नोटिस बोड नं. प्रयोग गरौँ, सुसूचित बनौँ

आदर्श समाज सम्वाददाता
चैत्र २, २०७२

दोस्रो संविधानसभा निर्वाचनपछि गठित सरकारले आफ्नो नीतिमा आशालाग्दो भाषामा ‘सरकारले सूचना प्रविधिको प्रयोग गरी सुसुचित गर्नेछ’ भनी आश्वासन बाडयो। सुन्दा आशा जगाउने भए पनि व्यवहारमा अर्कै देखियो।

सूचना प्रविधिसम्बन्धी नीति पहिले पनि आए, आश जगाए, प्रतिफल भने लगभग शून्य। नजिकका छिमेकी राष्ट्र क्रमशः अगाडि बढ्दै छन् हामीकहाँ भने हल्ला नै बढी हुन्छ। हाम्रो समाज अलि बढी देखावटी छ। सबै जना वेब साइट, इन्टरनेट र मोबाइलका कुरा गर्छन्। मोबाइल र एसएमएसको प्रयोग गर्दा बजेट व्यवस्थापन गर्नुपर्ने हुन्छ।

नेपालमा कति मन्त्रालय छन्, कति विभाग छन् र तिनका कामका सीमा अस्पस्ट हुनु, लोडसेडिङको समस्या, नयाँ प्रविधि अध्यावधिक गर्नुपर्ने चुनौती थपिनु एकतर्फ छ, कार्यशैलीमा छरितोपन अभावले नेपाल कहिले अगाडि बढ्ला – पहिले एउटा मन्त्रालयको एउटा वेबसाइट पनि हुँदैनथे। अचेल एउटा मन्त्रालयमा वा अन्तर्गतका विभागमा दोहोरो वेबसाइटसमेत राख्ने गरिएको छ। यसबाट कतिपयमा अन्यौल थपिएको छ भने धेरैजसो वेबसाइट अध्यावधिक गरिएका छैनन्।

एकतर्फ लोडसेडिङको मार, अकोर्तर्फ कम्प्युटर, इन्टरनेटको सिमित उपलब्धता साथै साक्षरता प्रतिशत थोरै हुनाले प्रत्येक मन्त्रालय, विभाग तथा विभाग स्तरका कार्यालयमा कम्तिमा एक ‘अडियो नोटिस बोर्ड’ प्रयोग गरी ७५ जिल्ला तथा गाविसबाटै सहजताका साथ थाहा पाउन सकिने गरी सार्वजनिक सूचना उपलब्ध गराउने व्यवस्था भए धेरैले सहज महसुस गर्ने थिए। उदाहरणका लागि नेपाल प्रहरीको काठमाडौँ ट्राफिकको अवस्था जानकारी दिन १६१८०१४२१९६४१ डायल गरी थाहा पाउन सकिन्छ। मौसम विभागको १६१८०७०७३३३३३ डायल गरी मौसमको अवस्थाबारे थाहा पाउन सकिन्छ। कालिमाटी तरकारी बजारको १६१८०७०७६६६६६ डायल गरी तरकारीको भाउ थाहा पाउन सकिन्छ। विश्वभाषा क्याम्पसको १६१८०१४२२८९१६ डायल गरी त्यहाँ उपलब्ध भाषाका भर्ना समय आदि थाहा पाउन सकिन्छ।

साक्षरता बढाउन यस्तै अरु क्याम्पस, त्रिभुवन विश्वविद्यालयका प्रत्येक फ्याकल्टीलगायत अरु विश्वविद्यालयले विद्यार्थी भर्ना, परीक्षा तालिका आदि इत्यादि सूचना अडियो नोटिस बोर्ड प्रयोग गरी ७५ जिल्लामा रहेका विद्यार्थीलाई सजिलो बनाउन सक्छन्।

बागलुङ जिल्ला मालपोत कार्यालयको अडियो नोटिस बोर्ड न १६१८०६८५२०१५८ डायल गरी सुन्न सकिन्छ। जिल्ला प्रशासन कार्यालय गोरखाको अडियो नोटिस बोर्ड न १ ६ १ ८ ० ६ ४ ४ २ ० १ ८ ९ डायल गरी कार्यालयका सूचना सुन्न सकिन्छ। गुल्मी जिल्ला सिडिओ कार्यालयको अडियो नोटिस बोर्ड न १६१८०७ ९ ५ २ ० ८ ३ ३ डायल गरी कार्यालयका सूचना सुन्न सकिन्छ। नेपाल रास्ट्र बैंकको अडियो नोटिस बोर्ड नं १६१८०१४२२१७६३ डायल गरी कार्यालयका सूचना सुन्न सकिन्छ।

