“झोला” फिल्म हेरेपछिका खुलदुलीहरु

आदर्श समाज सम्वाददाता
पौष १८, २०७०

‘श्रीमान् झोला हेर्न त जसरी पनि जानुपर्छ है भोलि बिहान’ क्रिसमसको अघिल्लो साँझ साहित्यकार राजेन्द्र चापागाइँ ‘आहत्’ ले यसप्रकारका शब्दसँगै हार्दिक आमन्त्रण गरे। त्यसो त झोलाको बिशेष पर्रदर्शनीको बारेमा र्‍याण्डम रिर्र्डसको कार्यक्रममा यस अघिनै जानकारी नभएको हैन र स्वयम् र्‍याण्डम रिर्र्डसका वर्तमान अध्यक्ष गणेश पौडेलले गरेको हार्दिक आमन्त्रण पनि मनमा नरहेको हैन तर एक प्रकारले बिर्सिएछ। नौ बजेदेखिको अर्को निर्धारित कार्यक्रमका लागि हुन्छ भनिसकेको दिन यही दिन पर्न गएछ। नभ्याइएला भन्ने सोँचेर बसेको बेला आहतजीको घचघचाइले मनमा एक प्रकारको तर· नै ल्याइदियो। साहित्यिक कृतिमा आधारित विषयवस्तुमा बनेको फिल्म भन्ने सुन्दा सिर्जनधर्मीका नाताले होला झन् उचालियो मेरो मन।

मैलेभने ‘म कोसिस गर्छु। वहाँको जोड रह्यो ’सर्जकहरूले त झनै छुटाउन नहुने विषय’’ । नौबजेको कार्यक्रमलाई दस बजेका लागि सारियो र ज्यानभित्र पलाएको झोला हेर्ने हुटहुटी अब सम्बोधित हुने सु समयको साइतमा पारियो।

पोखराको तेसापट्टिस्थि विन्ध्यवासिनी हलमा पुग्दा त लेखक, पाठक, कलाकारसहितका समाजमा आ-आफ्ना क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने मूर्धन्य व्यक्तित्वहरू र झोला प्रेमीहरूको खचाखच उपस्थिति।

फिल्म हलभित्र पस्दै गर्दा याद आयो करिब दस वर्ष भएछ फिल्म हलमा नछिरेको। बाल्यकालमा पनि नाटक र साँस्कृतिक कार्यक्रमहरू बढी हेर्ने तर फिल्म कम। अझ अत्यन्त कम नै भने हुन्छ। त्यही बानीले होला तन्नेरी हुँदा पनि फिल्ममा सोख रहेन यो ज्यानको। जीवनमा एक दर्जन पनि पुगेको छैन फिल्म हलको अवलोकन र मुस्किलले एक दर्जन पुगेको छ समग्रमा फिल्म हेराइको पटक पनि।

‘धेरै फिल्म हेर्‍योभने बिग्रिइन्छ है, पढाइ त झनै खत्तम्’ यसरी भनेको सुनेको थिएँ बिद्यार्थी जीवनमा। दाँगको तुल्सीपुरमा रहँदा करिब दस वर्षअघिको यस्तै विशेष सो हेरेपछिको अर्को फिल्म हेर्ने अवसर हुनेभयो यस पटकको हेराई भन्दै मित्रहरूका साथमा हलभित्र पसेँ।

‘पोखरेली सर्जकहरू सिर्जनामा मात्रै रमाउँदा रहेनछन्, व्यवस्थापनमा पनि आफूहरूलाई उत्तिकै जमाउँदा रहेछन्’ त्यस्तो लाग्थ्यो त्यहाँ र्‍याण्डम आवद्ध सर्जकहरूको सक्रियता र व्यवस्थापनको कौसलता हेर्दा। सहआयोजक मानव अधिकारका लागि महिला एकल समूहका अगुवा महिला दिदीबहिनीहरूको व्यवस्थापकीय सक्रियता उस्तै ‘हम किसि से कम नही’ कै शैली वा भावमा थियो। अर्थात् अनुकरणीय र स्तुत्यपूर्ण थियो। निर्धारित समयभन्दा थोरै ढिलो, लेखक कृष्ण धरावासी स्वयम्को अभिनित कलाबाट झोला चलचित्रको बिशेष पर्रदर्शन सुरु भयो।

घर आँउदै गर्दा समाजमा यत्रतत्र बम बारुदले समाजलाई तर्साइरहेको कु समयको एउटा घटना आँखै अगाडि देखा पर्दछ। त्यसकै वरपरका दुखद दृश्यहरू मनभरि केलाँउदै घर आइपुग्दा उनलाई खोज्न अर्थात् भेट्न आएको एउटा पाहुनाले उनको घरबाहिर झोला छोडेर गएको जानकरी श्रीमतीबाट पाउछन्। त्यसैबाट अगाडि बढ्छ झोला उपन्यासको कथा अर्थात् झोला नामक फिल्मी कथाको यात्रा पनि।  जेठी श्रीमतीको मृत्युपछि चौरासी वरपरका बृद्धले उमेरले आफूभन्दा ४० वर्ष कान्छीसँग विवाह गर्छन्। एक छोराको जायजन्म भएको केही बर्षपछि धामी झाक्री जडीबुटी आदि केही गर्दा पनि निको हुँदैन। बृद्ध खसमको मृत्यु हुन्छ। अन्धविश्वासी समाजको जरो गाडेर बसेको कुधर्मको पृष्ठपोषण बनेर सती जान बाध्य बनाइन्छ श्रीमतीलाई। मान्छेभित्रको दानवतारूपी र धर्मभित्रको अत्याचारको कारुणिक दृश्यहरूले आँखाहरू रसाइरहन्छ फिल्मको मध्यभागतिर पुग्दा नै दर्शकहरूलाई। ‘सतीप्रथा गलत हो’ भन्ने अगुवा नारी पनि देखा पर्छिन् तर उनको केही लाग्दैन। कलिलो छोराको बिलाप पनि कोही सुन्दैन। श्रृङ्गारिक आभूषणसहित बाजागाजाको तालमा लाशको पछिपछि मौन सम्मति सरह बनेर हि“डिरहेको दृश्य झनै कारुणिक लाग्दछ र एक अर्थमा अस्वाभाविक पनि। सतीयात्राका लागि चितामा बसाइन्छ उनलाई। जब धुवाँको मुस्लोले घेर्दछ र चिताको ज्वालाले उनलाई पोल्न थाल्दछ। उनी भाग्छिन्। नदीमा हाम फालेर पौडँदै पारी जान्छिन्। यहाँनेर आइपुग्दा सती जलेको हेर्नु हुँदैन भन्ने मान्यताले नै उनलाई भाग्नमा अप्रत्यक्ष सहयोग गरेको देखिन्छ। सती जान बाध्य पार्नेहरू राँको बाल्दै रातपरेपछि आ आफ्नै घर र्फकन्छन्।

निर्वश्त्र (नाङ्गो) शरीर लिएर ओडारमा बास हुन्छ उनको। छोराले सपनीमा देख्दा आमा ज्यूँदै रहेको। खोज्न आउँछ, भेटयाउँछ। आफ्नै छातिमा लडिबुडी गर्दै दशधारा दुध खुवाएर हुकेको छोरालाई नाङ्गो बक्षस्थल देखाउन सक्दिनन् र स्याउलाले छोप्छिन् चुलिँदा दुर्इ टाकुरालाई। तर जब छोरो नजिकै जान्छ अँगालोमा बाँधिएर बेस्सरी रुन्छिन्। एकैसाथ रुन्छन् दुबै आमा छोरा। यहीबीच सतीजान बाध्य पारेको तर भाग्न खोज्दा ढु·ाले हानेर मारेको अर्को कारुणिक दृश्य पनि देखिन्छ उनीहरूको अगाडि। अन्ततः लुगा फाँटे र खान्गी ल्याउने र आमालाई सम्मानकासाथ बचाउने उद्देश्यले छोरो र्फकेर घर जान्छ।

‘कसैलाई नभन्नु, थाहा पाएभने फेरि समातेर जलाउँछन्’ भनेर आमाले भनेपनि काकी, जो सती जान दिनु हुँदैन भनेर विरोध गर्ने एक अग्रणी महिला थिइन्, उनलाई राती उठाएर सबै कुरा भन्दछ। उनले आफ्नो लोग्नेलाई भन्दछिन्। एकपछि अर्को गर्दै तिनै जना पुग्छन् उनी लुकेको ओडार नजिक। खाना र लुगाफाँटे मात्र हैन बाटो खर्च दिएर ‘यहाँका मान्छेहरूले थाहा नपाउनेगरी सकेसम्म नेपालकै धरान वा कुनै ठाउँमा बस्न र नभए मुग्लान पुगेर भएपनि रोजीरोटी गरी ज्यान बचाउनू’ भन्दै केही रकम र केही सामल तामलकासाथ उनीहरूलाई बिदा गर्छन्।

चन्द्रशम्सेरले  वि.सं. १९७७ सालमा सतीप्रथाको उन्मुलन गरेको ऐतिहासिक महान कार्यलाई आदर गर्दै लेखेको औपन्यासिक कथा झोला कलात्मक प्रस्तुतिले कथानक चलचित्र बनेर दर्शकहरूका सामु आएको छ। सँगसँगै कानुनी रूपमा सतीप्रथा अन्त्य भएपनि व्यवहारमा त्यसका अवशेषहरू ऐले पनि समाजमा छन्। धेरै कोणबाट अधिक भन्दा अधिक महिलाहरू अझै पीडित छन्। शोषित छन्। दमित छन्। एकल महिलाहरूको जीवनमा अझै पनि सतीप्रथाका अवशेषहरू धेरै छन्। सामन्ती मानसिकता र संस्कारमा आधारित दानवीय प्रवृतिका तमाम कुरीतिहरूको समूल नष्ट नगरेसम्म नारीमुक्ति र सामाजिक तथा सांस्कृतिक रूपमा पछाडी परेका महिलाहरूले समान न्याय पाउन सक्दैनन्। त्यसैले सतीप्रथाका अवशेषहरूलाई अन्त्य गर्न सबैको ऐक्यबद्धता आवश्यक छ भन्ने भाव झल्काउने सन्देशकासाथ फिल्म सकिन्छ।

फिल्म हेरिसकेपछि मनमा अनेक तर·हरू पैदा हुन्छन्। दर्शकहरूका मनमा तर· पैदा गर्नु हरेक फिल्मको अपेक्षित प्राथमिक सफलता नै हो। हेर्दै जादा आधाभाग नपुग्दै आँखा रसाउन खोज्छन् तर जब सतीयात्राको आरम्भ हुन्छ, तब भल छुट्छ कोमलहृदयी दर्शकको आखाँबाट। जब एकातिर उनी बाध्यताबस चितामा चढ्छिन्, अकोर्तिर छोरो मुर्छा पर्दछ, तब भक्कान्निन्छन् केही दर्शकहरू। सायद मानवीय पीडामा संवेदनशील हुने भावुक र कोमल हृदय भएका मान्छेहरू फिल्मीदृश्यमा पनि त्यसो गर्न पुग्छन्। किनकी यसो हुनु भनेको स्वाभाविक मात्र नभइ प्रकृतिसम्मत हुनु हो। झोला चलचित्रको प्रस्तुतिमा यसो हुनु यसको अर्को सफलता हो।

