हेमजा सहकारीको आयोजनामा ४५ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
चैत्र २२, २०७६
Blood Donation photo_ Hemja Sahakari

श्री हेमजा बचत तथा ऋण सहकारी संस्था लि. ले पोखरा–२५ मा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन भएको छ ।  ६३ औ सहकारी दिवसको अवसरमा विश्वव्यापि माहामारीको रुपमा फैलीएको कोरना भाइरस (काेभिड १९) को प्रकोपको कारण भएको रगत अभावलाई मध्येनजर गरि रक्तदान कार्यक्रम राखिएको संस्थाका सल्लाहाकार संयोजक मीनराज तिमिल्सिनाले बताए ।

नेपाल रेडक्रस सोसाइटी, क्षेत्रीय रक्तसंचार सेवा केन्द्र, पोखरा, कास्कीको प्राबिधिक सहयोगमा संचालन गरिएको उक्त कार्यक्रम कोरना संक्रमणको जोखीमलाई मध्ये नजर गरि पोखरा –२५, हेमजा मिलनचोक र बा“स्कोट गरि दुई स्थानबाट रगत संकलन गरिएको संस्थाका सचिव विनोद प्रसाद त्रिपाठीले जानकारी दिए । साथै “माक्स, सेनिटाईजर, पञ्जाको प्रयोग गरिनुको साथै आवश्यक न्युनतम दुरी कायम गरी संवेदनशील भएर कार्यक्रम संचालन गरीएको हो”– त्रिपाठीले बताए दिए ।

कार्यक्रममा उक्त सहकारी संस्थाका अध्यक्ष होतराज त्रिपाठीले रक्तदान जीवनदान भन्ने नारालाई आत्मसाथ गरि देशमा जारी लक डाउनको अबस्थामा पनि रक्तदानमा सरिक भएका सम्पूर्ण रक्तदाताको प्रशंसा गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width