कोरोना आशंकामा तनहुँका एक व्यक्तिलाई उपचारका लागि पोखरा पठाइयो

आदर्श समाज सम्वाददाता
चैत्र २६, २०७६
thumb

तनहुँ, २६ चैत । कोरोना भाइरसको आशंकामा तनहुँ जिल्लाको भानु नगरपालिका एक पुरुषलाई उपचारका लागि पोखरा पठाइएको छ ।

कतारबाट फर्केर चैत २३ गतेदेखि होम क्वारेन्टाइनमा बसेका उनलाई मंगलबार राति एक्कासी ज्वरो र घाटी दुख्न थालेपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्गतरगत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको जानकारी भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताए । पोखराबाट एम्बुलेन्स मगाएर पिपीई सहितको व्यवस्था गरेर बिरामीलाई उपचारका लागि पोखरा पठाइएको हो । गत फागुन २८ गते कतारबाट घर आएका ती व्यक्तिमा ज्वरो घाटी दुख्ने भएपछि उपचारका लागि पोखरा अस्पताल पठाइएको हो । ती व्यक्तिमा कतार रहेकाबेलापनि ज्वरो आउने र केही दिनपछि निको हुदै आएको थियो । कोरोना रोकथाम तथा उपचारका लागि भानु नगरपालिकाले ५० लाख रुपैयाँ छुट्याएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width