पोखरा २८ मा राहत वितरण र कोरोना रोकथामबारे छलफल

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७६

पोखरा, १८ चैत । साबिक माझठाना र कालिका गाविस समेटेर बनाइएको पोखरा महानगरपालिका वडा नं. २८ ले कोरोना संक्रमणका जोखिम पहिचान गरी मंगलबार सर्वदलीय बैठक गरेको छ ।

वडाध्यक्ष निर्मल दियालीको अध्यक्षतामा भएको बैठकले महानगरको मापदण्ड बमोजिम अति विपन्नलाई राहत र वडावासीलाई कोरोनाबाट सुरक्षित बनाउने उपायबारे छलफल गरेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रण सम्वन्धी वडा स्तरीय समितिका संयोजकसमेत रहेका वडाध्यक्ष दियालीले वडा वडामा क्रियाशील विभिन्न राजनीतिक दल, नागरिक समाजका अगुवा, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, सुरक्षाकर्मी, नेपाल रेडक्रस सोसाईटी, युवा क्लब लगायतका प्रतिनिधिसँग सर्बदलीय, सर्वपक्षीय बैठक गरी महासंकटको मुकाबिला गर्ने उपाय खोजिएको जानकारी दिए ।

उनले स्थानीय राजनीतिक दल, संघ, संस्था सबैसँग सहकार्य गरी महानगरको मापदण्ड अनुसार राहत आवश्यक पर्नेहरुको नाम दिन अनुरोध गरेका छन् । वडाध्यक्ष दियालीले साबिक माझठानाको भेटेरिनरी कार्यालयमा क्वारेन्टाइन बनाउने निर्णय भएको जानकारी दिए । यसको तयराीका लागि वडा सदस्य विष्णुप्रसाद तिवारीको संयोजकत्वमा वडा सदस्य अम्बिका बुढाथोकी र राधाकृष्ण तिवारी रहेको समिति बनाइएको छ ।

बैठकबाट स्थानीय व्यापारी, व्यवसायीले वडाले तोकेको समयमा भिडभाड नगरी काम गर्नुपर्ने निर्णय भएको छ । वडामा अझैबजारमा मानिस घुम्न आउने भएकाले उनीहरुलाई सम्झाईबुझाई फर्काइने भएको छ ।

बैठकले आगामी दिनमा वडामा भारत तथा तेस्रो मुलुकबाट आउने व्यक्तिलाईसुरक्षित तवरले घरैमा वा तोकिएका क्वारेन्टाईनमा बस्नुपर्ने निर्णय गरेको छ । लकडाउनका कारणले दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिहरुको तथ्यांक संकलन गरी पोखरा महानगरपालिका कार्यालयमा पठाउने र राहत वितरण गरिने भएको छ ।

वडाका दैनिक उपभोग्य पसल व्यवस्थित र सुरक्षित तवरले गर्न  दैनिक समय निर्धारण गरी खोलिने भएका छन् । यी पसल बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुका ४ वजेदेखि ७ वजेसम्म सुरक्ष्ति तवरले खोलिने छन् । वडाका टोल, वस्ती मठ मन्दिर, गोष्ठी आदिमा भेला हँुदा आवश्यक दुरी कायम गर्न र सुरक्षाका उपाय अपनाउन बैठकले अनुरोध गरेको छ । वडाले  विभिन्न टोलका असाहाय बृद्ध, फरक क्षमता भएका व्यक्ति र दुई वटै स्वास्थ्य संस्थालाई ६ सय मास्क वितरण गर्ने भएको छ ।

बैठकमा नेकपा अध्यक्ष भोलानाथ त्रिपाठी, सचिव यज्ञप्रसाद तिवारी, कार्यदल सदस्य नारायण त्रिपाठी

कांग्रेस इकाइ उपसमिति शिवबहादुर अधिकारी रेडक्रस, प्रहरी, युवा क्लब आदि प्रतिनिधि सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

  • तारकाङ–पोखरा सम्पर्क समाजको शुभकामना

    आदर्श समाज सम्वाददाता असाेज २०, २०८१
    पोखरा । तारकाङ–पोखरा सम्पर्क समाजको आयोजनामा शनिबार शुभकामना आदानप्रदान सम्पन्न भयो । नेपालीहरुको महान चाड दशैँ, तिहार, छठ–२०८१ तथा नेपाल…
  • डाँडाकोनाक–विजयपुर कालोपत्रे तयारी

    आदर्श समाज सम्वाददाता असाेज २०, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–२६, डाँडाको नाकदेखि विजयपुर ब्यारेक सडकखण्ड कालोपत्रे गर्ने गरी निर्माण कम्पनीले आफ्नो कार्यलाई तीव्रता दिएको छ…
  • विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान

    आदर्श समाज सम्वाददाता असाेज १७, २०८१
    पोखरा, १७ असोज । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति आयोजनामा विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु भएको छ । घटस्थापनामा मन्दिर…
  • कृषि पत्रकारिता तालिम

    आदर्श समाज सम्वाददाता असाेज १७, २०८१
    लेखनाथ । कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र गण्डकीले पोखरामा कृषि पत्रकारितासम्बन्धी तालिम सुरु गरेको छ । कृषिको क्षेत्रको…
  • जनप्रकाश क्याम्पसको २० औं साधारणसभा

    आदर्श समाज सम्वाददाता असाेज १७, २०८१
    पोखरा । पोखरा २९, भण्डारढिकस्थित जनप्रकाश बहुहुखी क्याम्पसको २०औं साधारणसभा बुधबार सम्पन्न भयो । प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य जीवन…

hero news full width