पोखरा। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सन्दर्भमा लैङ्गिक हिंसाविरुद्ध प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । महिला मानवअधिकार रक्षक सञ्जाल कास्की र प्रतिभा आमा समूह, पोखरा–१४ को संयुक्त आयोजना तथा पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि वडा १४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीले २१ औं शताब्दीमा पनि लिङ्गको आधारमा हिंसा गर्न नहुने भन्दै महिला र पुरुषमा समान कामको समान ज्याला पाउनुपर्ने बताए । उनले वडा १४ लाई हिंसारहित वडा बनाउने प्रतिबद्धता समेत जनाए ।महिला मानव अधिकार रक्षक संजाल कास्की अध्यक्ष तारामाया थापामगरले कार्यक्रमको उद्देश्यबारे प्रष्ट पार्दै यो खालको अभियान एक दिवसीय कार्यक्रम मात्र नभइ ३ सय ६५ दिन नै लैङ्गिक हिंसा र महिला हिंसाविरुद्ध अभियानमा क्रियाशील रहेको बताइन् । कार्यक्रममा छवि गौडेलले प्रशिक्षण दिएका थिए ।
इन्सेक गण्डकी प्रदेशका अधिकृत सवनम शर्मा र लैङ्गिक हिंसामा तनाव व्यवस्थापन विषयमा महिला मानवअधिकार रक्षक संजाल कास्की कोषाध्यक्ष वीना पुनले प्रशिक्षण दिएकी थिइन् । प्रतिमा आमा समूह अध्यक्ष ऋतु खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव राधा वलीले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
किशोरीका लागि सीपमूलक शिक्षा
हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल
छोरीलाई स्वावलम्बी बनाउन बागलुङ ‘नगरकी छोरी’ कार्यक्रम
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
जनजागृति आमा समूहमा शान्ति
hero news full width
मुख्य समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१