धनकुटा उद्योग बाणिज्य संघद्वारा स्वास्थ्य समाग्री वितरण

विजय राई
चैत्र १८, २०७६
Untitled

धनकुटा १७ चैत्र । पत्रकार,ट्राफिक प्रहरी र एम्बुलेन्स चालकहरुलाई धनकुटा उद्योग बाणिज्य संघले माश्क,सेनिटाईजर र हेण्ड वास समाग्रीहरु वितरण गरेको छ ।

धनकुटामा कोरोना भाईरस (कोभिड १९) लाई फैलन नदिई नियन्त्रण गर्नका लागी आज धनकुटा उद्योग बाणिज्य संघले जनचेतना अभिवृद्धी गर्दै फिल्ड खटिनु पर्ने भएकाले जोखिमा पर्न सक्ने भएकाले पत्रकारहरु,ट्राफिक प्रहरी र एम्बुलेन्स चालकहरुलाई माक्स, सेनिटाईजर,हेण्ड वास र डिटोल सामुनहरु समेत वितरण गरेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।

समाचार सम्प्रेण गर्न दैनिक फिल्डमा खटिनु हुने, पत्रकारहरु र प्रत्यक्ष फिल्ड काम गर्नु हुने ट्राफिक प्रहरीहरु र एम्बेलेन्स चालकहरुलाई आज धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग, महासचिव राम वहादुर गोङ्वा तामाङ्ग, सचिव श्रीराम रायोमाझी,कोषाध्य रुपेश श्रेष्ठ,सदस्यहरु रेजिना पलिखे, लिजा श्रेष्ठ, रेवती प्रसाद अधिकारी, उज्वल कर्माचार्य ,धनकुटा उद्योग बाणिज्य संघका कार्यालय प्रमुख सिजन प्रधान लगायतले धनकुटा उद्योग बाणिज्य संघको तर्फबाट उक्त समाग्रीहरु वितरण गर्नु भएको हो ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतमा सम्पन्न भएको सामाग्री वितरण कार्यक्रमहरु पत्रकारहरुका लागी नेपाल पत्रकार महासंघ धनकुटाको हल, ट्राफिक प्रहरीका लागी धनकुटा जिरोप्वाईन्टमा र एम्बेलेन्स चालकहरुका लागी धनकुटा अस्पताल परिषरमा भएको थियो । भने कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग, नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नेगेन्द्र राईले कोरोना भाईरस बाट बच्न जनचेतना अभिवृद्धी गर्नु पर्ने र लक डाउनमा घरमानै वस्नु पर्ने एक मात्र विकल्प रहेको वताउनु भयो ।

कार्यक्रमको संचालन महासचिव राम वहादुर गोङ्वा तामाङ्गले गर्नु भएको थियो । प्राविधिक सहयोग तथा केही समाग्रीहरु धनकुटा टेक्निकल इन्स्टिच्यूट अफ हेल्थ साईन्स धनकुटाका प्रवन्ध निर्देशक राम नारायण प्रसाद रामाले उपलब्ध गराउनु भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width