किलियन एम्बाप्पे रियल मड्रिड जाने पक्कापक्की

एजेन्सी
वैशाख २, २०७७
Ambappe Killian, PSG

फ्रान्सेली अन्तर्राष्ट्रिय फरवार्ड किलियन एमबाप्पे कुनै दिन रियाल मड्रिडको खेलाडी हुने पक्कापक्की भएको छ ।

पेरिस सेन्ट जर्मन (पीएसजी)का पूर्व मिडफिल्डर जेरोम रोथेनले यस्तो बताएका हुन् ।

कोरोना भाइरसको महामारीले उग्र रुप लिनुअघि एमबाप्पेको सान्टियागो बेर्नाबेउ सरुवा पक्का जस्तै भइसकेको रोथेनले बताए ।

उनले अहिले परिस्थिति बदलिएकाले यो सरुवालाई केही समय लाग्न सक्ने अनुमान गरे ।

रियालका प्रशिक्षक जिनेदिन जिदानले पनि एमबाप्पेप्रतिको सकारात्मक भावना बारम्बार सार्वजनिक गरिरहेका छन् ।

यस्तो बेला, फ्रान्सका युवा फरवार्ड र ला लिगाको महारथीबीच सम्भावित सरुवाका लागि थुप्रैपटक सम्पर्क भएको बताइएको छ ।

२१ वर्षे एम्बाप्पे २०१७ मा मोनाकोबाट फ्रान्सेली च्याम्पियन पीएसजीमा लोन सम्झौतामा आएका थिए ।

त्यसपछि, २०२२ सम्मका लागि पीएसजीसँग सम्झौता गरिसके पनि उनले लिग वानको च्याम्पियनमा भविष्य नखोज्ने संकेत गरिसकेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width