दर्शकको सट्टामा पुतलाहरुले भरिएको स्टेडियममा ताइवानको बेसबल लिग

एजेन्सी
वैशाख ३, २०७७
Taiwan Baseball League

यतिबेला, कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वको खेलकुद गतिविधिहरु ठप्प छ ।

संसारलाई कोरोना भाइरस (कोभिड १९) का कारण जुलाईसम्म सबै जसो खेल प्रतियोगिता रद्द भएका छन् । विश्वका मान्छेहरु घरमै बन्द छन् ।

यस्तो अवस्थामा पनि ताइवानको बेसबल लिग शुरु गरिएको छ । यसअघि, १३ मार्चदेखि शुरु हुने भनिएको बेसबल लिग कोरोना भाइरसको कारण स्थगित गरिएको थियो ।

एक महिनापछि शुरु हुँदा स्टेडियममा दर्शकहरु छैनन् । तर, हरेक सिटमा पुतलाको लाम लगाइएको छ । यसको अलावा रोबोट पनि राखिएको थियो ।
सो लिगमा यूनी प्रेसिडेन्ट ७ ले ४ घण्टा भन्दा बढी चलेको खेलमा चाइना ट्रस्ट ब्रदर्शलाई ४–१ ले हराएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै