बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ज्यान गुमाएका पाल्पाका बाबुराम थापाको शव उठेको छ। विभिन्न माग राखेर आफन्तले शव बुझ्न मानेका थिएनन ।
राहत , बच्चाहरुलाई निशुल्क शिक्षा र श्रीमतिलाई रोजगारी दिने सहमती पछि आफन्त शव बुझ्न तयार भएका हुन् । सहमतीसंगै उनिहरुले बुटवलकै मगरघाटमा अन्तिम संकारको तयारी गरेका छन् ।
प्रदेश ५ को समाजिक विकास मन्त्रालयमा बुधबार आयोजित सर्वपक्षीय बैठकबाट परिवारका सदस्यको माग सम्बोधन गर्ने सहमति जुटेको हो। बैठकमा सहभागी मानवअधिकारकर्मी गोविन्द्र खनालले मृतक बाबुरामको परिवारलाई दिनेगरी आधारभूत राहत कोष बनाउने सहमति बनेको सहमती भएको बताए ।
सरकारी निकाय संगै ५ लाख पचास हजारको आधारभुत कोष र उक्त कोषमा समाजसेवी दाताहरूको सहयोगबाट समेत थप गरि ८ लाख ४१ हजार १ सय १ रुपैयाको कोष भएको छ ।
त्यसैगरी, बाबुरामका २ छोरालाई उच्च शिक्षासम्म पठनपाठन र श्रीमती रीता थापा क्षेत्रीलाइ सैनामैनाको स्थानीय सरकारले रोजगारी दिने लिखित सहमति पनि समाजिक विकास मन्त्री सर्दुशन वरालले गरेका छन् । मानवअधिकारकर्मीहरु नागरिक समाज लगायतका प्रतिनिधिहरुको रोहवरमा शव उठाउनका लागि पहल भएको हो ।
दुबईबाट चैत्र पहिलो साता नेपाल फर्किएका थापा उपचारका लागि चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल आएका थिए । अस्पतालमा भर्ना भएको चौथो दिन चैत १६ गते धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा उनको ज्यान गएको थियो ।
उनको मृत्यु भएको दिन मात्रै स्वाब परीक्षणका लागि पठाइएको थियो भने दोस्रो दिन मात्रै रिपोर्ट नेगेटिभ आएको थियो । तर, परिवारले उपचारमा लापरबाही भएको भन्दै शव बुझ्न मानेका थिएनन् । क्षतिपूर्तिलगायतका माग उनीहरूले अघि सारेका थिए ।
Related News
सम्बन्धित समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
hero news full width
मुख्य समाचार
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१