घडी एक प्रस· अनेक

आदर्श समाज सम्वाददाता
श्रावण २७, २०७०

कान्छो छोराले आज बिहानै ‘गुड मर्निङ ड्याड’ भन्यो। म आफूले ‘शुभ प्रभात’ भनेर अभिवादन गर्ने भएकाले कान्छो छोराले त्यही पदावली प्रयोग गरिदिएको भए पनि खुसी नै हुने थिएँ। अझ म त ज्यादै पुरातनपन्थी मानिस भएकाले उसले ‘साष्टा’ दण्डवत् प्रणामझ् गरिदिएको भए दिल खोलेरै आशीर्वाद दिने थिएँ- ‘शतं जीव’। मैले पनि शिष्टाचार पूर्वक नै भनें- आजदेखि नयाँ परम्पराको थालनी गरेछौ, खुसी लाग्यो, यस सद्बुद्धि आउनुको पछाडि केही रहस्य पनि छ कि –

आफूले प्रयोग गरेको भाषा बावुको अनुकूल नभएको ठानेर होला, ऊ थोरै लोसायो र भन्यो- बुवा झ् आज त मेरो र्ँबर्थ डे’ हो नि। भरे ‘मैनबत्ती’ बालेर निभाउनु पर्‍यो अनि ‘केक काट्नु पर्‍यो। म चौबीस वर्ष लागेकाले दुर्इ दर्जन मैनबत्ती ल्याउनु पर्‍यो। मैनबत्ती त बजारमा जताततै पाइन्छ। ‘केक’ त र्ँअर्डर नै गर्नुपर्छ होला। बुवा मैले त ममीलाई सम्झाउनै सकिनँ। उहाँ त के भन्नुहुन्छ भने म देवी देवताको दर्शन गर्न मन्दिरमा जाने रे, अनि उनीहरूसँग आशीर्वाद मागेर आउने रे त्यति बेलासम्ममा ममीले चौबीस जोर बत्ती बालेर मेरो सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने रे कति ढोंगी कुरा। मलाई त यस्ता ‘डेट एक्स्पायर’ भएका कुरा सुनेपछि उठ्नु रिस उठ्छ। ममीलाई समयानुकूल चल्न कसरी सकिन्छ हँ, ड्याड।

परम्परावादी स्वास्नी र आधुनिक छोरामध्ये कसलाई के भनेर सम्झाउFm म। म यसै द्विविधामा अलमलिरहेको बेलामा छोराकी आमा हक्कानिँदै आइन् र भनिन्- घरमा यत्रो काम छ- छोराको जन्मोत्सव। बावुलाई भने निम्ता मान्न जानु पर्ने रे। छोराको जन्मोत्सव ठूलो कि ? साधारण निम्तामा जानु ठूलो ? दृष्टिकोण आ-आफ्नै हुने भएकाले मैले भनें- मान्छेले परिस्थिति हेरेर हाल र गाल र्टार्नुपर्छ, तिमी आफ्नो काममा लाग। म पनि निम्ताको मर्यादा राखेर यथासम्भव चाँडै र्फकन्छु। आजको कार्यक्रम भनिएकै समयमा प्रारम्भ हुने र समापन पनि यथासमयमा नै होला कि भन्ने ठानेको छु, किनभने आजको कार्यक्रम समयको महत्त्व बुझाउने घडीको बारेमा छ- घण्टाघरको उद्घाटन।

मेरो आफ्नो पेशा घडीको इमानदार नोकर हुने हो, मास्टरको पेशा। टङ्ङ घण्टी बज्छ र म कक्षामा पस्छु अनि घण्टी बज्नासाथ कक्षा बाहिर निस्कन्छु। यसर्थ, घण्टाघरको उद्घाटन आयोजकको भन्दा पनि मेरो भएकाले म हतार हतार दौडिन थालें। मलाई आफ्नो घडीमा कम विश्वास छ, किनभने मान्छे पिच्छे घडी र घडीपिच्छे समय भइरहन्छ। तैपनि म निर्धारित समयमा फरक नपारी कार्यक्रम स्थलमा पुगें, मेरो लागि यही गनिमत भयो यसै समयमा उद्घोषकले कार्यक्रम सुरु गर्दै भने-