लोडसेडिङको सूचना

नेपाल विद्युत प्राधिकरणले निम्नानुसार नोटिस बोड नम्बर छुटयाएको छ।

अडियो नोटिस बोर्ड नम्बर १६१८०७०७०१०११ ग्रुप १

अडियो नोटिस बोर्ड नम्बर १६१८०७०७०१०१२ ग्रुप २

अडियो नोटिस बोर्ड नम्बर १६१८०७०७०१०१३ ग्रुप ३

अडियो नोटिस बोर्ड नम्बर १६१८०७०७०१०१४ ग्रुप ४

अडियो नोटिस बोर्ड नम्बर १६१८०७०७०१०१५ ग्रुप ५

अडियो नोटिस बोर्ड नम्बर १६१८०७०७०१०१६ ग्रुप ६

अडियो नोटिस बोर्ड नम्बर १६१८०७०७०१०१७ ग्रुप ७

अडियो नोटिस बोर्ड नम्बर १६१८०७०७०१०१८ ग्रुप ८ -दुहबी र अनारमनी क्षेत्र)

तर अपर्झट गरिने लोडसेडिङ कहिले तीन दिन अगाडी, कहिले त्यही दिन त कहिले तीन दिन पछाडि सूचना प्रकाशित गरिने गरिएको छ। यसैले सबै उक्त सूचना खोज्दै हिड्न र १० तिरी किन्न बाध्य छन्। यदि नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको सूचना सँगसँगै “थप जानकारीका लागि यी अडियो नोटिस नम्बर डायल गरी सुन्न सकिन्छ। जस्तै : ग्रुप १ का लागि अडियो नोटिस बोर्ड नम्बर १६१८०७०७०१०११ डायल गरी सुन्न सकिन्छ’ भनेर उल्लेख गरी प्रकाशित गरिदिनु भए सबैलाई सजिलो हुने थियो।

नेपाल एयरलाइन्सले नोटिस बोर्ड नम्बर १६१८०७०७५७०२० मा अन्तर्राष्ट्रिय उडानको सूचना राखिदिएको छ। पछि यस्तै अडियो नोटिस बोर्ड नम्बर १६१८०७०७५७०१० मा राष्ट्रिय उडानका सूचना राखिदिने भएको छ। यसबाट दशैँ-तिहारमा घर जाने यात्रीले सहजताका साथ जानकारी प्राप्त गरी यात्रा गर्न पाउनेछन्। यस्तै, बस व्यवसायी तथा अन्य यातायात व्यवसायीले क्रमिक रुपमा यातायात तालिका अडियो नोटिस बोर्ड नम्बर प्रयोग गरी जानकारी दिए यात्री र व्यवसायी दुवैलाई फाइदा हुने थियो।

सामान्य प्रशासन मन्त्रालयले अडियो नोटिस बोर्ड नम्बर १६१८०१४२००३१४ प्रयोग गरी तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अडियो नोटिस बोर्ड नम्बर १६१८०१४२००३०९ प्रयोग गरी सुसूचित गराउने कार्य गरी सबैजसो जिल्ला विकास समिति, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकालाई अडियो नोटिस बोर्डमार्फत् सुसूचित गराउन समन्वय गरिरहेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले अडियो नोटिस बोर्ड नम्बर १६१८०७०७०११११ प्रयोग गरी सुसूचित गर्ने अभियानमा सहयोग पुर्‍याएको छ। महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले पनि अडियो नोटिस बोर्ड नम्बर १६१८०१४२०००८२ प्रयोग गरी सुसूचित गर्ने गरेको छ। सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत मुद्रण विभागले अडियो नोटिस बोर्ड नम्बर १६१८०१४२११७६४ प्रयोग गरी सुसूचित गर्न सहयोग पुर्‍याउन थालेको छ।

पर्यटकीय नगरी पोखरामा पनि सङ्गह्रालय छ भनेर थोरैलाई मात्र थाहा होला तर अब धेरैले माछापुछ्रे र फेवाताल साथै सङ्ग्रहालय जाने योजना बनाइ आफ्नो पोखरालगायतका भ्रमण अझ स्मरणीय बनाउन सक्नेछन्। पोखरा क्षेत्रीय सङ्ग्रहालयले अडियो नोटिस बोर्ड नम्बर १६१८०६१५२०४१३, पाटन क्षेत्रीय सङ्ग्रहालयले अडियो नोटिस बोर्ड नम्बर १६१८०१५५३१९३८, सुर्खेत क्षेत्रीय सङ्ग्रहालयले अडियो नोटिस बोर्ड नम्बर १६१८०८३५२१०७०, धनकुटा क्षेत्रीय सङ्ग्रहालयले अडियो नोटिस बोर्ड नम्बर १६१८०२६५२०२४८ प्रयोग गरी विद्यार्थी तथा पर्यटकलाई सहज बनाइ दिएका छन्।

यस्तै, चलचित्र विकास बोर्डले अडियो नोटिस बोर्ड नम्बर १६१८०१४८२२९६४ प्रयोग गरी सूचना गर्न थालेको छ। ओम्याक्सले १६१८०५७५२७२२७ मा चलचित्रको सूचना राखिदिएजस्तै अरुले पनि सूचना उपलब्ध गराइदिए दर्शक र नेपाली चलचित्रको प्रगति र प्रवर्द्धनमा योगदान हुने थियो।

इन्भ्यारोमेन्टल इम्पेक्ट एसेस्मेन्ट वा प्रारम्भिक वातावरणीय प्रभाव सवेक्षणका सूचना अपर्झट प्रकाशित गरिन्छन झ् यदि सबै वा सम्बन्धित व्यक्तिले थाह पाओस् भन्ने उद्देश्य छ भने प्रारम्भिक वातावरणीय प्रभाव सवेक्षणका सूचना “अडियो नोटिस न” प्रयोग गरी उक्त नम्बर उल्लेख गरी प्रकाशित गरिनुपर्दछ।

नेपालमा धेरै पत्रपत्रिका, टिभी, एफएम हुनु राम्रै हो। सबैले सबै पत्रपत्रिका वा अन्य सबै सञ्चार माध्यमका सूचना सधै हेर्न वा सुन्न सक्दैनन्। यसैले यदि सूचना प्रकाशित गर्दा “अडियो नोटिस नंसहित उल्लेख गरेर प्रकाशित गरिदिए सबैले चाहेको बखत ७५ जिल्लाबाट नै सुनेर थाहा पाउने र दुःख कम हुने थियो। कति नेपाली केही थाहै नपाइ विदेशमा काम गर्न जान्छन् र दुःखमा छन्। यदि वैदेशिक रोजगार प्रबर्द्धन समितिले प्रत्येक देशमा जानुअघि थाहा पाउनुपर्ने कुरा छुट्टाछुट्टै अडियो नोटिस नं.मा अति आवश्यक सूचना छोटकरीमा राखिदिए धेरैभन्दा धेरैले थाहा पाएर कमैले दुःख पाउने थिए।

क्रमिक रुपमा अरु मन्त्रालय, विभाग तथा विभागस्तरका कार्यालयले अडियो नोटिस बोर्ड नं प्रयोग गर्दै गए सेवा प्रवाहमा निकै सुधार हुने थियो। यो सेवा वास्तवमा कुनै थप खर्चबिना नै उपलब्ध हुन्छ। कुनै थप साधन पनि किन्नु पर्दैन। मात्र जानकारी हुनु आवश्यक छ। राष्ट्रको सुसचेतक यन्त्र अडियो नोटिस बोर्ड नम्बरको उच्चतम प्रयोगले सबैलाई समयमा नै सुसूचित बनाउने र राष्ट्रको आर्थिक उन्नतिको वृद्धि दर दोहोरो अङ्कले बढ्न सहयोग पुग्न सक्छ। यदि सबै मन्त्रालय, विभाग, विभागले एकै साथ उच्चतम रुपमा यसको प्रयोग गरिदिए निकै सहज हुनेछ। सुरुमा यो अतिसयोक्ति लागे पनि पछि विश्वास बढ्दै जानेछ।

वातावरण प्रदुषण तथा ध्वनि प्रदुषणका धेरै कुरा समय-समयमा गरिन्छन् तर ठोस समाधानका काम विरलै भएका छन्। सबै सरकारी तथा गैरसरकारी संस्थाले कम्तिमा एक अडियो नोटिस बोर्ड नम्बर प्रयोग गरी सुसूचित गर्ने, गराउने काम गरिदिए राम्रो हुने थियो। पत्र-पत्रिकाले आफ्नो वितरण शुल्क र पत्रिका प्राप्त गर्न सकिने केन्द्रहरू उक्त न. मा उपलब्ध गरी प्रकाशित गरिदिए पत्रिकाको बिक्री क्रमिक वृद्धि हुने थियो।

प्रत्येक विद्यालय, क्याम्पसले बन्दको सूचनामात्र नराखी, विद्यार्थी भर्ना समय तथा जाँच तालिका आदि राखी दिए सबै विद्यार्थीलाई सजिलो हुने थियो। जस्तैः परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले विगत केही वर्षदेखि एसएलसीको जाँच तालिका १६१८०१६६३११४६ मा राख्दै आएको छ। आशा गरौँ, क्रमिक रुपमा सबै सार्वजनिक सूचना अडियो नोटिस बोर्ड नम्बरमा राखिनेछन् र सर्वसाधारणले सहजै सूचना पाउनेछन्।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post