नेपालले नामिबिया र स्कटल्यान्डसँग खेल्ने त्रिकोणात्मक सिरिज स्थगित

एजेन्सी
चैत्र १३, २०७६
ICC Cricket

कोरोना भाइरसका कारण आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले नामिबियामा खेल्ने त्रिकोणात्मक सिरिज स्थगित भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले नामिबियामा हुने सिरिज स्थगित भएको जनाएको हो । आइसीसीले विज्ञप्ति निकालेर जुन ३० तारिखसम्मका लागि सबै प्रतियोगिता स्थगित गरिएको जनाएको हो ।

कोरोनाका कारण आइसीसीको मुख्यालय समेत बन्द भएको छ । नेपालले खेल्ने सातौं चरणको सिरिज अप्रिल २० देखि २७ तारिखसम्म नामिबियामा हुने तय भएको थियो । जसमा नेपाल, नामिबिया र स्कटल्याण्डले खेल्ने उल्लेख थियो ।

नामिबियामा पनि कोरोनाको संक्रमण बढिरहेको छ । यसअघि स्कटल्याण्ड क्रिकेट संघले सिरिज सार्नका लागि पत्राचार गरेको थियो । प्रायः सबै देशले यात्रु आवतजावत गर्न बन्द गरेको अवस्थामा सिरिज सार्नुपर्ने भन्दै स्कटल्याण्ड क्रिकेट संघले स्थगित गर्न माग गरेको थियो ।

हालका लागि स्थगित भएको यो सिरिज आगामी सेप्टेम्बरमा हुने आइसीसीले जनाएको छ । खेलको मिति भने तय गरेको छैन । यो प्रतियोगितामा नेपालले मात्र ४ खेल खेलेको छ । जसमा २ जित र २ हार ब्यहोरेको छ । लिगको शीर्ष स्थानमा ओमान रहेको छ । आइसीसीले यसअघि छौटो चरणको सिरिज पनि स्थगित गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width