प्रमुख अतिथिज्यू अतिथिज्यूहरू इत्यादि। यसरी उनले ज्यूहरूको लामो सूची बोले। मलाई भने यहाँ पनि आफ्नो छुच्याइँले छोडेन। धेरै समय अगाडि देखि नै समय निर्धारण गरेर आफूले बोलाएको मान्छेलाई उनले ‘आमन्त्रित’ भनेको भए पनि हुने थियो। ‘निमन्त्रित’ शब्द बोलेको भए पनि हुने नै थियो। अथवा चोखो नेपाली भाषामा ‘पाहुनाहरू’ भनेको भने पनि हुने थियो भन्ने लाग्यो र मनमनै टिठ्याएँ विचरा झ् यिनलाई मात्र के दोष, यिनलाई त यस्तै यस्तै पाठ पढाइएको छ। जस्तो गुरुकुलमा शिक्षा लिएको छ, उस्तै हुन्छ उत्पादित जनशक्ति पनि। यी उद्घोषकन्दा पनि सहानुभूतिका पात्र छन् उनका गुरुहरू विचरा झ् जसलाई शब्दार्थको बोध नै छैन।

उद्घोषकले ‘आसन ग्रहण’ को कार्यक्रम भनेर क्रमभ· गर्दै क्रम विक्रम केही विचारै नगरी ‘उठबस’ गराउन थाले। अतिथि भनिएका व्यक्तिहरू उद्घोषकका आदेश अनुसार उठ्तै बस्तै गर्न थाले। मलाई आफ्नो पेशाले यस दृश्यलाई निकै गहिराइका साथ हेर्न सघाउ गर्‍यो। मैले पनि कक्षामा विद्यार्थीलाई यथावसर उठबस गराउँथें। फरक के थियो भने मेरो ‘उठबस’ को कार्यक्रम सुधारका लागि दण्डस्वरूपको हुन्थ्यो भने यो ‘उठबस’ सम्मानका खातिर थियो। एउटै ‘उठबस’ ले दण्ड र सम्मान देखाउँदा मलाई भाषाको वैचित्र्य रूप देखेर उठ्नु हाँसो उठ्यो र मेरो मनले भन्यो यस्ता अनेकौं शब्दहरू हुन् जसले पिरीतार्थक अर्थ दिन्छन्। जस्तो कि ‘प्राज्ञ’ शब्दको ज्यादै विद्वान् भन्ने अर्थ पनि लाग्छ र यस शब्दले महामूर्ख भन्ने अर्थ पनि दिन्छ।

वक्ताले बोल्ने क्रम सुरु भयो। वक्ताहरूले आफूलाई तोकेको समयको ख्यालै नगरी आफ्ना कुरा भन्न थाले। मलाई लाग्यो माइकमा त्यस्तो के मोहनी छ कुन्नि – हातमा परेपछि छुट्टनिै नमान्ने। सभामा बोल्ने सबैको भनाइको एउटै सार थियो। समय बलवान् छ। समयअनुसार काम गर्नु पर्छ। तसर्थ, घडी नै त्यस्तो गुरु हो, जसको आज्ञा अनुल्लङ्घनीय हुन्छ। जसले समयको महत्त्व बुझदैन, त्यसले ठूलो धोका पाउँछ इत्यादि। समयको महत्त्व गाउँदा गाउँदै तोकिएको समय अनावश्यक बितेकामा असहृय भएर होला सभाबाट उठेर एक जना भद्रभलादमीले उद्घोषकलाई चिमोट्न पुगे। अनि उद्घोषकले सम्हालिँदै भने- समय धेरै गइसकेको छ, म अब सभासद्को ध्यान मुख्य कार्यक्रमतिर तान्छु।

