उत्ताउलो बन्दै एसएलसी

आदर्श समाज सम्वाददाता
चैत्र २२, २०७२

विभिन्न मापदण्डका आधारमा माध्यमिक तहको अन्त्यमा लिइने परीक्षा माध्यमिक तह उत्तीर्ण परीक्षा अर्थात् एसएलसीलाई र्सार्वजनिक परीक्षा भन्न सकिन्छ। सायद यही र्सार्वजनिक हुनुका कारण यो परीक्षा आरम्भदेखि नै बढी कौतुहल, जिज्ञासा र आम सरोकारको विषय बन्न गयो। अझ उच्च तहको शिक्षाका लागि यो परीक्षा अनिवार्य उत्तीर्ण हुनैपर्ने कारणले गर्दा पनि अन्य परीक्षाभन्दा यो परीक्षालाई विशेष रुपमा हेर्ने र लिने गर्न थालिएको पाइन्छ।

Nagendra Raj Poudel

आजको दुनियाँ हिजोको जस्तो छैन, हुनुहुन्न पनि। परीक्षा वर्ष दिनको महनेतको उजागर गरी आफ्नो स्थान थाहा पाउने उपयुक्त विधि त हुँदै हो,  यस अर्थमा यो एकेडेमिक पक्ष हो एकातिर भने अकोर्तिर वषौर्को अभिभावकको लगानी र सिकारुको सिकाइलाई निश्चित समयसीमाभित्र रहेर व्यक्त गर्नुपर्ने, मानौ यो दिन ऊ बिरामी पर्न नहुने, परेमा थप अको वर्ष दिन कुर्नुपर्ने, उसले पढेका र जानेका यावत कुरा थाती राखेरै भए पनि प्राश्निकले सोधेका र खोजेका कुरामात्रै जानी-नजानी लेख्नुपर्ने बाध्यात्मक परिस्थितिका कारण यो जटिल प्राविधिक पक्ष पनि हो। वषौर्को तयारीलाई तोकिएको दिन, समय र स्थानमा गएर व्यक्त गर्नुपर्ने र यो अवसर सबैका लागि एकै पटक आउनु र्सार्वजनिक परीक्षाको विषेषता पनि हो र यसका लागि सिकारुलाई म सक्षम छु भन्ने आत्मविश्वास उत्पन्न गराउन जरुरी भएकाले गर्दा यसको मनोवैज्ञानिक पक्ष पनि उत्तिकै महत्वपूर्ण देखिन्छ।

जब परीक्षाको मनोवैज्ञानिक पक्षको कुरा आउ“छ, हामी जानेर वा नजानेर यस पक्षमा चुकेकै हुन्छौ। वषौ भयो एसएलसीलाई फलामे ढोका नभनौ भनेको तर यो चलन हटन सकेको छैन। घरमा हुकेका चेलीलाई राति अबेरसम्म बाहिर जान हुन्न भन्दा उनीहरूमा गएर के हुने रहेछ, गै हेरौ न भन्ने जिज्ञासाले घर गरेझै फलामे ढोका नभनौँ भनेर हल्ला गरिँदा पनि विद्यार्थीमा थप कौतुहलता सिर्जना भएको छ ः हिजो किन फलामे ढोका भनियो र आज किन भनिएन भनेर।

देशभर एकै पटक सञ्चालन हुनु, पठनपाठन गर्ने/गराउनेभन्दा पृथक निकायले परीक्षा सञ्चालन गर्नु र्सार्वजनिक परीक्षाका चिनारी नै हुन्। यस अर्थमा यो परीक्षा पनि यही प्रकृतिको भएकाले अन्य परीक्षाको तुलनामा तयारी, सञ्चालन र परीक्षाफल प्रकाशनसमेतका कार्यमा अलि बढी नै र्सार्वजनिक चर्चा हुनु स्वाभाविक हो तापनि यसको तामझाम, विद्यालय -खासगरी संस्थागत) ले हेर्ने गरेको दृष्टिकोण तथा सरकारी संयन्त्रबाटै गर्ने गरिएको प्रचार जस्ता कतिपय कारणले परीक्षाका लागि चाहिनेभन्दा बढी चर्चा, परिचर्चा भए/गरेको पाइन्छ। जसका कारण यो बढी उत्ताउलो बन्दै गएको पनि छ।

हरेक कक्षा वा तहसरह एसएलसी पनि कक्षा १० र माध्यमिक तहको अन्तिममा लिइने निर्णयात्मक परीक्षा  नै हो। योमात्रै एउटा यस्तो परीक्षा होइन जो अनुत्तीर्ण हुँदासाथ जीवन बर्बाद भैहाल्ने र उत्तीर्ण हुँदासाथ मालामाल भैहालिने। यदि यसो हुँदो हो त विगतमा बोर्डभित्र परेकाहरूले आज संसारै बदल्नुपर्ने थियो तर कतिपय उच्च शिक्षामा गएर रुमलिइरहेका पनि छन् भन्ने सुनिन्छ। तसर्थ यो परीक्षालाई जीवनको समग्रता ठान्ने सोचमा परिवर्तन गरी यो त केवल साध्य नभै साधनमात्र  हो भन्ने कुरा बुझ्न, बुझाउन जरुरी छ। विद्यालय वा उच्च विद्यालय तहका कुन्ौ पनि परीक्षाले यतिको चर्चा नपाउनु, लगभग जीवनको रुचि, चाहना अनुसार अधिकतम लगानी गरेर पठनपाठन गरेका एमबिबिएसलगायतका परीक्षा र परीक्षफलका बारेमा सरोकारवालाबाहेक अन्यलाई कमै सूचना सम्प्रेषण गरिनु तर एसएलसीलाई प्रश्नपत्र छपाइ, उत्तरपुस्तिका वितरण, केन्द्र निर्धारण, परीक्षा व्वस्थापन, अनुगमनको झ्याली पिटाइ, सञ्चारीकरणजस्ता अनेकौं अनावश्यक पक्ष हावी हुँदा यो परीक्षा आवश्यकताभन्दा बढी उत्ताउलो भएको हो। यसले विद्यार्थीमा मनोवैज्ञानिक डर पनि उत्पन्न गरेको छ। कतिपय विद्यालय-खासगरी संस्थागत), होस्टेल र अभिभावकसमेतले जसरी पनि उच्चतम अङ्कका साथ उत्तीर्ण हुनुपर्ने अड्डीका कारण केन्द्राध्यक्ष चयनदेखि परीक्षा सञ्चालनका गतिविधिमा समेत अनावश्यक पावर सो गरेका हुन्छन्। विद्यार्थीलाई परीक्षा हलमा जाने बेलामा रातो टीका लगाइदिएर एउटा यस्तो मनोवैज्ञानिक दवाव सिर्जना गराएको पाइन्छ ता कि उनीहरू कुनै  युद्धभूमिमा जा“दै छन र यसपालिको युद्ध उनीहरूले कुनै पनि हालतमा जितेरै आउनुपर्छ। सायद यही मनोवैज्ञानिक दबाबका कारण कतिपयले यसको नतिजा आएपछि असफल हुँदा वा आशातीत परिणाम नआउ“दा आत्महत्या गरेका घटनासमेत हाम्रोसामु छन्।

कुनै पनि सकारात्मक कुराको उदाहरणले व्यक्तिमा उत्प्रेरणा आउने हो। हामी कहाँ त सुरुदेखि नै तैले कुनै पनि हालतमा एसएलसी पास गर्ने पर्छ भनेर दिमाग एकोहोरो बनाइएको हुन्छ। जीवन सकिनु हो भन्ने सन्देश हामीले प्रत्यक्ष-परोक्ष प्रवाह गरिरहेका हुन्छौ। अको कुरा, सरकारी संयन्त्रले परीक्षाको व्यवस्थापन चुस्त-दुरुस्त भएको कुराभन्दा परीक्षा अनुगमनका लागि यति सङ्ख्यामा टोली परिचालन हुँदै छ,,सहसचिव नै आउ“दै छन्, अन्यथा गर्नेलाई परीक्षाबाट निष्कासित गरिनेछ जस्ता नकारात्मक सन्देश सुनाइएको हुन्छ। जसबाट परीक्षार्थीको मनमा सँधै डर, भय र त्रासले घर जमाएको हुन्छ। सँधै र सबै खराब परीक्षार्थीमात्रै डराउ“छन् भन्ने छैन। शान्तसँग लेख्ने परीक्षार्थीका लागि पनि यी सन्देश प्रत्युत्पादक हुन्छन्। अनुगमन त कलेज तहमा पनि हुन्छ तर त्यहाँ हल्ला हुँदैन। हल्ला नभएपछि परीक्षार्थीमा डर, भय र त्रास हुँदैन। कलेज तहका परीक्षा पनि त र्सार्वजनिक परीक्षा नै हुन् र यी परीक्षा मर्यादित तवरबाट सञ्चालन भएकै हुन्छन् तर त्यहाँ यतिको चर्चा वा सञ्चारीकरण हुँदैन र भडकिलो पनि कम नै देखिने गर्छ। तसर्थ  हामीले एसएलसी मनोविज्ञान बुझ्न, बुझाउन जरुरी छ। यसलाई थप व्यवस्थित, मर्यादित र शान्तिपूर्ण बनाउन अनावश्यक सञ्चारीकरण गरेर होइन, विद्यार्थीमैत्री व्यवहार प्रदर्शन गरेरमात्र सम्भव छ। यसलाइ जीवनको साध्य नभई साधन बनाउने हो भन्ने बुझाइ र  यसका विकल्पमा पनि टिएसएलसी, व्यावसायिक तथा प्रविधियुक्त अन्य रोजगारमूलक शिक्षाको प्रशस्त सम्भावना हामीसँग मौजुद छ भन्ने कुरा बुझाउन सकेको खण्डमा  परीक्षा सञ्चालन तथा परीक्षाफलका कारण अकाल मृत्युको जोखिमलाई समेत  कम गर्न   सकिन्छ।

(लेखक जिल्ला शिक्षा कार्यालय तनहुँका उपसचिव हुन्)

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै