नारायणस्थानको विकासमा स्व. अधिकारीको योगदान

आदर्श समाज सम्वाददाता
भाद्र ३, २०७०

धमोर्रक्षति रक्षितः भन्ने मन्त्रलाई आत्मसात गर्दै सरकारी सेवा निवृत जीवनलाई भगवान लक्ष्मीनारायणमा अर्पित गर्ने महान सामाजिक, धार्मिक व्यक्तित्व नारायणस्थान धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष रुद्रनाथ अधिकारी आज हामी सामु हुनुहुन्छ। होचो कद, हसिलो अनुहार, मृदुभाषी, ओजस्वी, नैतिकवान, सबैप्रति आदर र सम्मान दिन सक्ने सेतो सफा लवेदा सुरुवाल ढाकाको टोपी र कोटमा देखिनुहुने उहाँ रुद्रनाथ समाजका आस्थाका केन्द्र र विश्वास पात्र हुनुहुन्थ्यो।

वि.सं. २०६१ चैत २३ गते नारायणस्थनमा आयोजित धार्मिक भेलाले नारायणस्थान क्षेत्रको वृहत विकास र नारायणस्थानको सम्पत्तिको खोजी र संरक्षण गर्ने मार्ग प्रसस्त गरेको थियो। विक्रम सम्वत १९४३ पूर्व फिरन्ता ब्रह्मचारी गणेश पुरीबाट पोखरा उपमहानगरपालिका वडा नं. ३ नदीपुर नारायणस्थान क्षेत्र शुक्ला गण्डकीको तटमा भगवान नारायणको मन्दिर स्थापना गरी एक सय मुरी खेत गुठी जग्गाको व्यवस्था गरिएको थियो। वि.सं. १९४५ र १९५८ को सनद सवालबाट सो गुठी जग्गाको संरक्षण र नित्य तथा पर्व पुजा, जात्रा, सदावट तथा मन्दिरको स्याहार सम्भार गर्ने जस्ता विषयमा व्यवस्था गरिएको भएको पाइन्छ। तर सनदसवालको भावना मर्म विपरित पूजाआजा राम्रो सञ्चालन हुन नसक्नु गुठी जग्गाहरु बिक्री वितरण गरी हिनामिना गर्ने जस्ता कार्यहरु भए गरेको पाइएकाले एउटा आधिकारीक संस्थाको खाँचो महशुस गरियो।

तत्कालीन सनदको भावनालाई आत्मसात गर्दै नारायणस्थान घार्मिक क्षेत्रको विकास विस्तार गरी नारायणका नाममा रहेको नारायण गुठीका जग्गाहरु र चलअचल जायजेथाको संरक्षण परिचालन गरी व्यवस्थित रुपमा पूजा व्यवस्था सञ्चालन गर्ने समेतका उद्देश्यहरु लिई रुद्रनाथ अधिकारीको अध्यक्षतामा मिति २०६१ साउन ३१ मा नारायणस्थान धार्मिक क्षेत्र विकास समितिे नामक संस्था विधिवत् जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भयो। संस्थापना कालदेखि जीवन रहेसम्म नौ वर्ष अध्यक्ष रहनुभयो। उहाँको अध्यक्षतामा अन्तिम पटकको मिति २०७० वैशाख २६ गते बसेको बैठकले दुषित दर्ता बदर गरी नारायणस्थान गुठी तैनाथमा दर्ता गर्ने विषयको निर्णय आगामी समितिका लागि चुनौतिपूर्ण जिम्मेवारी सरेको छ।

नारायणस्थान धार्मिक क्षेत्र विकास समितिको आयोजनामा रुद्रनाथ अधिकारीको अध्यक्षतामा मिति २०६३ माघ ६ गतेदेखि १३ गतेसम्म राष्ट्र कल्याण, विश्व शान्ति एवम् आध्यात्मिक धार्मिक जागरणका लागि श्रीमद्भागवत ज्ञान महायज्ञ तथा धनधान्याञ्चल पर्वसहितको श्रीनारायणस्थान विशिष्ट महायज्ञ-२०६३ सफलतापूर्वक सम्पन्न भएको थियो।