उद्घोषकको आज्ञाअनुसार घडी राख्नाका लागि बनाइएको घर घण्टाघरको उद्घाटनका लागि सबै सभासद् लागे। म पनि लुरुलुरु ठूलाबडाहरूको पछाडि लागें र घडीघरको प्रदक्षिणा गरें। घडीघरको बीचभन्दा थोरै माथितिर समयसूचक र्सुइहरू घुमेका थिए। त्यतिबेला मलाई कुन कुरामा खुसी लाग्यो भने त्यहाँ मैले बारम्बार भन्ने गरेको कुराले सार्थकता लिएको थियो, किनभने त्यस घडीका पूर्वतिर १०:१५, पश्चिमपट्ट ि१०:३०, उत्तरपट्ट ि१०:४५ र दक्षिणतिर ११:०० बजेको थियो। अनि मैले फेरि भनें- मान्छेपिच्छेको घडी र घडीपिच्छेको समय भनेकै यही हो। अब मलाई के फसाद पर्‍यो भने मानक समय कुन हो – कसरी छुट्याउने हँ –

घडीको र्सुइको घुमाइ देखेपछि मेरो मुखबाट गीत्यात्मक शैलीमा फ्यास्स एउटा वाक्य निस्कियो- ‘संसार विचित्र’। अनायास नै निस्किएको भए तापनि समयान्तरमा सो पदावलीले सार्थकता बोकेझै लाग्यो, किनभने शिलापत्र पनि घण्टाघरकै कुनै भागमा लेखिनु पर्ने थियो, तर त्यहाँ त्यसो गरिएको थिएन यो काम पनि विचित्रकै भयो। अर्काेतर्फ देवनागरी लिपिमा लेखिएको शिलापत्रमा क्लकटावर लेखिएको थियो, तर निकै चलनचल्तीको र बुझिने खालको ‘घण्टाघर शब्द लेखिएको थिएन यो झन् विचित्रकै काम भयो। हिजोआज त ‘क्लक टावर’ को गरिमाका तुलनामा ‘घण्टाघर’ शब्दको मोल धेरै नै सानो हुन्छ भन्ने मानसिकता बोकिएको छ। किनभने ‘क्लक टावर’ अङ्ग्रेजी भाषाको शब्द हो, जुन भाषालाई विश्वभाषा भनिन्छ। घण्टाघर शब्द अर्धसंस्कृत शब्द हो। अबुझहरू संस्कृत भाषालाई अर्धमृत भाषा भन्दछन्। अब तपाइँ नै भन्नुहोस् जिउँदाको र मरिसकेको भनिएकाको एउटै मूल्य हुन्छ र ? त्यसैले ‘क्लब टावर’ लेखियो, घण्टाघर भनिएन। ‘घडीघर’ त झन् नेपाली शब्द पर्‍यो आजको अन्तर्राष्ट्रिय युगमा नेपाली जस्तो निम्सरो र हेपिएको पाखे शब्द लेख्ने कुरा नै आएन। अङ्ग्रेजी भाषाको भाषिक साम्राज्यमा बिचरो नेपाली शब्द त कहाँ हराउँछ, हराउँछ। विदेशी स्याउको तुलनामा स्वदेशी नासपातीको के भाउ हुन्छ र ? जेहोस् त्यस पदावलीलाई रोमन लिपिमै अङ्ग्रेजी भाषामा ऋयिअप त्यधभच लेखिएको भए पनि हुने थियो, त्यहाँ त्यसो पनि गरिएन। यसरी विचित्रताको शृङ्खला निकै लामो भयो। कुरा जेसुकै होस् दुर्इ भाषामा र दुर्इ लिपिमा लेखिएको यस घण्टाघरले साड्ढेतिक रूपमा जोड दिएर भनेको छ- घडी भनेको निरन्तरताको प्रतिबिम्ब हो, एकरूपताको सड्ढेत हो। यो चाहिँ साँचो कुरो हो।

आज बिहानैदेखि मेरो समय ‘गुड मर्निङ’ र शुभप्रभात र्ँबर्थ-डे’ र ‘जन्मदिवस’ अनि ऋयिअप तयधभच र ‘घण्टाघर’ को बीचको दूरीको चिरफारमा बित्यो। हिजोआज धेरै समय भइसकेको छ। यसरी मेरो समयको अपव्यय भइरहेको छ।

अब त घण्टाघर बनिसकेको छ, के अब यस घण्टाघरले टिकटिक गर्दै आफू ठीक ठीकसँग घुमेर मलाई पनि ठेगान लगाउला, अथवा ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ होला। यो पनि मेरा लागि प्रतीक्षाकै विषय भएको छ।

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width