स्वचालित स्यानीटाइजनर मेसिन सञ्चालनमा

रासस
वैशाख ३, २०७७
NPA-Chitwan-SwachalitSanitizedb

नेपाली युवा उद्यमी मञ्च चितवनले नारायणगढको पुलचोकमा राखेको वाक थ्रु स्वचालित सेनीटाइजिङ च्याम्बरमा सेनीटाइजिङ् गर्दै यात्रु । तस्वीरः नारायणप्रसाद अधिकारी, रासस

चितवन र नवलपरासी आवतजावत गर्नेहरुले स्वचालित स्यानीटाइजर मेसिनमा अनिवार्य बस्नुपर्ने भएको छ । नारायणी पुलको नारायणगढतर्फको पुलचोकमा स्वचालित सो मेसिन उपकरण जडान गरी आजदेखि सञ्चालनमा ल्याइएको हो ।

चितवनतर्फ आउने र नवलपरासीतर्फ जाने जो कोहीले पुलचोकमा रहेको वाक थ्रू स्वचालित स्यानिटाइजिङ च्याम्बरमा अनिवार्य रुपमा छिर्नुपर्नेछ । नेपाली युवा उद्योगी मञ्च चितवनले सो च्याम्बर सञ्चालनमा ल्याएको हो ।

कोभिड–१९ को सङ्क्रमण बाहिरबाट आएकाका कारण जिल्लामा नहोस् भन्ने उद्देश्यले यो च्याम्बर सञ्चालन गरिएको हो । च्याम्बरको आज चितवनका प्रजिअ नारायणप्रसाद भट्टराईले उद््घाटन गर्नुभयो ।

सो अवसरमा प्रजिअ भट्टराईले यसले कोरोना रोकथाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । जिल्ला प्रवेश गर्ने र बाहिरिने दुवैलाई यसको उपयोगिताका बारेमा जानकारी गराई प्रयोगमा ल्याउनुपर्ने उहाँको भनाइ थियो । जिल्लामा कोरोनाको सङ्क्रमण फैलन नदिनका लागि स्थानीय प्रशासनले लकडाउनलाई प्र्रभावकारी रुपमा कार्यान्वयनमा ल्याएको भट्टराईले बताउनुभयो । पैदल आएका वा सवारीमा आएकालाई सो च्याम्बरमा राखेर १० सेकेन्ड घुमेपछि शरीर पूरै स्यानिटाइजिङ गरिनेछ ।

मञ्चका अध्यक्ष दाताराम घिमिरेका अनुसार रु एक लाख ५० हजारको लागतमा निर्माण गरिएको सो च्याम्बरमा उच्चस्तरीय कीटनाशक रसायन प्रयोग गरिएको छ । त्यसले मानिसलाई पाँच घण्टासम्म सुरक्षित राख्ने उहाँले जानकारी दिनुभयो । युवा उद्यमी राजेश गौतमले एकपटकमा चारजनासम्मको स्यानिटाइजिङ गर्न सकिने बताउनुभयो । मञ्चले चैत २३ गतेदेखि लकडाउनको समयमा पैदल आएका यात्रीहरुलाई पुलचोकमा नै खाना खुवाउँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…
  • बुढ्यौलीमा भेडीगोठ मोह

    धनबहादुर गुरुङ वैशाख १६, २०८१
    पोखरा । डोको, नाम्लो, पेरुंगो, ठेकी, बख्खु, भकारी अनि लालीगुराँसले सजिएको भेडी गोठको भोटे कुकुरले सुरक्षा गरिरहेको छ । भित्र…
  • जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै

    धनबहादुर गुरुङ वैशाख १५, २०८१
    पोखरा । ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा, हेर्दा राम्रो मार्फा स्याउ, खाँदा मिठो मार्फा स्याउ…’ वसन्ती लालचनको शब्द अनि ज्योति…
  • त्रासैत्रासमा तंग्रिदै कागबेनी

    धनबहादुर गुरुङ वैशाख १४, २०८१
    पोखरा । हिउँ पर्ने सिजनमा हिउँ परेन, पानी नपर्ने बेला मुस्ताङमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय,…

hero news full width