प्रदेशस्तरीय वक्तृत्वकलामा नीरुता प्रथम

आदर्श समाज सम्वाददाता
फागुन १६, २०७६
baktritwokala

पोखरा ।गण्डकी प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोेगितामा पर्वतकी नीरुता शर्मा पहिलो भएकी छिन् । राष्ट्रिय युवा परिषद्को आयोजना तथा सामाजिक विकास मन्त्रालयको व्यवस्थापनमा प्रतियोगिता भएको छ । प्रतियोगितामा गोरखाकी वीपना गान्धारी दोश्रो र म्याग्दीकी सुदिप्ता पौडेल तेश्रो भइन् । पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाएका छन् ।

तीनैजना आगामी चैत ५ मा काठमाडौंमा आयोजना हुने राष्ट्रियस्तरको वक्तृत्वकला प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै सहभागी हुन पाउनेछन् । शिक्षाको रुपान्तरणमा युवाको भूमिका शीर्षकमा स्थानीय तह, जिल्ला हुँदै उनीहरु छनौट भएका हुन् । गण्डकी प्रदेशको मनाङ बाहेक अन्य १० जिल्लाबाट १६ देखि २४ वर्ष उमेरका युवा तथा युवती प्रतियोगितामा सहभागी भएका थिए । पुरस्कार प्रदान गरेपछि सामाजिक विकास मन्त्री नरदेवी पुनले संघीयताको कारण राज्यसँग नागरिकको प्रत्यक्ष पहुँच पुगेको बताइन् । उनले नागरिकले हक, अधिकार र सेवा, सुबिधा लिन आफै पनि अग्रसर बन्नुपर्नेमा जोड दिइन्।

राष्ट्रिय युवा परिषद् सदस्य दिलीप न्यौपानेले देश विकास र परिवर्तनको लागि युवा अपरिहार्य भएको बताए । उनले युवामा भएका प्रतिभा यसैगरी खोज्ने र सही ठाउँमा उपयोग गर्न राज्यले पनि सहयोग गर्नुपर्ने बताए । सामाजिक विकास मन्त्रालयका सचिव डिल्लीराम शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शाखा अधिकृत प्रकाश ओझाले गरेका थिए भने युवा तथा खेलकुद महाशाखा प्रमुख तेजराज काफ्लेले स्वागत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै