कवि पन्तको ‘प्रवाह’लाई ससर्ती नियाल्दा

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०६९

साहित्य साधनाको साथै पत्रकारिता, कानुन व्यवसाय, जन आधिकार र राष्ट्रिय सम्पदा संरक्षण आदि विभिन्न गतिविधिमा सक्रिय  व्यक्तिको नाउँ हो  भूपनिधि पन्त। उहाँ गद्य लेखक परिषद् पोखराका संस्थापक अध्यक्ष पनि हुनुहुन्छ। लम्जुङ-पोखरा सर्म्पर्क समिति, पोखरेली युवा साँस्कृतिक परिवार, अलि मियाँ लोक  वाङ्मय प्रतिष्ठान, स्वतन्त्र पत्रकार सङ्घ नेपाल जस्ता सामजिक, साहित्यिक र पत्रकारितासित सम्बन्धित संस्थाहरूमा आवद्ध उहाँको कलम सक्रिय र सटिक पाइन्छ। पद्यमा भन्दा गद्यलेखनमा बढी कलम चलाउने व्यक्ति भए पनि करिब करिब पचास वर्षअघिबाटै उहाँ कवितामा पनि उत्तिकै रमाउने व्यक्ति हुनु हुँदोरहेछ। कविताप्रति पनि उत्तिकै अनुराग रहेछ भन्ने कुरा हालै प्रकाशित ‘प्रवाह’ नामक कविता सङ्ग्रहले पुष्टि गरेको छ। पाल्पा तानसेनका कविवर माधवप्रसाद देवकोटाज्यूले प्रस्तुत सङ्ग्रह बारेको नालीबेली २०३६ सालमा लेखिदिनुभएको रहेछ। पाण्डुलिपि तयार भई भूमिका समेत लेखिएको यो कविता सङ्ग्रह यति लामो समयसम्म किन प्रकाशनमा आएन होला – आफ्नै भनाइमा कवि पन्त ज्यू भन्नुहुन्छ-’मैले वि.सं. २०१७ सालदेखि कविता लेख्न थालें। २०३१ साल सम्म आइपुग्दा एउटा कविता सङ्ग्रह तयार गरे र मूल्याड्ढनका लागि पाल्पास्थित तानसेनका प्रा. माधवप्रसाद देवकोटालाई बुझाएँ। उहाँले भूमिका लेखिदिनुभयो। मैले मेरो कृति छिट्टै नै प्रकाशन गर्ने सोच बनाएँ। तर समय क्रममा प्रकाशन गर्ने अभिरुचि हट्दै गयो। त्यस पछि मेरा पाण्डुलिपि दराजमै थन्किए।’ प्रकाशित नहुनुमा कतिपय कारण हुन सक्छन्। सरकारी कर्मचारी भएको हुँदा हरेक २/३ सालको अन्तरालमा सरुवा भई अन्यत्र जानुपर्ने बाध्यता, अर्थाभाव, अहिलेको जस्तो मुद्रणको सुलभता नहुनु, कविता प्रतिको अभिरुचि वा अनुरागमा कमी आउनु कारण जे भए पनि लामो समयसम्म कविता छापिएन। धन्न यति लामो समय सम्म पाण्डुलिपि सुरक्षित राखिएछ। तर ढिलै भए पनि पन्तजी ले आफ्नो कविता सङ्ग्रह हालसालै लोकापण गराउनुभयो। उहाँलाई हार्दिक बधाई छ।

मानिस एक चेतनशील प्राणी हो। हरेक मानिसको मन मस्तिष्कलाई उसले देखि भोगेको जीवन र जगतले निश्चित रूपमा प्रभाव पार्दछन्। ऊ बाँचेको समाज र समयले पनि प्रभाव पार्छ। चेतना र भावनाको पुञ्ज मान्छे, प्रत्येक मानिसको अन्तर्मन लाई छुने घटना र परिवेशहरू हुन्छन् र त मान्छेले कविता लेख्छ।यस चराचर जगतमा जन्म लिने हरेक मान्छे वास्तवमा कवि हो। फरक यत्ति हो कि कोही बढी भावुक हुन्छन् भावनाको प्रवाहमा निरन्तर बग्छन र कविता बन्छ, कसैको कवितात्मक उद्वेग क्षणिक हुन्छ र क्षणिक प्रवाहहरू आउँछन्। जान्छन्। लिपिबद्ध गरिँदैन त्यसैले कविता बन्दैन। तिनजुरे, जलजले, हलहले र शिखघारा को लेकमा रातै गुराँस फुलेको देख्दा विभोर नहुने को होला – सेती नदीमा हिम पहिरो ले ताण्डव मच्चाई ठूलो धनजनको क्षति आफ्नै आँखासामु देख्दा द्रवित नहुने को होला – समाजमा व्याप्त विसङ्गति अन्याय अत्याचार शोषण र भ्रष्टाचारबाट आक्रोसित नुहने को होला ?

कविता अचेल धेरै जसो पढिन्न। अर्थात कविताका पाठक निरन्तर घट्दो क्रममा छन्। कवितालाई मर्दै गरेको विधा भन्छन कसैले। तर कविता कहिल्यै मर्नेछैन। यो पृथ्वीको अस्तित्व जैले सम्म रहन्छ कविता पनि रहिरहनेछ। मनभित्र उर्लिएका भावनाका लहरहरू कविताको रूपमा, गीतको रूपमा, छोटो मीठो लयमा जसरी प्रस्फुटित हुन सक्छन् अन्य विधामा सक्दैनन्। प्रकृतिको चित्रण गामवेसी उकाली ओरालीका चौतारीहरूमा घन्किने प्रणय मिलन र विछोडका सुस्केराहरू आम मानिसले भोग्नुपरेका पीडा र छट्पटि ती पीडा छट्पटिबाट उन्मुक्ति र समाजलाई धोइपखाली स्वच्छ र समुन्नत बनाउने संकल्प र मार्गनिदेश कलात्मक रूपमा प्रष्ट पारिनु असल कविताको धर्म हो। पीडित उपेक्षित जनतालाई चेतनाको दियो बालेर अघि बढ्ने अठोट र मार्ग दर्शन गर्नु असल कविताको कर्म होर्र्। स्वर्णमन्दिर! नामक देशको बन्दना गरिएको लययुक्त कविताबाट प्रस्तुत कविता सङ्ग्रह सुरु भएको छ। चलन चल्तीमा विरलै आउने जस्तैः- मारुत, शोधिता, शैल, रुचिर, निर्झरा, स्वैरी,र्र् इश, रजनी, रश्मिजस्ता कतिपय शब्दको प्रयोग भएको छ तापनि कविता मस्र्याङ्दीको कञ्चन प्रवाह जस्तै सलल बगेको छ। वास्तवमा कविता सङ्ग्रहको मंगलाचरण हो स्वर्णमन्दिर-

अमर सोधिता उर्वरा क्षिति

समरमा लडी आउने जिति

वीर वीर·ना बस्दछन्  जहाँ

शिखर शैलका गाउँ वेसीमा।

सुन्दर कविता हो। यो लयवद्ध भावयुक्त देशको महिमा गाइएको कविता। कुनै कुरा प्रत्यक्ष भन्नुको सट्टा त्यसलाई विम्ब र प्रतीकको माध्यमबाट व्यक्त गर्नु लेखनको उत्कृष्ट शैली हो। स्वर्णमन्दिर, बसन्त दर्शन, परिवर्तन, प्रवाह म्याग्दी बेनी र अरु थुपै कवितामा विशेष किसिमका प्रतीक, बिम्ब, व्यङ्ग्य आदि विशिष्ट कवितात्मक गुण विद्यमान छन्। जसले गर्दा कविता रोचक र सरस बन्न पुगेका छन्।

रानी चरीले पानी माथि

दिनहूँ के खोज्दी हो साथि <

यात उ खोज्छे जीवन ज्योती

या त उ खोज्छे जलमा मोती ? (म्याग्दी बेनी )

अनेक र·ले सजे सुरम्य चित्र बन्दछ

अनेक श्रोत एक भै नदी विशाल बन्दछ

अनेक फूल फक्रँदा प्रकाश दिन्छ बाटिका

अनन्त ज्योति र्छदछन् विभिन्न मूर्तिका टीका ? (विकास)

समय परिवर्तनशील छ। समयको गतिसँगै समाज पनि सुसंस्कृत र परिष्कृत हुँदै जानुपर्ने हो। भाइभाइमा मारामार, काटाकाट, तानातान र हानाहान नहुनुपर्ने हो। किन्तु समाजबाट अन्याय-अत्याचार शोषण र भ्रष्टाचार हट्न नसक्दा कविको भावुक हृदय यसरी बोल्छ

छली, कपटी व्यक्ति देखें जनताहरूको प्रतिनिधि १

गर्दा गर्दै कति कति मोरे कतिले दौलत जोरे

विस·तिका यस्ता घटना लाखौं कतिले कोरे

युग युग मानिस उस्तै देखें भाइभाइमा तानातान

मातृ हृदयमा रक्त बगाई कुस्ता-कुस्ती र हानाहान – -कविता भएन ) कवि त स्वप्न द्रष्टा हो। युग श्रष्टा हो। हृदयको पानामा उसले हर्दम सत्यम् शिवम् र सुन्दरम् मात्र लेख्छ, त्यही देख्छ। अँध्यारोलाई नास गर्ने सड्ढल्प गर्छ। जनताको लागि मर्ने प्रण गर्छ। त्यसैले कवि र कलममा कवि यसो भन्छन्।

कवि निशाको हो भैंचालो

कवि हृदयमा भर्छ उज्यालो।

कवि नवयुगकोर्र् इच्छा गर्छ

कवि जनताको निम्ति मर्छ। ? (कवि र कलम)

अहिलेका युवा भनेका देशका खम्बा हुन्। चरित्रवान, इमान्दार र परिश्रमी युवाहरू भएको देश र समाज विकासको गतिमा कहिल्यै पछि पर्दैन। फक्रँदो पुष्प हो। अखण्ड शक्तिको पुञ्ज हो युवा भनेको। युवाहरू शसक्त भइ उठे देश विकाशमय बन्न सक्छ।  युवाहरू कुलतमा फँसी अशक्त  भए भने देशको भविष्य नै चौपट हुन्छ। त्यसैले युवाहरूलाई कवि यसरी आÞवान गर्दछन्।

तिमी सशक्त भइ उठे विकास जुर्मुराउँछ

तिमी अशक्त भइ सुते विनाश शीघ्र आउँछ।

चरित्रको अभाव छ चरित्र सिर्जना गर

तिमी स्वदेश भित्र नै अमूल्य रत्न भै मर।  ? (अखण्ड शक्तीपुञ्ज )

जागिरको सिलसिलामा कवि देशका विभिन्न जिल्लामा सरुवा भइ जाँदा तत्-तत् स्थानको बारेमा पनि कविता लेखिएको छ। म्याग्दी बेनी, शृङ्गारित पोखरा, सचित्र लमजुङ, प्यूठान, ‘सिंहदरवार-भूत ब·ला ! आदि कविताहरू त्यसैका उपज हुन्। पोखरा र सेती नदीको धार्मिक महिमा सुन्दरता र पर्यावरणीय महत्त्वबारे कवि यसो भन्छन्।

पवित्र दृष्टिले हेर्दा सेती तीर्थ बराबर

सौन्दर्य दृष्टिले हेर्दा सेती सौन्दर्य सागर

खेतीवालाहरू भन्छन् सेतीको जल अमृत

हिमाली पहिरो चल्दा सेती बन्छ स्वयम् मृत

नदी हिमाल औ ताल एकै ठाउँ सुशोभित

यस्तो संयोग पाइन्न विश्वमा कहीँ मिश्रति

पोखरा आउने यात्री गर्दछन्  भव्य वर्ण

त्यसैले पोखरालाई भू-र्स्र्वग नभनौं किन ? (शृङ्गारित पोखरा)

जीर्ण चौतारो शिर्षकमा कविले आफ्नो राष्ट्रवादी स्वरलाई घन्काएका छन्। विकास निर्माणको नाममा पोखरी पुर्ने चौतारी भत्काउने, वर पिपल का रुख काटेर लीलाम गर्नेहरूको बोलवाल छ। कविले देशको सार्वजनिक सम्पत्ति मासेर खानेलाई नेल ठोक्नुपर्छ भनी आफ्नो विरोध दर्शाएका छन्।

यो मेरो पुर्खाको चौतारो हो।

यो मेरो बावुको चौतारो हो

र यो मेरो आफ्नै चौतारो हो।   (जीर्ण चौतारो )

मानव चोला वास्तवमा इश्वरको अवतारमा लिन सकिन्छ। चेतना हुनुपर्‍यो म को हूँ – के गर्दै छु के हो जीवनको सारतत्त्व शक्तिशाली मानवरूपका हेर्र् इश्वर अवतार पूर्र्वीय दर्शनको सुन्दर अभिव्यक्ति यो सानो कवितामा मार्मिक ढ·ले व्यक्त गरिएको छ।

सम्झ म को हूँ ? के गर्दै छु ?

के हो जीवन सार ?

शक्तिशाली मानव रूपका

हेर्र् इश्वर अवतार ? (आत्म दशन)

गीति खण्डमा आठ गीतहरू सङ्ग्र्रहित छन्। गीतहरू सुन्दर छन्। लययुक्त गामवेसीका चौतारीहरूमा घन्किने लोकगीत को झल्को पाइन्छ।

बाटै र मुनि बाटै र माथि सुटुक्क भेटौंला

हृदय रस पोखेर मनको रहर मेटौंला।

व्रि्रोह शीर्षकको गीतमा कविले वर्तमानको गतिविध्रि्रति असन्तोष व्यक्त गरेका छन्। परिवर्तनको यो सङ्घारमा शोषित पीडितहरूको पनि दिन आउला देशले निश्चित गति लेला एउटा निकास देला भन्ने सोच र चाहना आम जनतामा थियो। तर त्यसो हुन नसक्दा कविले आफ्नो भाव यसरी व्यक्त गर्छन्।

राजतन्त्र धपाएर गणतन्त्र आयो।

जनताको नाउँ बेची नेताजीले खायो

के गुमाए जनताले प्रजातन्त्र बाट ?

के पाए त जनताले लोकतन्त्र बाट ?

यो कविता सङ्ग्रहमा जम्मा जम्मी सत्तरीवटा कविता समाविष्ट छन्। कुल सत्तरीमध्ये १९ ओटा पद्य कविता, ४३ ओटा गद्य कविता र ८ ओटा गीत भनी छुट्याइएको छ। हरेक कवितामा मितिको टिपोट छैन गीति खण्डको व्रि्रोहमा २०६९ असोज पहिलो पक्ष भनी मिति लेखिएकोले यो सङ्ग्रहभित्र २०१७/२०३१ हुँदै २०६९ सम्मको लामो काल खण्ड समेटिएको छ। ५० वर्ष अर्थात आधा शताब्दी भनेको लामो समय हो। समयको गतिसँगै देश काल र परिस्थिति कहाँबाट कहाँ पुग्यो। कत्रा कत्रा परिवर्तन भए। शिक्षा स्वास्थ्य, यातायात र सञ्चारको विकाससँगै मान्छेको जीवनशैलीमा पनि नाटकीय परिवर्तन भए। मान्छेका असीमित चाहना कति पुगे कति पुगेनन्। परिवर्तनको यो छनक आम जनतासम्म पुग्यो कि पुगेन। मान्छे सुखी छ कि दुखी मान्छेमा किन निराशा र कुण्ठा व्याप्त छ। यावत कुराहरूको सा·ो पा·ोका केही झिल्का प्रस्तुत सङ्ग्रहमा देख्न सकिन्छ। माथि उल्लेखित कविताका अंशहरूले कविता सङ्ग्रहले भन्न खोजेका कुरा स्पष्ट हुन्छ। यो कविता सङ्ग्रहलाई ससर्ती नियाल्दा पूर्वार्द्धमा लेखिएका पद्य कवितामा जस्तो कोमलता कलात्मकता र मीठास उत्तारार्द्धका कवितामा पाइँदैन। उत्तरार्द्धका कवितामा बढी आक्रोस भेटिन्छ। कविता सङ्ग्रह ससर्ती आधोपान्त पढे र मनमा उठेका तर·हरूलाई जस्ताको तस्तै यहाँहरू समक्ष राखेको छु। म कुनै समालोचक होइन। साहित्य अनुरागी मात्र हो। विद्वान विज्ञहरूबाट यसको विस्तृत समीक्षा हुने नै छ। कवि भूपनिधिको कलम चलिरहोस्। विशेष गरी कोमल, शान्त र सुन्दर गीत र कविताहरूको सिर्जना भइरहोस्। यही कामना गर्दछु। अन्तमा यही सङ्ग्रहभित्रको यो कवितांश उदृत गर्दै यो लेखको यहीँ विट मार्न चाहन्छु।

भोगेर जो संचय गर्छ केही, गर्ला कसैको उपकार त्यही

त्यागेर भोगे मनपूर्ण हुन्छ, स्वार्थी भएमा सव चूण हुन्छ।

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width