क्षत्री आन्दोलनको काँधमा अखण्ड सवार

आदर्श समाज सम्वाददाता
पौष ६, २०७०

नेपालीमा एउटा बहुचर्चित र त्यत्तिकै रोचक उखान टुक्का सबै नेपालीको जन ज्रि्रोमा  पाइन्छ त्यो हो “बाघको छालामा स्यालको रजाईँ। आज ठीक त्यस्तै भएको छ क्षत्री आन्दोलनमाथि अखण्ड नेपाल नामक राजनीतिक पार्टीको गतिविधि। यद्यपी अखण्ड नेपालको केन्द्रदेखि जिल्ला तहसम्म क्षत्री आन्दोलन कै उपजहरु पाइन्छन्। त्यो एउटा सकारात्मक पाटोलाई छाडेर बाँकी पक्ष अत्यन्तै नकारात्मक रहे। केही क्षत्री अग्रजहरुले क्षत्री जातिलाई सामाजिक एवं सांस्कृतिक रुपले एकै ठाँउमा ल्याउने सत प्रयास गरे। यसको लागि संस्थापक र उहाँहरुलाई प्रेरणा दिने सबैलाई धन्यवाद दिनै पर्छ।

विभिन्न परिवेश र परिस्थितिमा आ-आफ्नै जिल्ला र क्षेत्रमा संगठित भएका क्षत्री समाजहरुलाई एकीकरण गर्दै  एउटै थलोमा उभ्याउने कार्यमा अद्यावधि कार्यरत अग्रजहरुप्रति पनि कृतकृत हुनै पर्छ। मुलुकको राजनीतिक परिवर्तन सँगै राज्य सत्ताले खस क्षत्री जाति समूहप्रति विद्धैष र घृणा फैलाउने गरी षड्यन्त्र गर्न थाले। तत् पश्चात क्षत्री समाज नेपाल जुन खस क्षत्रीको साझा संस्थाको रुपमा क्रियाशील समाज विस्तारै राजनीतिक स्वरुपका अर्थात् राजनीतिक प्रकृतिका मुद्दाहरुलाई मुखरित गर्न थाल्यो। राज्यबाट नेपालको सबै भन्दा ठूलो जनसंख्याको हिस्सा ओगटेको जातिले आफूलाई पाखा लगाउँदै गरेको चाल पाएपछि आक्रोशित भएका क्षत्रीहरु मेचीदेखि महाकालीसम्म समाजको संगठन विस्तारमा लागे। परिणाम स्वरुप खस क्षत्रीहरुको साझा संस्था क्षत्री समाज नेपाल दिन एक गुणा रात दुर्इ गुणा गर्दै संगठन झया·दिै गयो। देश व्यापीरुपमा आफ्ना जाति समूहमाथि राज्यबाट गरिएको विभेदका विरुद्ध चोटिलो भएर प्रस्तुत भयो। उक्त क्षत्री समाजको  आन्दोलनलाई अरु कसिलो चुस्तदुरुस्त बनाउन धेरै दानवीरहरुले महायज्ञ मार्फत उल्लेख्य मात्रामा आर्थिक सहयोग गरेको तथ्य त सार्वजनिक भएकै हो।

