जातीय पार्टीवरुद्ध नयाँ अभियान

आदर्श समाज सम्वाददाता
जेठ १९, २०७०

यतिखेर राजनीतिक दलहरू बन्ने र भत्कने क्रममा छन्। पार्टीपार्टीस्ता छैनन्। पार्टीपार्टीपौवाजस्ता भएका छन्। पार्टीपौवामा राति बस्न आउनेहरू आ-आफ्ना चुलो चौको बनाएर बस्न स्वतन्त्र छन्। आ-आफ्नै तौरतरिका हुन्छ पार्टीपौवामा। ठीक यस्तै छन् नेपालका राजनीतिक दलहरू। यतिखेर ठूला पार्टीका रूपमा देखा परेका एनेकपा माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमालेभित्र तीव्र धु्रवीकरण छ। विशेष गरेर नेपाली काङ्ग्रेस र नेकपा एमालेभित्र मतभेद देखा परेको छ। नेकपा एमालेमा त पार्टीछाड्ने क्रम चलिरहेको छ।

सुरुमा नेकपा एमालेका उपाध्यक्ष अशोक राईले एमाले चरम जातीय पार्टीभयो भनेर छोडे। त्यसपछि मधेसका रामचन्द्र झासहित केही पूर्व सभासद्ले पार्टीछोडे। पछिल्लो क्रममा एमालेका बौद्धिक व्यक्तित्वको रूपमा स्थापित उर्मिला अर्याल समेतले पार्टीपरित्याग गरेकी छन्। नेकपा एमाले परित्याग गर्ने तीन पात्रले फरक-फरक समुदायको प्रतिनिधित्व गर्छन्। अशोक राईको पार्टीपरित्यागले नेकपा एमालेमा आदिवासी जनजातिहरूलाई हेर्न दृष्टिकोण गलत छ भन्ने पुष्टि गर्छ। रामचन्द्र झाको पार्टीपरित्यागले एमाले मधेसी समुदायप्रति सकारात्मक छैन भन्ने देखिन्छ। यसैगरी नेकपा एमाले पोलिट्ब्यूरो सदस्य उर्मिला अर्यालले पार्टीपरित्याग गर्नुले तमाम महिलाप्रति नेकपा एमाले न्याय गर्दैन भन्ने प्रष्ट हुन्छ।

हुन त ती नेतहरूको पार्टीपरित्यागलाई नेकपा एमालेले पहेंलो पात झरेको भन्छ। तर वास्तविक तथ्य नेकपा एमालेले आदिवासी जनजाति, मधेसी र महिला समुदायलाई सम्बोधन गर्न नसकेको हो। नेपाली काङ्ग्रेसले कुमार राई, चैतन्य सुब्बालगायतको अभिमतलाई समेट्न सकेन र उनीहरू पनि बाहिरिए। नेपाली काङ्ग्रेस, नेकपा एमाले र एनेकपा माओवादी छाडेर सङ्घीय समाजवादी पार्टीनिर्माणमा देशको एउटा ठूलो समुदाय समाहित भएको छ। यसरी नयाँ पार्टीनिर्माण हुन किन बाध्य भयो कि मधेसी, आदिवासी, जनजाति, महिला उत्पीडित वर्ग दलमा अटाएनन्। यसबारे अझैसम्म कुनै पनि राजनीतिक दलले समीक्षा गरेका छैनन्। राजनीतिक दलहरूले वञ्चित समुदायहरूलाई पार्टीका निकायमा समावेश नगर्दा पार्टीभत्र व्रि्रोह, असन्तुष्टि, विखण्डन भएको छ।

यतिखेर कुनै पनि दलभित्र आदिवासी जनजाति, मधेसी समुदाय महिलाले विभेद भएको महसुस गर्न परेको छ। सबै राज्यका निकाय, राजनीतिक दल सङ्घसंस्था, निजामती निकायहरूमा उनीहरू पाखा परेका छन्। कुनै व्यक्ति पछाडि पर्नुको कारण ऊसँग क्षमता वा भाग्य नहुनु वा ऊ व्यक्तिगत रूपमा ठगिनु होइन। असली कारण के हो भने शासन संस्कृति नभएका कारण ठगिएका हुन्। वञ्चित समुदायले उठाएको मुद्दा समावेशी हो।

नेपालको सर्न्दर्भमा सबै जातजाति, लि·, भाषाभाषी, धर्मसंस्कृति तथा जातीय समानुपातिक प्रतिनिधित्वको आधारमा शक्ति र अधिकारको साझेदारी गर्नु नै समावेशी हो। देश बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक हो भन्नेमा कसैको विमति छैन। तर त्यै देशको मुख्य शासक र राजनीतिक दल देशको विविधता अनुरूप छैन।

हाम्रो देशमा व्यापक सामाजिक, आर्थिक र राजनीतिक असमानता र विभेद छ। विगतमा यो मुद्दा तत्कालीन माओवादीले उठायो, यसैको आधारमा जनयुद्ध, जनआन्दोलन भयो। जनयुद्धले राज्यसत्तामा पकड जमाएर बसेको वर्ग र तप्काललाई जरैदेखि हल्लायो। जनता आफ्ना अधिकारका लागि उठे। फलतः राजतन्त्र अन्त्य भयो।

गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता उपलब्धिको रूपमा आयो। यसलाई संस्थागत गर्न संविधानसभाको निर्वाचन भयो। संविधानसभाले विविधता र बहुलतालाई आत्मसाथ गर्न सक्छ कि भने आश थियो। तर पहिचानलाई जातसँग जोडेर भ्रम सृजना गरेर व्यापक प्रचार गरियो। प्रदेशको नाम जातीय हुने कि नहुने भन्ने देखावटी निहूँमा संविधानसभा विघटना भयो। राजनीतिक दलका नेता, सभासद् र सभामुख चुपचाप संविधानसभाको मलामी बने। प्रदेशहरू बहुजातीय र बहुभाषिक नै हुन्छन्। यसमा कसैको विवाद छैन। राजनीतिक दलहरूले यसलाई भ्रम सृजना गरेका छन्।

संविधानसभा विघटनपछि नेपालको राजनीतिमा उठाएको सङ्घीय समाजवादी पार्टीनेपालको मूल लक्ष्य जातीय सद्भाव हो। विचार गर्नुपर्ने मुख्य कुरा के हो भने वर्तमान राज्य सत्ता एकल जातीय छ यहाँको राज्यका सम्पूर्ण निकायमा एउटा धर्म, एउटा संस्कृति, एउटा भाषा र एकल समूहको उपस्थितिको हालीमुहाली छ। यसलाई जातीय राज्यले अर्काे सम्प्रदायिकता निम्त्याउँछ। तसर्थ वर्तमान राजनीतिक सड्ढटको समाधान गर्न विकल्पको रूपमा नयाँ पार्टीो जन्म भएको हो। पुराना राजनीतिक दलहरूले विगत सत्ताइस वर्षमा के के गरे यसबारे गम्भीर विवेचना गर्नुपर्छ।

हिजो पञ्चायती व्यवस्था रहँदा सबै राजनीतिक दलहरूले पञ्चायती व्यवस्थाले विकास गर्न दिएन भनेर गाली गर्थे। दरबारलाई दोष थोपरिन्थ्यो। दरबारले अकुत सम्पत्ति खाएकै हो। तर जब पञ्चायती व्यवस्था र दरबार अर्थात राजतन्त्रको पतन भयो जनताको जीवनस्तर फेरिएन। जनता दिन परदिन गरिब हुँदै गए। देशको मुख्य श्रम शक्ति युवाहरू दिन परदिन विदेश भासिएका छन्। स्वदेशमा राजगारीको कुनै व्यवस्था छैन। स्वाधिनता र राष्ट्रियता दिनपरदिन ह्रास भइरहेछ। विदेशको ठाडो हस्तक्षेप छ।

नेपालको राजनीतिमा भारतीय हस्तक्षेप यति ना·ो छ कि प्रधानमन्त्रीदेखि सचिव नियुक्त गर्दा भारतको आज्ञा आदेश पालन गर्नुपर्दछ। यता आएर यी पुराना राजनीतिक दलहरूले संविधान पनि दिन सकेनन्। राजनीति गरेर सरकार चलाउन नसकेर प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन बाध्य भए। यसरी हेर्दा पुराना राजनीतिक दलहरू पूरा फेल भएका छन्। पटक-पटक फेल भएका नेपाली काङ्ग्रस, नेकपा एमाले र एनेकपा माओवादीबाट न नयाँ संविधानको आश गर्न सकिन्छ न जातीय सद्भाव राख्न सक्छन् न उत्पीडित वर्ग र समुदायको लागि यिनले केही गर्छन्।

हाम्रो समाजमा पुराना राजनीतिक दलहरू मिति सिद्धिएको औषधिजस्ता बनेका छन्। यिनको विकल्पमा जातीय, सद्भाव कायम गर्न सङ्घीय समाजवादी पार्टीगठन भएको हो। यस दललाई जातीय पार्टीभन्नेहरूले एकचोटी आ-आफ्नो दलको सबै कमिटी हेरे हुन्छ, जुन दलको वडा कमिटीदेखि केन्द्रीय कमिटीमा एकल भाषा बोल्ने, एकल संस्कृति र एकल समूहको उपस्थिति छ अथवा हालीमुहाली छ। यी जातीय पार्टीहुन् कि होइनन् विचार गर्नुहोस्।

अबको युग भनेको जातीय सद्भावको युग हो। यसलाई हामी सबैले मनन् गरेर कुन जातीय पार्टीहो, कुन जातीय पार्टीहोइन छुट्टयाउन सक्नुपर्छ। हावामा कुनै जातीय पार्टीभनेर आक्षेप लगाउँदैमा त्यसैको पछिपछि लाग्नु भनेको आफ्नो विवेक हराउनु हो। त्यसैले विवेक हराएको मान्छे नबन्नुहोस्।

(लेखक सङ्घीय समाजवादी पार्टीनेपालका केन्द्रीय सदस्य हुन्।सं.)

Related News

सम्बन्धित समाचार

hero news full width