पुरुषवादी हैकममा परेर महिलाको मानव अधिकार दमित हुन बाध्य भएको नेपाली समाजमा एक बृद्धले कलकलाउँदी, नातिनी भन्न सुहाउने उमेरकीलाई विवाह गरेर पनि शोषण दमन र अन्याय गरेको भन्ने देखाउन र नातिनीको उमेरकीलाई काकी भन्न बाध्य पार्ने अचम्म लाग्दो दृश्यात्मकताका पक्षहरू पनि छन् यसैमा। नेपाली नारीको पत्रि्रतापन, सौतेलो व्यवहारको एक झलक, अरुबेला देखेस् र पखेस् गरेपनि साँच्चै दुःख पर्दा कोमलीने नारीको मन,’ यस्तै यस्तै प्रसँगहरूले पनि इन्द्रेणीर· दिएको छ कथानक चलचित्र झोलाको तलाउलाई।

जस्तो सुकै अवस्थामा पनि आफ्नै  ज्यान प्यारो भन्नेसँकेतलाई  पनि सुखद पक्षका रूपमा लिएमा बाहेक आमाले छोरालाई नुहाइदिदाको एक दृश्य र खुबाइदिदाको अर्को एक दृश्य मात्र खुसीको दृश्यका रूपमा मेरा आखाँमा पर्न सके। सायद अरु दर्शकका आँखामा पनि खुसीका क्षण भनेका यिनी मात्रै देखिए होलान्।

दुखान्त कथा त धेरै नेपालीका जीवनकै भोगाइहरू हुन्। किन दोहोर्‍याइ दिन्छन् फिल्मक्षेत्रमा पनि तिनैलाई ? यसरी प्रश्न गर्न पनि मन लाग्दछ। मृत्युको दुखान्त स्थिति छ तर नौमति बाजा घन्काइन्छ किन – भन्नेपनि दर्शकलाई लाग्न सक्दछ। यसलाई चितामा जल्न बाध्य भएकी नारीको चित्कार पर पर नसुनियोस् भनेर हो पनि भन्न सकिएला। तरपनि चलचित्र आखिर चलचित्रै हो, जो हरेक दर्शकलाई केही न केही छोएर सबैको हुने र सबैको मन छुने प्रयास गर्नुमा नै आफ्नो सफलता ठान्दछ। हेर्दैजादाँ अब त यहाँभन्दा बढी अप्ठयारोमा नपरे हुन्थ्यो भन्नेपनि लाग्दछ तर थप दुखान्त दृश्य देखा पर्छ। आजका दर्शकले नचाहेको सती जान बाध्य पारेर चितामा चढाइएको दृश्य हुनु नै यसको मुटु होला सायद।

निर्माणका दृष्टिले हेर्ने हो भने साँच्चिकै नेपाली कथामा आधारित र साँच्चिकै नेपाली शैलीमा छ। वलिउड र हलिउडको रङ्ग यसमा परेको आभास हुँदैन। विशेष पर्रदर्शनी भएर होला फिल्म निर्माताका व्यावसायिक विज्ञापन पनि हेर्नु परेन। आयोजक र्‍याण्डम रिर्र्डस सोसाइटी र मानव अधिकारका लागि एकल महिला समूहका केही गतिविधिहरू मात्र, त्यै पनि आरम्भमा एकै छिन् राखिएको रहेछ। यसमानेमा पनि निर्देशक यादव भट्टराई र निर्माता राज तिमल्सेना सफल छन्। सर्जक कृष्ण धरावासी जो कलाकारका रूपमा पनि अभिनय फाँटमा रहेका छन्, उनको सिर्जनक्षमतालाई सलाम नगरी कसरी बस्न सकिन्छ र फिल्म हेरेपछि। तर मनमा भने केही खुल्दुलीहरू चलिरहन्छन्।

हो, कथामा देखाइएजस्तै दानवीय कुप्रथाको अन्त्य चन्द्रशमशेरले गरेका हुन्। यो नेपालको वैधानिक एवम् साँस्कृतिक परम्पराको अध्ययनको एक आयाम हो तर वर्तमान त हैन नी। हो, यसैको जरामा रहेका केही अवगुणहरू अर्थात् कुसंस्कारहरू अझैपनि गाउँ वस्ती र शहरका महलहरूमा कतै कतै छन् तर सबैतिर त हैन नि। केहीका मनमा रुढीवादीताले जरा गाडीराखेको छ तर ती पनि क्रमशः कमजोर बन्दै गइरहेका छन् हैन र ? त्यसैले यो चलचित्रलाई वर्तमान समयको सामाजिक चलचित्र भन्नुभन्दा पनि ऐतिहासिक धार र भावमा आधारित सामाजिक चलचित्र भन्नु न्यायपूर्ण होला भन्ने मलाई लाग्दछ। चलचित्रमा वियोगान्त पक्षलाई मात्र केन्द्र विन्दु बनाइयो। यो समयको माग हो जस्तो पनि मलाई लाग्दैन। संयोगान्त र सुखान्त एवम् जीवनवादी सन्देश आजको सिर्जनाको आवश्यकता हो। त्यसो हुनु समयको मागको सम्वोधन हो।

‘चन्द्रशमशेर नभएको भए आजका एकल महिलाहरू पनि त्यही धारमा पर्न वा त्यही र त्यस्तै मारमा पर्ने थिए’ भनेर कोरा कल्पना गर्नु वा केवल भावनामा बग्नु पनि हुँदैन। झण्डै एकसय वर्षअघिको नेपाली समाजको चेतनाको स्तर र पीडालाई समकालीन नेपाली समाजमा उही रूपमा राख्नु वा देखाउनुलाई यो मनले सकारात्मक मान्नै सकेन। आखिर मन न हो। यसबाट आजका महिलाहरूमा केही गर्ने आँट भरिएला वा पुरुषवादी सोँचमा केही परिवर्तन ल्याउन यसले मद्दत गर्ला भनेर कसरी भन्ने – ज्यादै नवीन र उत्साहजनक तथा उल्लेख्य शिक्षाप्रद फिल्म भनेर यसलाई भन्न सकिँदैन। एकल महिलाको ऐतिहासिक पीडालाई मर्मस्पर्शी ढ·ले प्रस्तुत गर्न सफल चलचित्र चाहीँ भन्नै पर्छ।

सतीजान नमानी भाग्दै गरेकी नारीलाई ढुङ्गाले हानेर मार्नेसम्मको दृश्यलाई रुँदै हेरेर बस्न आजको नारी चेतनाले दिन्छ ? अहँ दिदैन। हो, यहीँनेर प्रतिकारमा उत्रेर ढुङ्गाले हानेर घायल अवस्थामा रहेकै बेलाकी अर्की सतिलाई बचाउँदै ढुङ्गाले हान्ने मलामीहरूलाई परास्त्र गरी गाउँवस्तीमा पुगेर नारी मुक्तिका लागि र समाजमा रहेका सत्रि्रथाका अवशेषहरू अन्त्यको लागि उनलाई नेतृत्वदायी भूमिकामा देखाउनु वास्तवमा समकालीन आवाज हुने थियो। त्यसैमा उनलाई कपडा दिने र खाना बनाएर पठाइदिने जोडीको सक्रिय सहयोगको दृश्य थपिदिएर यसलाई ऐतिहासिक कुप्रथाको जगमा अझै बाँकी रहेका समाजका कुरीतिहरूको अन्त्यका लागि महिला नै अघि सरेको र महिलाकै नेतृत्वमा परिवर्तन गरेको लेख्न र देखाउन सक्नु पर्दथ्यो। तर त्यसो गर्न सकिएको छैन वा चाहिएको छैन। उही पुरुषवादी मनोदशामा रहेर बहादुरीपूर्ण काम केवल पुरुषलेमात्र गर्न सक्दछन् भन्ने परम्परावादी मानसिकताकै वरपर रहेर लेखिएको छ र फिल्म पनि त्यही घेरामा सीमित रहेर बनाइएको लाग्दछ। समाजका विकृतिबाट भाग्ने हैन, जुध्ने हो। परिवर्तन चाहने पुरुष र महिलाले पनि समस्याहरूबाट जोगिन भगाउने हैन, सङ्र्घष्ामा उतार्ने हो र सकारात्मक परिवर्तनका लागि ऐक्यबद्धता जनाउने हो। समकालीन समयमा पीडा घाउहरू देखाउने वा कोटयाउने सीमिततामा रहेका सिर्जना वा कलाहरूको भीड छ। लड्यो पछारियो भनेर कोकोहोलो मच्याएर हैन लडेका उठेर जीवन दिने सन्देश वा उठाएर हिँडाउने सहारा वा बाटो आजको आवश्यकता हो।

आज पनि सतीप्रथाका अवशेषहरू बग्रेल्ती  छन् समाजमा। चरम अस्वस्थताका बीचमा वा अनिच्छाका बीचमा पनि हुने वा गरिने यौन सर्म्पर्कदेखि यो वा त्यो प्रभाव वा दबाबमा गरिने बलात्कारजन्य क्रियाहरू परिवारका सदस्यहरू मिलि एकल महिलामाथि शारीरिक  वा मानसिक असर पर्ने गरी  गरिने व्यवहारहरू कति छन् कति – यसप्रकारका प्रतिनिधिमूलक घटनाहरूलाई राखेर खबरदारी गर्ने उनको थप नेतृत्वदायी भूमिका भएको भए कति राम्रो हुने थियो होला।

एकल महिलाकै हातले ढुङ्गो उचालेर पतिको मृत्युपछिको बियोगान्त अवस्थामा अर्की महिलाका नाडीका चुरा कचाकच फुटाइदिने अब पनि – सेतै बस्त्रधारण गरेर एक-एक वर्षसम्म निरिह र दयाको पात्ररूपी मानवको रूपमा राखी रहने अब पनि ? छोइछिटो र सगुन अपसगुनका कथित जालहरू समाजमा फिँजाइरहने अब पनि ? अंश र वंशको सवालमा दोस्रो दर्जाको मानिसका रूपमा राखि रहने अब पनि ? यसप्रकारका अनगिन्ति सवालहरू छन् एकल महिलाको मुक्तिको सवालमा सम्वोधित हुनुपर्ने र सबैले मनन गर्नुपर्ने सवालहरू।

अबको  लेखन र प्रस्तुतिमा समाजमा आर्थिक क्रान्ति र सांस्कृतिक परिवर्तन नै केन्द्र विन्दुमा हुनु पर्दछ। एकादेशको कथा हालेर वा मृत्यु संस्कारमा गरुड पुराण उचालेर वा कल्पनाको संसारमा रमाउन लगाउने मिथकहरू फलाकेर समाजको परिवर्तन हुँदैन। विगतका घाउहरूलाई देखाउ तर वर्तमानमा घाउ लाग्नबाट बचाउ र भविष्यका लागि नवसिर्जना गर्दै ढुक्क भएर बाँच्ने आधारभूमि निर्माणमा कलम चलाउ। कलाकारका अभिनयहरू पनि सकभर यही दिशामा चलून्। नवीन चेतनाको ज्वालामा सबैखाले कुरीति कुसंस्कृति अन्याय र अत्याचार जलून्। झोला नयाँ झोला बनेर आवस्। झोलाले सुखद सुदुर युगको सन्देश ल्यावस्। यस दिशामा थोरै भएपनि देखिएको साङ्केतिक सुकर्मका लागि लेखक कृष्ण धारावासी, कलाकारहरू, निर्माता राज तिमिल्सेना र निर्देशक यादवकुमार भट्टराईसहित सम्वद्ध सबैको सम्झनाकासाथ अब आउने झोला युगको आवाज बनेर द्रष्टात्मक क्षमताका साथ रातो र तातो बनेर आवस्। बस यही चाहना सबैसँग र सम्बद्ध सबैलाई यही शुभकामना पनि।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग