कवि आचार्यको ‘पक्षघातका सङ्केत’ विमोचन

आदर्श समाज सम्वाददाता
फागुन २५, २०७६
acharya

पोखरा  । परेली बचत तथा ऋण सहकारी पोखरा–१६ को आयोजनामा कवि शालिग्राम आचार्यको आठौं कृति ‘पक्षघातका संकेत’ (कविताकुञ्ज) को शनिबार विमोचन भयो ।कवि आचार्य उक्त सहकारीका शिक्षा उपसमिति संयोजक हुन् ।

महाकाव्यकार माधव वियोगीले कृतिको विमोचन गरेका थिए । त्यस अवसरमा प्रमुख अतिथि वियोगीले साहित्यकारहरुले पाठकको मनछुने लेख रचना गर्नुपर्नेमा जोड दिदै सिर्जनालाई उमेरले छेक्दैन भन्ने उदाहरण कवि आचार्य भएको बताए ।उनले पोखरा साहित्यको राजधानी भएको र यहाँका स्रष्टाहरुले राष्ट्रलाई गहन कृतिहरु प्रदान गरेको उल्लेख गरे ।कृति समीक्षा गर्दै पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख गेहेन्द्रश्वर कोइरालाले कवि आचार्यको रचनामा अनुभव र सीप झल्किएको बताए ।

उप प्रध्यापक कृष्णप्रसाद तिमिल्सिनाले कृतिकारको जीवनी प्रस्तुत गर्दै उनले सामाजिक क्षेत्रमा पनि योगदान पुर्याएको उल्लेख गरे ।कवि शालिग्राम आचार्यले हरक्षेत्रमा पक्षघात देखिएको चर्चा गर्दै कसैले पनि मातृ भाषाको उपेक्षा गर्न नहुने बताए ।कार्यक्रमको अध्यक्षको आशनबाट सहकारीका अध्यक्ष वलराम आचार्यले शालिग्राम जस्ता लगनशील प्राज्ञिक व्यक्तित्वको सम्मान राज्यले नगरेको भन्दै सहकारीले केही हदसम्म भए पनि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।शेयर सदस्य श्यामसुन्दर आचार्यको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको सञ्चालन वैकुण्ठ पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width