महायज्ञबाट बचत रकम, पोखरा उपमहानगरपालिकाको आर्थिक सहयोग, विभिन्न दानदाताहरुको उल्लेखनिय भौतिक, जिन्सी तथा नगद सहयोगबाट नारायणस्थान मन्दिरको जिणोर्द्धार, लक्ष्मीनारायणको नयाँ मूर्ति प्रतिस्थापन, मन्दिर प्रवेशद्धार निर्माण, पूजा सामग्री कक्ष निर्माण, ह्वन कुण्ड निर्माण, दुर्इतले विशाल बहुउद्देश्यीय सामाजिक भवन निर्माण, सप्तधारा निर्माण, शौचालय, खानेपानी, कम्पाउण्ड बाल परिसर सुधार जस्ता महत्वपूर्ण कार्यहरुमा अधिकारीले कुशल नेतृत्व प्रदान गर्नुभएको थियो। महायज्ञमा एक लाख ५१ हजार भन्दा बढी दान गरी उत्कृष्ट दानदाताको रुपमा रहनु भएका अधिकारीको इच्छा अनुसार सो रकमबाट नै काठमाडौं पाटनबाट पत्थरको लक्ष्मीनारायणको मूर्ती ल्याई प्राणप्रतिष्ठा गरिएको थियो। मन्दिरको जिणोर्द्धारसमेतका कार्य उहाँको नेतृत्वमै गरिएको थियो।

जीवनको उत्तरार्धमा घर व्यवहारतर्फ भन्दा नारायणस्थानको विकासमा जीवन अर्पण गर्नुभएका अधिकारीले नारायणस्थान मन्दिरको दुर्इ खण्डमा रहेको कि.नं. १३३ र १२९ का जग्गा नारायणस्थान गुठी तैनाथीमा परिणत गर्ने, अतिक्रमण गर्ने, मुद्दा मामिला गर्ने व्यक्ति समूह विरुद्ध निडरताका साथ जिल्ला अदालत र पुनरावेदन अदालतमा समितिको नेतृत्व आफैले गर्नुभयो। गुठी जग्गा हिनामिना हुन नदिन रोक्का राख्ने कार्यमा अग्रसर रहनु भयो।

उहाँमा रहेको भद्रता, शालिनता, पारदर्शिता, नेतृत्वदायी भूमिका, सामाजिक प्रतिष्ठाका कारण नै निवृत्त जीवनमा पनि उहाँलाई संस्थापक अध्यक्ष भई नेतृत्व गरी दिन संस्थापक सचिव म रामचन्द्र पौडेल र कोषाध्यक्ष महेश पराजुलीले घरमानै गई विशेष आग्रह गरिएकोमा भगवान नारायणको प्रसाद ठानी सहस्र स्वीकार गरी अभिभारा सम्हाल्नु भई नारायणस्थानको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनु भएको कार्य चिरस्थायी रहनेछ। संस्था स्थापनामा उपाध्यक्ष सोमनाथ बरालको समेत महत्वपूर्ण भूमिका रहेको थियो। अझै पनि थुप्रै आकाक्षा योजनाहरु पूरा हुन नपाउँदै उहाँको असामयिक निधनले समितिलाई अपूरणिय क्षति पुगेको छ। यस्तो धार्मिक तथा सामाजिक कार्यमा उहाँलाई सहयोग पुर्‍याउने उहाँका परिवारजन महान छन्। पोखरा-११ फूलबारीमा जन्मनु भई ७६ वर्षको उमेरमा असामयिक निधन भएकोमा हाम्रा श्रद्धेय आशा र भरोशाका केन्द्र अधिकारीप्रति आज १३ औं दिनको पुण्यतिथिमा हामी श्रद्धासुमन अर्पण गर्दछौं। अस्तु।

(लेखक नारायणस्थान धार्मिक क्षेत्र विकास समितिका संस्थापक सचिव हुन्।सं.)

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width