुनै राज्यव्यवस्था पाउनेवाला छैन भन्ने निष्कर्ष लेखकले निकाल्यो। त्यसैले लेखकले पञ्चायतको लाश कुर्ने निर्णय गर्‍यो। लाश कुर्नुको मतलव पञ्चायतले पुनस्र्थापना पाउनुपर्छ भन्ने हो। तर लाश कुरेकै भरमा चाहेको परिणाम आउने कुरा पनि भएन र पञ्चायतलाई पुनर्जीवन दिने, दिलाउने योग्यता पनि आजसम्म लेखकसँग भएन। जस्ले गर्दा लेखक २५ वर्षदेखि पञ्चायतको लाश कुर्दैछ भन्दा उसलाई थोरबहुत शर्म पनि लागिरहेछ।

यद्यपि कुनै सिष्टमको विकास गर्न पञ्चायत कै लाश कुन के जरूरी छ र, त्यो त जुनसुकै नामबाट जहिलेसुकै जन्माउन सकिने कुरा हो भन्न पनि सकिन्छ। तर लेखकले त्यो बाटो लिएन। किनकि कुनै राज्यप्रणाली निर्माण गर्नु नै छ भने त्यसको खोजी नेपालमा २०१७ सालबाट सुरु भएको हो भन्ने इतिहास किन बदल्नुपर्‍यो, पहिलो प्रश्न यो। अनि पञ्चायत शब्द जुन आफैमा संसारमा पूर्र्वीय समाज व्यवस्थाको द्योतक नाम हो, त्यो किन गुमाउनु पर्‍यो भन्ने प्रश्न पनि रहने नै भयो। यी र यस्तै कुराले लेखक पञ्चायत कै लाश कुन वशीभूत भएको हो, सायद गल्ती गरेको छैन भन्ने आशा छ।

अब जनताको प्रश्न लाश कुरेर हुन्छ त ? लाश ब्युँझन्छ त ? भन्ने हुनसक्छ। यहाँनेर लेखक के भन्छभने पुरानो इतिहास हेर्र्नुस्, राजनीतिमा लाश ब्युँझन्छ। जनतालाई थााहै छ, नभएकाले सोध्नबुझ्न सकिन्छ, राजा वेनको लाशबाट राजा पृथु जन्माइएका थिए। पौराणिक कुरा भनेर कम्तीमा यो लेखक हेलाँ गर्दैन, किनकि हाम्रा वेद, पुराणहरू लेखकभन्दा नजान्नेले लेखेका हुन् भन्ने उसलाई लाग्दैन। यो ब्रÞमाण्डको रचना एउटा मान्छेको मगजमा अटाउने गरी भएको छैन, त्यसैले यहाँ हामीले नसोचेको, नचिताएको जे पनि हुनसक्छ, जे पनि हुँदै आएको छ। राजा वेनलाई ऋषिमहषिर्हरूले मारे, तर भावी राज्यव्यवस्थाको टु·ो ननिस्केसम्म भनेर वेनकी आमाले छोराको लाशको सतिगति हुन दिइनन्, लाशको सुरक्षा बन्दोबस्त मिलाएर राखिन्। वेनको मृत्युपछि त्यस देशमा वषौर्ंवर्ष अराजकता चल्यो, जनता त्राहीत्राही भए। आखिर त्यही लाशबाट राजाको सृष्टि गर्नु जरूरी र उचित देखिन थाल्यो, उनै ऋषिहरूले शवमन्थन गरेर पृथु जन्माए। अथवा आवश्यकता नमरुञ्जेल औचित्य मर्दैन, मूल कुरा यो हो।  पञ्चायतलाई मारेपछि देशमा बितेको साढे दुर्इ दशकदेखि अराजकता छ, एउटा यो कारणले पञ्चायतको पुनर्जन्म हुनुपर्छ। पञ्चायतलाई हाल संसारमा पाइने कुनै पनि राज्यप्रणालीभन्दा लोकतान्त्रिक र क्रान्तिकारी बनाउन सकिन्छ दोस्रो यो कारणले पञ्चायतलाई सवोर्त्तम विकल्प मान्न सकिन्छ। हाम्रो स्वाधीनता सड्ढटग्रस्त छ पञ्चायत मरेदेखि नै, तेस्रो यो कारणले पञ्चायतबारे पुनर्विचार हुनुपर्छ। लेखकको लाश कुराइको सारांश यत्ति हो।

हो, पञ्चायतले पुनस्र्थापना पाउला नपाउला लेखकले भने पाउला भनेर तयारी गरेको छ। लेखकले सोचेको पञ्चायतले संसारमा पाइने कुनै पनि राज्यप्रणालीलाई जितेर प्रजातन्त्र वा लोकतन्त्र र सामाजिक, आर्थिक न्यायको ग्यारेन्टी गर्छ। त्यतिमात्र होइन, मानिसभन्दा पैसा मूल्यवान् बनिरहेको आजको विकृतिमा समेत सुधार ल्याउने गरी लेखकले पञ्चायतको रूपरेखा सोचेको छ। नेपालको राजनीतिक समस्या हल गर्नु सानो उपलब्धिमा गनिनेछ, किनकि नेपाललाई विश्वमा हरेक कुरामा सर्वप्रथम बनाउनु लेखकले सोचेको पञ्चायतको विशेषता हुनेछ। राज्यव्यवस्थाको नामले पनि त्यो आधुनिक राज्यप्रणाली हो भन्ने जनिनुपर्छ भन्ने लागेर लेखकले व्यवस्थाको नाम पञ्चायतमात्र नराखेर ‘नयाँ पञ्चायत’ प्रस्ताव गरेकोछ। के नयाँ पञ्चायतको त्यस रूपरेखाबारे जनताले चासो लिनुहोला – आशा छ लिनुहोला। लेखकले निकट भविष्यमा त्यसलाई प्रचारमा ल्याउने छ। लेखकले नयाँ पञ्चायतमा राजतन्त्र प्रस्ताव गरिरहेको छैन, केही कोही कत्ति नपिरलिनु होला। बरु लेखक पछिल्ला युगका राजतन्त्रहरूले निर्माण गरेका सामन्ती संस्कार जुन हामी आमजनतामा पनि पाइन्छ, त्यसको समेत उन्मूलन हुने नयाँ पञ्चायत प्रस्ताव गर्दैछ। अथवा राजा फाल्ने तर समाजको मूल चरित्र राजतन्त्र कै रहने, अझ भनौं सामन्तवादको प्रतिनिधित्व राजाको सट्टा राजनीतिक दलहरूले गर्ने गणतन्त्रले नयाँ पञ्चायतको मुकाविला गर्न सक्ने छैन। यति चै हो कि नयाँ’ पञ्चायतमा लेखकले गणतन्त्रलाई लक्ष्य वा उपलब्धि मानेको छैन। किन कि सप नै किन नहोस् मार्नु कला होइन। ऊसित बँच्नु र उसलाई बाँच्न दिनु कला हो। मानव सभ्यता कलापूर्ण हुनुपर्छ, राज्यव्यवस्था उत्तरदायी हुनुपर्छ, कम्तीमा बेलायतीहरूसित सिक्न सकिने कुरा छ। बेलायतीहरूले किन संविधान लेखेनन् र अलिखित संविधानका बाबजुत किन संसारमा सबैभन्दा व्यवस्थित र स्थिर छन् – सोच्नका लागि प्रेरणाहरूको खाँचो छैन। नेपाल पूर्वको बेलायत हो, हुन सक्ने देश हो। कुनै कुरामा बेलायत अगाडि छभने भेट्टाउन सकिन्छ, उछिन्न पनि सकिनुपर्छ। हामीले आफूलाई चिन्न बाँकी देखिनु लाजमदो हुन जान्छ। जेहोस् नयाँ पञ्चायत राजामा वा राजाले हलो अडकने वा अड्काउने गरी सोचिएको छैन, त्यसै दुनियाँमा सर्वप्रथमको महत्त्वाकांक्षाका लागि आÞवान गरिएको छैन।

राजाको सर्न्दर्भ चलेको बेला लेखकलाई एउटा भावनात्मक प्रस·मा कुरा गर्न मन लाग्यो। त्यो के भने, लेखकले माथि भने झैं पञ्चायतको पुनस्र्थापना गर्‍यौं भने हामीले राजा वीरेन्द्रमाथि भएको अन्यायको पनि बदला लिइरहेका हुनेछौं भन्ने उसको विचार छ। जाहेरै छ कि हामी राजा वीरेन्द्र त्यसरी मारिनु र कस्ले किन मार्यो पत्तै नहुने गरी मारिनु २ वटा चोट खाएर बाँचिरहेका छौं। राजाले इन्साफ गरेन भन्न धेरै सजिलो थियो, तर हामी राजामाथि इन्साफ गर्नुपर्ने चोटमा छौं भन्नैपर्छ र आजसम्म हामीले कठै भन्नु बाहेक केही गरेका छैनौं। यद्यपि राजा वीरेन्द्रलाई ठूलै श्रद्धाञ्जली दिनुबाहेक उनीमाथि इन्साफ गर्ने अर्को विकल्प हामीसँग सायद छैन। त्यसैले, जनतालाई याद होला, पञ्चायतको पछिल्लो घडीसम्म राजा वीरेन्द्र नेपालमा पञ्चायत निर्विकल्प छ भनिरहेका पाइन्थे, भलै उनमा आफ्नो भनाइलाई पुष्टि गर्ने राजनीतिक कुशलता देखिएन। यहीँनेर लेखकको तर्क के छ भने हामीले पञ्चायतको पुनस्र्थापना गर्‍यौं भने त्यो कदम राजा वीरेन्द्रलाई ठुलै श्रद्धाञ्जलि पनि हुन जानेछ। किनकि यसबाट उनको भविष्यवाणीले सत्यापन पाउनेछ। उनको जघन्यहत्याका मूकदर्शक हामी शायद ऋणमुक्त पनि हुनेछौं। अब अन्त्यतिर, के लेखकले यति भन्दैमा देशले उसको भनाइमा बहस थाल्ला ? के हाल चलिरहेको संविधानसभा नामक रणनीतिक खेलमा नै यस विषयले प्रवेश पाउला र सोचेभन्दा सजिलो गरी देशले सड्ढटबाट मुक्ति पाउला ? आशा छैन जनता। किन कि यहाँ जति सद्दे, जति उपयुक्त कुरा गरे पनि देशका राजनीतिक शक्तिका नेतावर्ग अवाञ्छित बाटो फँसेका हुँदा सानो चोट सुनिने आशा गर्न नमिल्ला। यसका लागि एउटा जनआन्दोलन नै चाहिएला भन्न सकिन्छ, त्यसका लागि एउटा राजनीतिक दल नै निर्माण गर्नुपर्ने हुन पनि सक्छ। त्यसैले यो प्रारम्भ हो र भूमिका मात्रै हो। लेखक जनताबीच कति जानसक्छ, जनतालाई विकल्पको तलाश कति छ जस्ता कुराले भविष्य निर्धारण गर्ला भनौं। यस लेखबाट लेखकका परिचित साथीभाइलाई विगत २५ वर्षदेखि यो लेखक राजनीतिक मूलधारबाट किन अलग छ भन्ने प्रश्नको उत्तरसम्म मिल्यो होला र लेखकको विचारबारे कहासुनी थाल्नु होला भन्ने आशा अवश्य छ। यसमा यत्ति।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग