किन धनी र सम्पन्न भएन नेपाल ?

आदर्श समाज सम्वाददाता
श्रावण २४, २०७०

कुनै समयमा आजको अमेरिका पनि गरिब थियो। त्यहाँका आदिवासी ‘रेड इण्डियनहरू’ घुमन्ते जीवन व्यतित गर्थे। विशेषगरी युरोप र दक्षिण अमेरिकाबाट धार्मिक तथा राजनीतिक कारणले विस्थापन हुन पुगेका धनी र सम्पन्न वर्गका मानिस अमेरिकामा शरण लिन पुगेका थिए। नवआगन्तुक र अमेरिकाका आदिवासीबीचमा केही समय द्वन्द्व पनि चल्यो। धनी मानिसका घर र सम्पतिमाथि धन नहुनेहरूले आक्रमण गरेको इतिहास पनि छ। तथापि त्यहाँको समाजमा भएको द्वन्द्वको सही समाधान गरियो। गरिबलाई पनि प्रशस्त अवसर र सम्मान प्रदान गरियो। कानुनको नजरमा सबैको समान हैसियत कायम गरियो -र·भेदको नीति भने पछिसम्मै कामय रहृयो)।

कुनै बेला स·ठित राज्यसम्म नभएको अमेरिकालाई युरोपियनहरूले उपनिवेश बनाए। अमेरिकाको ठूलो भूभागमा बेलायतको उपनिवेश कायम भयो। सन् १७८९ मा बेलायतको उपनिवेशबाट मुक्त भएको अमेरिका कमजोर र जर्जर थियो। सन् १८३२ मा प्रकाशित भएको पुस्तक ‘डेमोक्रेसी इन अमेरिका’ नामको पुस्तकमा प|mान्सेली लेखक डिक्वेभेल्लेले लेखे ‘बीसौं शताब्दिको मध्यसम्ममा अमेरिका दुनियाको सबैभन्दा शक्तिशाली देश बन्ने छ’। त्यो समयमा यो भनाइलाई कसैले पत्याएनन्। तर बीसौं शताब्दीको मध्यसम्ममा आइपुग्दा त्यही भयो। जुन कुरा डिक्वेभेल्लेले लेखेका थिए।

‘मर्निङ सोज द डे’ अर्थात बिहानीले दिनको संकेत गर्छ भनेभैmं अमेरिका स्वतन्त्र भएपछिका केही वर्षको प्रयासले त्यो देशको भविश्य निर्धारण गरेको थियो। कानुनको नजरमा सबै समान, विधिको शासन र पालना, पूँजी र प्रविधिको विकासमा राज्यको जोड। यही आधारमा त्यहाँका सामाजिक मान्यताहरू स्थापित हुँदै गए।

हरेक अभिभावक आफ्ना सन्तानलाई अब्बल दर्जाको व्यवसायी बनाउन चाहन्थे। हरेक अव्वल युवा भविश्यमा व्यवसायी (इण्टरपेनर) बन्न चाहन्थ्यो। इण्टरपेनर बन्न नसकेकाहरू अन्य क्षेत्र अनुसन्धान, खेल, कला, डाक्टर, वकिल, इन्जिनियर, साहित्य आदिमा लाग्थे। त्यो पनि गर्न नसक्नेहरू जागिरको खोजी गर्थे र जागिरे बन्थे।

नेपाली समाजको मूल मान्यता भनेको पढेपछि जागिर खानु पर्छ भन्ने नै हो। ‘पढो गुनो के छ काम, हलो जोतो खायो माम’। पढन पढाउन नसक्नेले भन्ने गरेको उखान हो यो। पाँच पढ्यो काम छाड्यो, दश पढ्यो घरै छाड्यो। हाम्रो अवस्था यस्तो छ। कसैकसैले घरैमा बसेर खेतीपातिको काम गरेछ भने ‘हेर त्यत्रो पढेको अरे त्यही हलो जोत्ने काम गर्छ’ भन्नेहरू जताततै भेटिन्छन्। जागिर खानका लागि पढने वा पढेर जागिरै खाने भएपछि गर्दै गरेको पारिवारिक पेशा व्यवसायमा मन लाग्ने कुरै भएन। परिणाम भुँइको टिप्न खोज्दा गोजीको खसे जस्तो हुन्छ। पढेलेखेको दम्भका कारण न पुरानो पेशालाई निरन्तरता दिन सक्छ न नयाँ काम गर्ने आँट र सीप हुन्छ। आँट र सीप हुनेसँग पैसा हुँदैन पैसा हुनेले गनै पर्दैन किनकि उसलाई त पुगेकै छ।

गजवको कुरा त के छभने नेपाली समाजमा जागिर खाने जागिरे वा लाहुर जाने लाहुरे कै मानसम्मान र हाइहाई छ। ‘मानसम्मान’ पद र पैसासँग गासिएको छ इमान र उद्यमसँग होइन। यस्तो सामाजिक मान्यता भएको समाजले आफ्ना सन्तानलाई उद्यमी बन्न होइन जागिरे र लाहुरे बन्न सधैँ प्रेरित गर्छ। हिजोका लाहुरे र आजका लाहुरेमा केही फरक छ। हिजोका लाहुरे धेरैजसो सिमित देश (भारत, बेलायत) का सिपाही हुने गर्थे आजका लाहुरे संसारभरिकै श्रमिक हुने गरेका छन्। हिजो पुरुष मात्रै लाहुरे हुने चलन थियो आज महिला पनि लाहुरे हुन थालेका छन्। ती सबै जागिरे नै हुन्, लाहुरे नै हुन्।

जुन परिवारले आफ्ना सन्तानलाई जागिरे हुन वा लाहुरे बन्न प्रेरित गर्छ त्यो परिवार वा व्यक्तिले आफ्नो ज्यान र परिवारलाई केही समय त पाल्ला तर आफ्नै जीवनको उत्तरार्द्धमा सड्ढट निम्त्याउँछ भने आफ्ना सन्तानका लागि रोजगारीको बाटो दिन सक्दैन। आजको नेपाली समाज यही बाटो हिँडेर आफ्ना तत्कालिन आवश्यकता पुरा गर्दै छ। यो धनी हुने बाटो हुँदै होइन जीविका चलाउने बाटो मात्रै हो।

अझ गजबको कुरा अर्को पनि छ। नेपाली समाजले समाजका धनीलाई होस् वा राष्ट्रका धनीलाई अगाडि पर्दा जी हजुरी गर्ने र पछाडि पर्नासाथ सत्तोसराप गर्ने पुरानै परम्परा हो। अर्थात धनी हुनु भनेको धेरैले गाली गर्ने मानिस हुनु हो। ‘सोझो औंलाले घिउ आउँदैन’ भनेको छलकपट नगरी धनी हुँइदैन भन्ने मान्यतालाई स्थापित गर्नु हो। धनी हुनेहरू छलकपट गरेर, अर्काको शोषण गरेर, जालझेल गरेर मात्रै धनी भएका हुन् भन्ने बुझाई समाजमा स्थापित छ। यो बुझाई सम्पूर्ण रूपमा गलत पनि होइन। चाडै धनी हुन चाहनेले उद्यम विकास गर्ने, वैधानिक आधारको व्यवसाय गर्ने, आम्दानीलाई सञ्चय गर्ने, बैधानिक तवरले लगानी गर्नेजस्ता विधिसम्वत बाटो अवलम्बन गर्नुभन्दा छलकपटलाई नै मुख्य आधार बनाएका र केही समय यस्तो काम सफलजस्तो पनि देखिने भएपछि प्रक्रिया र विधिसम्वत उद्यम विकास, व्यवसाय,  गर्ने मानिस ओझेलमा पर्नु स्वभाविक हुँदै गयो।

जसरी भए पनि धन थुपार्ने र अरुका अगाडि धनको भद्दा प्रदर्शन गरेर इज्जतितो, धनी बन्न खोज्ने प्रवृत्तिलाई समाजले अन्ततोगत्व राम्रो मान्दैन मात्रै होइन यस्तो आर्जन दिगो नहुने सम्भावना धेरै हुन्छ। किनकि यसलाई टिकाउन चाहिने क्षमताको विकास भएकै हुँदैन। अर्थात धन/पैसा हुन्छ तर पेशा र उद्यम हुँदैन। पेशा वा उद्यम विनाको धनी अल्पकालीन र अस्थाई धनी मात्रै हो। पहिले समाजमा देखिएका थुप्रै धनीहरू अर्को पुस्तासम्म आइपुग्दा ‘पुन मुसी भवः’को अवस्थामा छन्। आजका थुप्रै धनीहरूको अवस्था  अर्को पुस्तासम्म पुग्दा नपुग्दा त्यस्तै हुने हो। किनकि उनीहरूसँग धन छ पेशा छैन। अर्थात उद्यम छैन। उद्यमबिनाको धन दिगो हुँदैन। हाम्रो समाज दिगो धन र दिगो विकासको बाटोमा हिँडेकै छैन भन्दा हुन्छ।

व्यक्ति धनी हुने अनेक उपायहरू छन्। प्रायः सबै मानिस सजिलो उपाय नै रोज्छन्। तर सजिलो उपायले दिगो धनी हुन सकिँदैन। ‘लोभले लाभ, लाभले विलाप’ त्यसै भनेको होइन।

पेशा र उद्यम विनाका नेपाली समाजका केही धनी मानिस सधैं आर्थिक सड्ढटमा हुने गर्छन्। उनीहरूसँग अचल सम्पति घरजग्गा त धेरै हुन्छन्। बजार मूल्यमा निकै करोडका होलान् तर सधँै आर्थिक अभावमा हुन्छन्। पसलतिर लिएको उधारो तिर्नेसम्मको हैसियत हुँदैन। तिनलाई खै के धनी भन्नू।

अर्को पाटो पनि महत्त्वपूर्ण छ। त्यो भनेको राजनीतिको पाटो हो। नेपालमा हाल ६० प्रतिशत माथि कम्युनिष्ट विचारधाराका मतदाता छन्। परम्परागत विचार बोकेका कम्युनिष्टहरूको भोट बैड्ढ भनेकै गरिब वस्ती हुन्। उनीहरूले सधैँ धनीको विरोध गर्न सिकाएका हुन्छन्। आफू गरिब हुनुको कारण धनी वर्गका मानिस भएकाले हो भन्ने सिकाइन्छ। त्यसैले कम्युनिष्ट पार्टीलाई गरिबको पार्टी भन्ने गरियो। यो सिकाइको सार वस्तु भनेको धनी हुनु भनेको शोषक, फटाहा, जाली, भ्रष्टचारी हुनु हो भन्ने हो।

माओवादीले गरेको ‘जनयुद्ध’मा गाउँगाउँबाट सामान्य गाउँका धनीलाई पनि लखेट्नु, लुटनु, सफाया गर्नु यस्तै सिकाइको प्रभाव हो। सहरबजारमा उद्यम व्यवसाय गर्ने मानिसलाई पनि परम्परावादी कम्युनिष्टले छाडेनन्। तिनले धान्नै नसक्ने माग राखेर मजदुर उचालिदिए। आन्दोलन र बन्दहडताललाई आफ्नो पार्टीको स·ठन विस्तारको माध्ययम बनाए। पार्टी पार्टी र पार्टीला आन्तरिक झगडाका कारण आफ्नो पार्टी एवं गुटलाई बलियो बनाउन बन्दहडताल र सस्तो नारालाई नै आधार बनाइयो। यस्तो अवस्थामा कसैले पनि पूँजी जोखिममा राखेर उद्यमी व्यवसायी बन्ने आँट गर्दैन। परिणाम उत्पादन र सृजनाका बाटाहरू अवरुद्ध हुने गरेका छन्। तर उपभोगका लागि विदेशबाट निरन्तर समान आयात भइनै रहन्छन्।

उद्यम तथा व्यवसायका धनीहरू देशमा प्रशस्तै भएमात्र देश धनी हुन्छ। समाज धनी हुन्छ। उद्यम र व्यवसाय विनाका धनी अस्थाई र कृत्रिम धनी मात्रै हुन्। तिनबाट देशले न उत्पादन पाउँछ न रोजगारीको सृजना हुन्छ न राज्यले राजस्व पाउँछ। राज्यलाई केही पनि योगदान नगर्ने खाली राज्यको लिएर धनी बनेकाहरू वा मुल्य बढेर धनी भएकाहरू जतिसुकै भए पनि त्यस्तो समाज धनीहरूको समाज बन्न सक्दैन।

नेपाली समाज र अपरिपक्व राजनीतिले सबैखालका धनीलाई एकै डालोमा हालेर खेदो गरेपछि, सबै धनीलाई शोसक, भ्रष्टचारी, सामन्त देखेपछि यहाँ कोही किन उद्यम व्यवसाय गरेर धनी हुने कष्ट उठाउँछन् र –

जुन समाजले धनी कसरी हुने भनेर चिन्तन गर्दैन, धनी कसरी भए भनेर खोजी गर्दैन, धनीले देशका लागि कस्तो योगदान गर्न सक्छन् वा गरेका छन् भनेर मूल्याड्ढन गर्दैन र धनी भएबापत दबाबमूलक चन्दा, घूस मात्रै दिइरहनुपर्छ भन्ने सामाजिक मान्यता बोक्छ, त्यो समाजले कसरी धनीहरूको सङ्ख्या बढाउन सक्छर ? जुन समाज धनी मानिसप्रति असहिष्णु छ त्यो समाज कसरी धनीहरूको समाज बन्न सक्छ र ?

धनी हुनु अपराध होइन बरु गौरवको कुरा हो तर अपराध गरेर धनी बन्नुहुँदैन। धनी हुने दौडमा कसैले अपराध गर्छ, कानुन मिच्छ भने त्यहाँ राज्यले नियन्त्रण गर्न सक्नु पर्छ, दण्डित गर्न सक्नुपर्छ। राज्यको महत्त्वपूर्ण ओहदामा बसेका मानिस र राजनीतिककर्मी नै अवैध धनी (राज्यको लुटेर, जनता ठगेर) हुने दौडमा सामेल भएपछि समाजले न धनीलाई सम्मान गर्न सक्छ न धनीहरूको समाज बन्छ। जनता धनी भएमात्र (लुटको धनका धनी होइन) समाज र देश धनी हुन्छ। व्यवसाय, उद्यम र कर्म (काम) ले धनी भएका मानिसबाट देशले उत्पादन, सेवा, सीप, प्रविधि, राजश्व, रोजगारी पाउछ। तब देश धनी हुन्छ।

अमेरिकी समाजले झण्डै दुर्इ सय वर्ष पहिले अवलम्बन गरेको सामाजिक मान्यतालाई हामीले पनि अनुशरण गर्न सके हाम्रा सन्ततिले पनि लाहुरे र जागिरे संस्कृतिको पछि लाग्नेभन्दा उद्यमशीलता र व्यवसायको पछि लाग्ने थिए। व्यवसाय सुरुमै ठूलो हुनुपर्छ भन्ने छैन। सानोबाट ठूलो हुँदै जानु व्यवसायको चरित्र हो। जस्तो भाटभटेनी सुपर मार्केटका मालिक २०५० सालतिर चार जना स्टाफ राखेर साना दुर्इवटा कोठामा साधारण पसल गर्थे। २० वर्षको अन्तरालमा उनी नेपालका ठूलै व्यवसायी भएका छन्। हजारौंलाई रोजगारी दिएका छन् र दशौं करोड वाषिर्क राजश्व तिर्छन्।

यसरी व्यवसाय र उद्यम गर्ने जनता धेरै हुँदा मात्रै जनता धनी हुने थिए, देश धनी हुने थियो। मानिस जुन बाटोमा हिँडछ त्यही बाटोमा अगाडि बढ्छ। हामी जागिरे र लाहुरे हुने संस्कार र संस्कृतिको मानसिकता बोकेर हिँडेको बाटोबाट दिगो धनी हुने लक्षमा पुग्दैनौं।

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width