कुनै पनि संगठन वा समाजलाई सशक्त बनाई राख्न अर्थको भूमिका पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ। सायद २०६६ सालतिर हुनु पर्दछ क्षत्री समाजलाई आर्थिक रुपले पनि सवल र सक्षम बनाउन पोखरामा गरिएको महायज्ञबाट करोडौ रकम संकलन भएको खबर र्सवत्र चर्चाको विषय बन्यो। तर महायज्ञपछि समाजमा मानिसहरु आउने र बाहिरिने क्रम पनि शुरु भयो। जस कारण क्षत्री समाजभित्र व्यापक रुपमा विरोधाभाषपूर्ण आवाजहरु बाहिर आउन थाले। त्यस्ता प्रकृतिका विवादले पैसा देखेपछि महादेवका तीन नेत्र भने जस्तै पनि भयो होला र आर्थिक मामिलामा दोषादोषको स्थिति पैदा भयो र समाजबाट एक अर्कालाई निस्काशनका हल्लाहरु पनि सुनिन थाले। तथापि क्षत्री समाज नेपाल सम्पूर्ण खस क्षत्रीहरुको साझा धरोहरका रुपमा २०६९ साल जेठ १४ गतेसम्म पेचिलो भएर उपस्थिति रहिरह्यो। जब एमाओवादीका नेता डा. बाबुराम भट्टराईको नेतृत्वको सरकारले संविधानसभा विघटन गरी दोस्रो संविधानसभाको निर्वाचन घोषणा गर्‍यो। त्यसपछि अघिल्लो संविधानसभाबाट समानुपातिक तर्फबाट कुनै हैसियत नै नभएका दलले पनि संविधान सभाको सदस्य बन्ने मौका पाएका देखेका केही क्षत्री अगुवाहरुले मौकाका चौका हान्न किन छाड्दथे र क्षत्री समाजले उठाएका मुद्दालाई छोपेर क्षत्री जातिकै पार्टीहो कि झैं गरी अखण्ड नेपाल पार्टीदर्ता गरी हाले।  साथै अखण्ड नेपालको अध्यक्ष लगायत थुप्रै पदाधिकारी एवं सदस्यहरुमा क्षत्री समाज नेपालकै सुपरिचित अनुहारहरु देखिन थाले। यद्यपी राजनीतिक वाना मिलाउन फाट्टफुट्ट ब्राह्मण, ठकुरी, दलित, मधेशि तथा गुरुङसम्मलाई अखण्ड नेपाल पार्टीका पदाधिकारी बनाउन सफल देखिए। तर पार्टीखोलेर गइसकेपछि समाजको जिम्मेवारी छाड्न चाहेनन् र क्षत्री समाज नेपाल र अखण्ड नेपालको पूर्ववत अवस्था रहने कुरै भएन। किनकी क्षत्री समाजमा सबै खाले राजनीतिक चिन्तन र विश्वास बोकेका क्षत्री शुभचिन्तक जो कोही पनि अट्न सक्ने भए भने अखण्ड नेपाल नामक पार्टीका अट्न सक्ने कुरै भएन। त्यसैले पनि संविधानसभाको निर्वाचनमा लज्जाजनक परिणाम भोग्न बाध्य हुनु पर्‍यो। तथापि अखण्ड नेपालका नेताहरुको डिजाइनमा क्षत्री समाज नेपालको अधिवेशन यही पौष ६ गते बन्द  कोठामा विना तामझाम सम्पन्न गरिदै छ भन्ने सुन्नमा आएको छ। यो पंक्तिकार पनि क्षत्री समाज नेपालको केन्द्रीय कार्यसमितिको सचिब एवं सचिवालय सदस्यलाई समेत जानकारी नदिई गरिने क्षत्री  समाज नेपालको नेतृत्व परिवर्तन गर्न अधिवेशनको उद्देश्य के होला – निसन्देह क्षत्री समाज नेपाललाई अखण्ड नेपाल पार्टीका विलय गराई क्षत्री आन्दोलनलाई विसर्जनको बाटोमा लगिँदैछ किन नभन्ने – यसरी धेरै खस क्षत्रीहरुको सानो ठूलो योगदानले निर्माण गरेको र मुलुककै ठूला  राजनीतिक शक्तिलाई दवाव सृजना गरेर क्षत्री समाजका एजेण्डालाई अब निर्माण हुने संविधानमा लिपीबद्ध गराउन सक्ने क्षमतालाई कपटपूर्ण तरिकाले समाप्त पारिँदै छ भन्नु अन्यथा नहुन सक्छ। तसर्थ क्षत्री समाज नेपालका केन्द्रीय अध्यक्षले यस विषयमा गम्भीर ध्यान पुर्‍याउनु पर्दछ भन्ने लाग्दछ।

यदि पौष ६ गते गर्ने भनिएको क्षत्री समाज नेपालको अधिवेशन रोकिएन र अखण्ड नेपालकै डिजाइन (षड्यन्त्र)मा छाडियो भने अहिले सम्मकै उपलब्धीहरु गुम्ने खतरा टड्कारो रुपमै देखिन्छ।

अखण्ड नेपालका कारण जानी नजानी क्षत्री समाजका अवधारणहरुमा कुठाराघात हुने काम भएको छ। त्यसको ज्वलन्त उदाहरण कास्की जिल्लाको निर्वाचन क्षेत्र नं. २ र ३ मा समाजकै केन्द्रीय सल्लाहकार उम्मेदवार हुदाँहुदै उनीहरुको विरुद्ध उमेदवार दिएर क्षत्री आन्दोलनका अग्रजहरुको विजय यात्रामा पूर्ण विराम लगाउने काम भयो। यस्ता घटना देशव्यापी रुपमा भएका छन्। सबैलाई थाहा भएकै थियो र हो पनि क्षत्री समाजमा आवद्ध धेरै सदस्यहरु एमाओवादी इतर नै थिए र भएका पनि समाज छोडेर आफ्नै पार्टीका लागेको प्रमाण यही कास्कीमा जगजाहेर नै होला। तर काङ्ग्रेस, एमाले, एमाओवादी भन्दा कम खतरनाक थिए भन्ने जान्दा जान्दै काङ्ग्रेस एमालेलाई हराएर एमाओवादीलाई एकल जातीय पहिचानको पक्षलाई जिताउने वातावरणमा सहयोगी भूमिका देखियो। किन भने क्षत्री समाजका धेरै मानिस काङ्ग्रेस एमाले कै थिए। त्यसको लेखा जोखा एमाओवादी गरे कै थियो होला र क्षत्री समाज नेपालका महत्वाकांक्षी नेताहरुलाई उक्साएर पार्टीखोल्ने काममा अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याएकै हुनपर्छ। यो विषयमा समाजभित्र विशेष समिति बनाएर छानविन  हुनु जरुरी छ। नत्र पार्टीका गएकाहरुले समाजको अधिवेशन हतार-हतार गर्नु को अर्थ के हुन्छ ? आफ्ना करतुतलाई ढाकछोप कै लागि अनुकुल नेतृत्व छनौट गर्न गुपचुप लग्नुपर्ने अर्को कारण छैन। साथै योजनावद्ध ढ·ले अखण्ड पार्टीको संगठन गर्न क्षत्री समाजको कोष खर्च गरिएको पनि सुनिँदै छ। अब त्यसको पनि छानविन हुनै पर्दछ। प्रमाण यथेष्ट छन्, समाज गठन गर्ने बहानामा अखण्डमा गएकाहरुले मात्र पेश्की लिएको खबर पनि प्राप्त भएका छन। त्यसकारण पनि अखण्ड नेपालको डिजाइनमा गरिने अधिवेशन सम्वद्ध पक्षबाट रोकिएन भने क्षत्री आन्दोलनको काँधमा अखण्ड नेपाल सदा सवार भै रहने छ। क्षत्री समाजका जिम्मेवार सदस्य तथा शुभचिन्तकहरु यस विषयमा गम्भीर भै क्षत्री आन्दोलनलाई जीवन्त राख्न यथेष्ट ध्यान जाने छ भन्ने विश्वास गरिएको छ। अन्यथा बाघको छालामा स्यालको दार्ँइ नहोला भन्न सकिँदैन अर्थात् क्षत्री समाजको छातिमा अखण्ड नेपालले बर्कुसी मार्ने छन्। यस्तो स्थिति नआओस् भन्नाका खातिर सयममा नै सजग रहन आवश्यक देखिन्छ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post