स्वतन्त्र पत्रकार संघको राष्ट्रिय सचिवालय बैठक

आदर्श समाज सम्वाददाता
फागुन २८, २०७६
tansen

पाल्पा  ।स्वतन्त्र पत्रकार संघ, नेपालको राष्ट्रिय सचिवालय बैठक मंगलबार पाल्पामा सम्पन्न भएको छ ।बैठकले जिल्ला शाखाहरूको जेठसम्म साधारणसभा गर्ने र काठमाडौंमा असार २० मा राष्ट्रिय समितिको साधारणसभा गर्ने निर्णय गरेको छ ।

यस्तैगरी, बैठकले जिल्ला शाखाहरूलाई जेठसम्म राष्ट्रिय समितिमा साधारण सभाको रिपोर्ट पेस गर्न निर्देशन गर्ने, संघद्वारा वार्षिक रूपमा प्रकाशन हुँदै आएको ‘स्वतन्त्र सन्देश’ प्रकाशन नियमितता दिने, संघको अक्षयकोष विस्तारको लागि केन्द्र, प्रदेश र जिल्ला शाखाहरूमा अक्षयकोष दाता पहिचान गर्ने र विभिन्न संस्थागत कार्यक्रम गरी बचत कोष वृद्धि गर्ने र समाज कल्याण परिषद्मा आवद्ध हुने निर्णय गरेको महासचिव जिवलाल सुवेदीले जानकारी दिए ।

संघकी राष्ट्रिय उपाध्यक्ष अम्बिका पाण्डेले स्वतन्त्र पत्रकार संघबाट सम्पादित कार्यक्रम समीक्षा गर्दै आउँदै वर्षमा संस्थालाई थप क्रियाशील बनाउने निर्णय भएको जानकारी दिइन् । संघका राष्ट्रिय अध्यक्ष केवि मसालले आगामी कार्यक्रम योजना प्रभावकारी बनाउँदै जाने प्रतिबद्धता व्यक्त गरे ।बैठकमा वरिष्ठ उपाध्यक्ष केवि सम्राट, उपमहासचिव नवराज सिलवाल लगायतको उपस्थिति थियो । स्वतन्त्र पत्रकार संघ नेपालले २०७६ सालमा सामाजिक पत्रकारिता पुरस्कार पत्रकार भैरव रिसाललाई प्रदान गरेको थियो ।

स्वतन्त्र रूपमा क्रियाशील पत्रकारको लागि संघमा विभिन्न पुरस्कार स्थापना भएका छन् । २०६८ सालमा स्थापना भएको संघको केन्द्रीय कार्यालय पोखरामा छ । संघको वार्षिक साधारणसभा केन्द्रीय कार्यालय पोखरासहित लुम्बिनी, पाल्पा र बन्दीपुरमा भएको थियो ।
..

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग