रामकुमार श्रेष्ठ –नवलपरासी, २० चैत्र । पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका ३ स्थित कालीगण्डकी नदीमा डुंगा दुर्घटना हुँदा १ जना वेपत्ता भएका छन् ।
डुंगा चालक सहित ५ जना सवार डुंगा एक्कासी पल्टिएर दुर्घटना भई नदीमा डुबेपछि १ जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।बुधबार साँझ डुंगा नदीमा डुबेको हो । नदीमा डुबेर नवलपुर जिल्लाको बुलिङ्गटार गाउँपालिका ३ बस्ने ११ वर्षीया ईशारा दरै वेपत्ता भएकी हुन् । उनको खोजी कार्य जारीरहेको प्रहरीले जनाएको छ ।
तनहुँको रिसिङबाट काठको डुंगामा नदी पार गर्ने क्रममा डुंगा डुबेको हो । डुंगा चालक तनहुँको शिरकोट गाउँपालिका ४ बस्ने २० वर्षीय महोरपा मगर फरार रहेका छन् । डुंगामा सवार अन्य ३ जना नवलपरासीको बुलिङटार गाउँपालिका ३ बस्ने १२ वर्षीया पूर्णिमा दरै, १३ वर्षीया नम्रता दरै र ११ वर्षीया सीमा दरैलाई भने प्रहरीले सकुशल उद्दार गरेको छ ।
Related News
सम्बन्धित समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
जनप्रियको वार्षिकोत्सवमा सम्मान
खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१