कहिले होला पोखराको सडक खाल्डाखुल्डीमुक्त

आदर्श समाज सम्वाददाता
श्रावण २३, २०७०

पोखरा, २२ साउन।नेताहरूले खनेको खाल्डा के खाल्डा ?

पोखराका बाटाका खाल्डा पो खाल्डा।

काङ्ग्रेसलाई जाके पनि हुने,

एमालेलाई जाके पनि हुने।

वर्षका बेला,

विकासे माछा पाले पनि हुने।

उस्तै परे žयाफ्टिङको प्रशिक्षण थाले पनि हुने।

बाटो त बाटो,

पोखराको बाटो पो बाटो।

यो कविताको हरफ हास्य व्यङ्यकार विश्व शाक्यले त्यसै लेखेका होइनन्। पर्यटकीय क्षेत्र पोखराको बाटोको बेहाल देखेर व्यङ्य गर्दै लेखेको कविता हो, यो। वि.सं. २०५४ सालमा लेखेको उनको यो कविता आदर्श समाज राष्ट्रिय दैनिकमा पहिलोपटक छापिएको थियो। वि.सं.२०६० सालमा प्रकाशन गरिएको यमराजको निम्तो हास्यव्यङ्य कविता सङ्ग्रहमा समावेश गरिएको यो कविताको भावले १६ वर्षपछिको पोखरालाई चित्रित गरिरहेको छ।

पर्यटकीय स्थल डेभिजफल र गुप्तेश्वर गुफा जाने मुख्य बाटो ड्यामसाइडदेखि बिरौटासम्मको बाटोमा खाल्डाखुल्डी भेटिएन भने स्थानीयवासीलाई आर्श्चर्य लाग्न सक्छ। बाटोमा खाल्डाखुल्डी धेरै भएर बारम्बार सरोकारवाला निकायलाई जानकारी दिँदा पनि मर्मतमा अटेर गरेपछि स्थानीयवासीले उक्त स्थानमा व्यङ्ग्यस्वरुप धान रोप्न समेतपछि परेका थिएनन्।

त्यस्तै, अको पर्यटकीय स्थल अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पुग्ने घारीपाटन र घारीपाटन हुँदै ओशो उपवन दोबिल्ला, निर्मलपोखरी र भरतपोखरी गाविस पुग्ने ढु·ेसाँघु सडकखण्डको स्थिति पनि उस्तै छ। सरोकारवाला निकायले ध्यान नदिएको कारण पर्यटकीय क्षेत्रको सडक खण्डसमेत माछा पाल्ने पोखरीजस्तो हुने गरेको वडा नं १७ टोल विकास संस्था समन्नय समितिका पूर्वअध्यक्ष टोपराज ढुङ्गाना बताउँछन्।

पुल्चोक टोल विकास संस्थाका अध्यक्ष गंगा बास्तोला ड्यामसाइड पुल्चोकका बाटो धेरै वर्षदेखि जीर्ण हुँदा पनि नगरपालिकाले वास्ता नगरेको गुनासो पोख्छिन्।

वडा नं १७ को यो सडक खण्डको समस्या त एक उदाहरणमात्र हो। यस्ता सडक खण्ड पोखराको क्षेत्रमा धेरै देख्न पाइन्छन्। पोखरा वडा नं १८, ९, १५, १०, ११, ७, ६ लगायत वडाका विभिन्न सडक खण्ड यतिबेला जीर्ण छन्।

टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष उज्ज्जल खत्री बाटोको खाल्डोलाई क्यान्सर रोगको संज्ञा दिन्छन्। उनी भन्छन्-‘सुरुमै उपचार गरे निको हुने। सुरुमै बनाउने हो भने सडकमा पोखरी बन्दैन नत्र चार इन्चको खाल्डो एक मिटर हुन बेरै लाग्दैन।

टोल विकास संस्था समन्वय समिति वडा नं ५ का अध्यक्ष समेत रहेका खत्री बेलैमा पोखरा उपमहानरपालिका र सडक डिभिजन कार्यालयले मर्मत-सम्भार गर्ने हो भने यसरी बाह्रैमास सडकखण्डमा खाल्डाखुल्डी नपर्ने बताउँछन्। साथै नगरपालिकाअन्तर्गतको सडकखण्ड मर्मत गर्न वा निर्माण गर्नका लागि स्थानीयस्तरबाट ४० प्रतिशत रकम उठाउनुपर्ने बाध्यताले गर्दा पनि स्थानीयवासी बाटो मर्मतमा तत्पर नभएको उनको भनाइ छ।

टोल विकास संस्था समन्वय समिति वडा नं ९ का अध्यक्ष उत्तम जोशी खाल्डाखुल्डी भएरहनुमा पोखरा उपमहानगरपालिकाको मात्र कमजोरी नभएर स्थानीयबासीसमेत भएको बताउँछन्। उनी भन्छन्-‘चुप लागेर बसेर बाटो बन्दैन, स्थानीयस्तरबाट आफ्नो घरअगाडिको बाटो बिग्रियो भनी सरोकारवाला निकायमा निवेदन दिन तत्पर हुनुपर्छ।

पोखरा ६, शान्तिपथका स्थानीयबासी बारम्बार बाटो मर्मतका लागि धाउँदा-धाउँदा दिक्क भएको गुनासो गर्दै यस वर्ष बल्ल शान्तिपथ बाटो निर्माण हुन लागेको टोल विकास संस्थाका अध्यक्ष तारानाथ लम्सालले बताए।

त्यस्तै, टोल विकास संस्था वडा नं ११ का अध्यक्ष तुलाराम भण्डारी आफ्नो वडाअन्तर्गत विभिन्न सडकखण्ड जीर्ण अवस्थामा रहेको गुनासो पोख्छन्। मणिपाल जाने बाटोहोस् या रानीपौवादेखि ठूलीनगरसम्म या त नारायणस्थल मन्दिर जाने बाटो नै किन नहोस् बाटोको हालत पोखरीमा परिणत हुन लागेको दुखेसो पोख्छन्।

स्थानीयवासी माधव बास्तोला भानुपार्कदेखि दूधपोखरीचोक हुँदै भास्कर मेमोरियल स्कुल निस्कने बाटो पनि १० वर्षदेखि जीर्ण रहँदा पनि मर्मतमा नगरपालिकाले कुनै सुनुवाइ नगरेको बताउँछन्। स्थानीयवासी बाटोको सर्न्दर्भमा सार्वजनिक सुनुवाइ राखेको भए पनि बजेट वितरण मनोमानी ढङ्गले हुनु र बाटोको राम्रो अध्ययन नगरिनुले हस्िपटल क्षेत्रको संवेदनशील बाटोसमेत जीर्ण रही रहनु दुःखदायी भएको बताउँछन्।

यता, सिर्द्धार्थ क्लबका अध्यक्ष दीपेन्द्र मसारी सिर्द्धार्थचोकदेखि भीमसेनचोकसम्मको सडक मर्मतको लागि नगरपालिकामा बारम्बार जानकारी गराउँदा पनि बेवास्ता भएको भन्दै सरोकारवाला निकायले यसबारे अध्ययन गर्नुपर्ने आवश्यकता औल्याउँछन्।

सिर्द्धार्थचोकका स्थानीयवासी दीलिप दोषीले बाटो मर्मत नहनुमा नगरपालिकाले आफ्नो दायित्व पूरा नगरेको बताउँछन्। दोषी भन्छन् ‘जनताले कर तिरेपछि त्यसको सुविधा पनि पाउनुपर्छ। हतारहतारमा असारको अन्तिममा मात्र बाटो निर्माण गर्ने र साउनमा भत्कने बनाएर बजेट सकेर हुँदैन। दीर्घकालीन योजना बनाउनुपर्छ।

यता, सडक डिभिजन कार्यलय पोखरा भने आफ्नो क्षेत्रभित्रको बाटो समयमा नै मर्मत गरेको जिकिर गर्छन्। कार्यालयका निमित्त डिभिजन प्रमुख पुरुषोत्तम गौतम पोखरा क्षेत्रका २७ किलोमिटर सडकखण्डमात्र नभएर कहिलेकाहीँ नगरपालिका क्षेत्रको बाटोसमेत मर्मत गर्ने गरेको बताउँछन्।

राजमार्गअन्तर्गत ११ किलोमिटर सडकमसेत मर्मत गरेको उनको दाबी छ। सडक मर्मत नगरेको पोखरेलको गुनासोमा उनी आफूहरूले अन्य जिल्ला पनि हेर्र्नुपर्ने र सम्पूर्ण जिल्लाको अध्ययन गर्दा जुन बाटो तत्काल निर्माण गर्न आवश्यक छ, सोही बाटोलाई मर्मतमा प्राथमिकता दिनुपर्ने बताउँछन्।

पोखरा उप-महानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारी पनि नगरपालिकाको स्रोतसाधनले भ्याएसम्म सडक मर्मत गरिरहेको बताउँछन्। ‘हामीले सडक डिभिजनको क्षेत्रभित्रको बाटोसमेत मर्मत गरेका छौं-उनको दाबी छ-‘पहिलेभन्दा पोखराका बाटोमा सुधार भएको छ। स्थानीयस्तरबाट आएका गुनासो हामीले सुनुवाइ गरेका छौं।

योजना शाखाका प्रमुख सुरज प्रधानाङ्ग नगरपालिकामा महिनामा मात्र २० वटाभन्दा बढी बाटो निर्माणका लागि लिखित निवेदन र मौखिक उजुरी आउने गरेको बताउँछन्। साथै वडास्तरीय योजना तर्जुमाका लागि वडा भेलामा आफ्ना समस्या राखेमा नगरपालिकाले सुनुवाइ गर्ने भएकाले उक्त कुरामासमेत ध्यान दिनुपर्ने बताउँछन्।

उनका अनुसार अधिकांश उपभोक्ता सडक डिभिजन कार्यालयअन्तर्गतको बाटोको लागि नगरपालिका तथा नगरपालिका क्षेत्रका बाटोको लागि सडक डिभिजन कार्यालयमा धाउनेसमेत गरेका छन्।

नगरपालिकाका वरिष्ठ इन्जिनियर तथा प्राविधिक विभागका प्रमुख शारदामोहन काफ्ले गत वर्ष नगरपालिकाअन्तर्गत तीन करोड ९० लाखको पिच, एक करोड २५ लाखको ढलान बाटो निर्माण गरिएको बताउँछन्। साथै यस वर्ष पोखरामा तीन करोड ९० लाखको पिच सडक, ४३ वटा ढलान सडक दुर्इ करोड एक लाख ५१ हजारको निर्माण भएको र १३ वटा ७४ लाखको पिच मर्मत भएको बताउँछन्।

कार्यकारी अधिकृत अधिकारी नगरपालिकामा वडास्तरीय योजनाअनुरुप आएका योजनाका बाटोहरू नगरपालिकाले मर्मत गरेका दाबी गर्दै सडक मर्मत शाखासमेत खोलिएको बताउँछन्।

सडक डिभिजन कार्यलय पोखरा उप-महानगरपालिकाअन्तर्गतको बाटोसमेत निर्माण गर्ने र नगरपालिकाले डिभिजन कार्यालयअन्तर्गतको बाटोसमेत मर्मत गर्ने गरेको भए तापनि किन पोखराका सडक खाल्डाखुल्डीमुक्त हुन सकेका छैनन् – यसमा कमजोरी कसको हो, सबैले सोच्नुपर्ने बेला आएको छ।

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width