के हो ? बोल बम्

आदर्श समाज सम्वाददाता
श्रावण ३१, २०७०

बोल बम् शब्द नेपाली भाषा होइन, हिन्दी भाषा हो। बोल भनेको ‘भन’ हो र वम भनेको ओम ‘फ्’ हो। व लाई भारतीयहरूले ब पनि भन्ने गर्छन्।बोल बम् भनेको नेपालीमा ‘ओम (फ्) भन’ भनेको हो, अर्थात फ्को जप गर भनेको हो।तर यहां अर्थ नै नबुझी बोल बम् बोल बम् भन्दै चिच्याई हिँड्ने गर्छन्।

भगवान शिवद्वारा प्रतिपादित तन्त्रसुत्रमा फ् मन्त्र साधनाको विधि उल्लेख छ र त्यही विधिलाई सम्बुद्ध ओशोले आजको मनुष्यलाई उपयुक्त हुने गरि नयाँ ध्यान विधि बनाउनुभएको छ जसलाई नादब्रम्ह ध्यान भनिन्छ।

नादब्रम्ह ध्यान प्रयोगको विधि यस प्रकार छ –

बिहान सवेरै सूयोर्दय अगाडि दिसा, पिसाव गरि नुहाएर या सांझ सूर्यास्त पछि ध्यान केन्द्रमा, ध्यान मन्दिरमा या आफ्नै घरको सफा शुद्ध एउटा कोठामा चकटी विछ्याएर सुखाशनमा बस्नुस।यो ध्यान प्रयोगकै लागि बनाइएको स·ीतको सीडी पनि पाइन्छ, यो बजाएर प्रयोग गर्दा अझ असरदार हुन्छ।

पहिलो चरण-३० मिनेट फ् उच्चारण जोड जोडले गर्न सुरु गर्नुस्। आफूले गरेको फ् को उच्चारण आफै सुन्दै गर्नुस् तर ओ पछिको म् लाई जति सकिन्छ लामोसम्म तान्नुस् – ओम् म् म् म् म् म् म्।यो क्रम आधा घण्टासम्म गर्दै गर्नुस्।

दोस्रो चरण-साढे सात मिनेट सङ्गीत बदलिन्छ,  दुवै हातको हत्केला उत्तानो पारी नाभिनेर राख्नुस् र जति सक्यो विस्तारै (ढिलो चालमा) बाहिर तिर फैलाएर अगाडि बढाउंदै लगेर हत्केला फेरि सँगै राखि नाभी तिर ल्याउनुस्, यसरी उत्तानो पारेको खुला हत्केला नाभीबाट बाहिर तिर वृत्ताकारमा ढिलो चालमा घुमाउँदै गर्नुस्। यस क्रममा आफ्नो उर्जा ब्रम्हाण्डतिर फैलिँदैछ भन्ने भाव पनि राख्दै गर्नुस्।

तेस्रो चरण-साढे सात मिनेट सङ्गीत बदलिन्छ, अब हातको हत्केला घोप्टो पारी नाभी नेरै राख्नुस र विस्तारै अगाडि बढाउंदै गई नाभीबाट टाढा पुगेपछि फैलाएर नाभीतिर ल्याउनुस् यो क्रम दोहोर्‍याउँदै गर्नुस् र ब्रम्हाण्डबाट उर्जा आफूतिर आउँदैछ भन्ने भाव पनि गर्दै गर्नुस्।

चौथो चरण-पन्ध्र मिनेट विस्तारै उत्तानो परि पल्टिनोस, शरिरका सम्पूर्ण अ·हरू शीथिल पार्दै जानुस् र जे हुन्छ हुन दिनुस्, आफ्नो तर्फबाट केहि पनि नगर्नुस। यहि क्षणमा तपाईको अस्तित्वसँग, परमात्मासँग, महा चेतनासँग या शिव चेतनासँग मिलन हुन सक्छ अर्थात ध्यान घट्न सक्छ।

तन्त्रसूत्रमा ११२ ध्यान विधि दिइएका छन् र साधकले सबै विधिको साधना गरिरहनै पर्छ भन्ने हैन। प्रत्येक विधि एक एक महिना प्रयोग गरि आफूलाई कुन विधिले ध्यान घट्न सक्छ त्यही विधिको साधना निरन्तर गर्ने हो। पहिले पहिले धर्मगुरुहरूले साधकलाई यसरी नै एक महिनासम्म एउटा ध्यान विधिको प्रयोग गराउँथे र अको महिना अको ध्यान विधिको प्रयोग गराउँथे यही क्रममा यो श्रावण महिनामा ओम फ् उच्चारण (नादब्रम्ह) विधिको प्रयोग गर्नु परेको थियेा।प्रयोगको क्रममा कुनै पनि विधि कुनै पनि महिनामा गर्न सकिन्छ तर समझको अभावले त्यही चलन दोहर्‍याउने गरिएको हो।

विश्वमा नै सबैभन्दा पहिले भौतिक र आध्यात्मिक विकासको पराकाष्ठामा पुगेको हिन्दू धर्म यसरी नै साधना नगर्ने, अनुभूति नगर्ने शास्त्र कण्सण्ठ मात्र गर्ने र बाँदरलेझंै नक्कल मात्र गर्ने, कुनै कुरामा पनि चिन्तन मनन् नगर्नेहरूले बिगारेको हुनाले आज धर्म भनेकै अन्धविश्वास, दुःखवादी र मृतवत भएको हो।त्यो अकथनीय, अव्याख्या, अज्ञय परमात्माको अनुभूति ब्रम्हज्ञानी या बुद्ध पुरुषहरूले अरुलाई बुझाउन खोज्दा उदाहरण दिइएका कुराहरू, चित्रद्वारा व्यक्त गर्न बनाइएका चित्रलाई नै सत्य तथ्य मान्ने र ठान्ने भएकोले धर्मको साधना नगरी पुज्ने र मान्नेमा धर्म सीमित रहन गएको हो।

शिव सम्बन्धमा पनि चर्चा गरौं, शिवत्व व्यक्ति होइन, अस्तित्व हो, चैतन्य हो, परमात्मा हो र जसले साधनाद्वारा त्यो परम तत्वको अनुभूति गर्छ, जान्दछ, ऊ नै शिव हुन्छ। हामीले देख्ने गरेको शिवको रूप ब्रम्ह ज्ञानी, बुद्धत्व प्राप्त गरेका व्यक्तिले सड्ढेतात्मक र प्रतिकात्मक तरिकाले कोरिएको चित्र हो।साँढेमाथि चढेको होइन, पशुतल भन्दामाथि पुगेको देखाइएको हो, पशुको प्रतिनिधिको रूपमा साँढे लेखिएको हो। त्रिशूल हतियार होइन, त्रिगुणको प्रतीक हो,शिव अनुभूति भइसकेको व्यक्ति त्रिगुणातित हुन्छ, सत्व, रज र तम त्रिगुण (प्रकृति)उसको हातमा हुन्छ भनी देखाएको हो। प्रत्येक व्यत्ति द्वितीयाको चन्द्रमा हो र साधनाद्वारा पूणिर्को चन्द्रमा हुन सक्छ, नर नै नारायण हुन सक्छ भनि शिरमा चन्द्रमा देखाइएको छ।शरी र त पञ्चमहाभूतले बनेको वस्तु हो चेतनाले छोडेपछि अर्थात मृत्युपछि खरानी हुने हो भनि शरीरमा खरानी घसेको देखाइएको हो। त्यो परम तत्व, परमात्मा या असितत्व ‘क’ अ· हो, त्यसको अनुभूति गर्ने व्यक्ति ‘ख’ अ· हो र परमात्मानुभूति गर्ने विधि ‘ग’ अ· हो। ‘ग’ अ·को बहुबचन गंगा हुन्छ। आफूले प्राप्त गरेपछि अरुलाई पनि त्यो प्राप्त गर्ने ध्यान विधिहरू दिनु, प्रचार-प्रसार गर्नु बगाउनु हो, यसरी शिरबाट गंगा बगेको चित्रण गरिएको हो।सप मृत्युको प्रतीक हो, गलामा सप -नाग) मृत्युमाथि विजय प्राप्त भएको प्रतीक हो।बाघ शक्तिको प्रतीक हो, र कम्मरमा बाघको छाला बेर्नु शक्तिको श्रोतको प्रतीक हो शिवलि· काम उर्जा उर्ध्वगमनको प्रतिकात्मक चित्रण हो सतिदेवी शरीरको प्रतीक हो,चेतनाले छोडेपछि सति जान्छ अर्थात मर्छ र पार्वती शिष्यको प्रतीक हो, शिवको पत्नी होइन।स्त्री शिष्यत्वको प्रतीक हो।कृष्णको सोह्रसय ग्वालीनी स्त्रीहरू होइनन्, शिष्यहरू हुन। स्त्री ग्राहकताको प्रतीक हो र शिष्यमा ग्राहकताको गुण हुनुपर्दछ।

गण र इश दुर्इ शब्द मिलेर गणेश बनेको हो, हामीमा चलिरहने राम्रा र नराम्रा विचार गण हुन् र त्यसलाई साक्षी भई हेर्नेवाला इश अथवा पति हो, यसरी गणेश अथवा गणपति शब्द बनेको हो।गणेश अन्तरयात्राको प्रतीक पनि हो त्यसैले मुसा बाहन बनाइएको छ, मुसा सुरुङ खनेर जमिनभित्र जानु अन्तरयात्राको अर्थात धर्म साधनाको प्रतीक हो भने कुमार -कुमार्ग) बहिर्यात्राको प्रतीक हो, त्यसैले मयुर बाहन बनाइएको छ, मयुरको प्वाँख रङ्गीचङ्गी छ र बाहिरतिर उड्छ,यो पनि बहिर्यात्राकै प्रतिकात्मक चिन्ह हो।यसरी गणेश अन्तरयात्रामा लागेर धर्मानुभूति गर्नु र कुमार बहिर्यात्रामा लागेर विज्ञानको विकास गर्नु को प्रतिकात्मक शन्देश हो।

यो श्रावणत महिनामा केही पनि नबुझी बोल बम भन्दै हिँड्नु धर्म साधनासँग कुनै सम्बन्ध छैतन।

ध्यान र सृजनको यस्तो अनौठो नवसन्यास उपवन- उहाँको विदेह उपस्थितिमा पनि ओशो कम्युन आज पूरा विश्वभरका लागि एउटा यस्तो प्रवल चुम्बकीय आकर्षण केन्द्र बनेको छ कि यहाँ निरन्तर नया नया मानिसहरू आत्मरूपान्तरणका लागि आउँदै गर्छन् र ओशोको सघन र जीवन्त उपस्थितिमा आनन्द विभोर हुने गर्छन्।

विश्वभरका देशहरूको सबै जसो प्रमुख सहरमा साधक र मुमुक्षुका लागि ध्यान केन्द्र खोलिएका छन् जहाँ जो कोही पनि गई ध्यान प्रयोग, साधना र उहाँको प्रवचनहरू सुन्न सकिन्छ।

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width