भीरबाट लडेर महिला घाइते

आदर्श समाज सम्वाददाता
फागुन २८, २०७६
Hengduan_conifer_forests

तनहुँ, २८ फागुन । बाख्रा चराउन गएकी एक महिला भीरबाट लड्दा दाउराले पेट छेडिएर भूडी फुट्टेको अबस्थामा भेटिएकी छन्।  जिल्लाको दक्षिणी भेगमा रहेको रिसिङ गाँउपालिका–७ घिरिङथोक स्थित जंगलको भीरबाट सोही ठाउँकी ४५ वर्षीया रनमाया आले गम्भीर अवस्थामा भेटिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले घाइतेको दाउराले पेटमा छेडेपछि पेट फूटेको छ छ भने अनुहार र टाउकोमा समेत चोट देखिएको छ । धाँस दाउरा र गाईभैसीं चराउने गोठालाहरुले उनलाई देखेपछि रिसिङ प्रहरीलाइ खवर गरेका थिए । घाइते आलेलाई उपचारको लागि मंगलबार नै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post