चन्द्रोदय सहकारी रौतहटको तालिम पोखरामा

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७६
chandroaya

पोखरा। चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड रौतहटको तीनदिने सहकारी व्यावसायीकरण तालिम बिहीवारदेखि पोखरामा शुरु भएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्राविधिक सहयोगमा सञ्चालित तालिमको उद्घाटन राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमाकुमारी जिसी (अञ्जु)ले गरेकी थिइन् ।

प्रमुख अतिथि जिसीले सहकारीलाई सदस्यको आयआर्जन वृद्धिसँग जोड्न व्यावसायिक तालिम अनिवार्य रहेको बताइन् । सहकारी संस्थाले सामाजिक कार्य गर्दै आएकोमा खुसी व्यक्त गर्दै उनले चन्द्रोदय साकोसले समाजमा पु¥याएको यागदानको प्रशंसा गरिन।राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारी मार्फत आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी संस्थाहरुको व्यवसायिक योजना, संस्थागत सुशासन र सदस्य केन्द्रित व्यवसायमा सहकारीको ध्यान जानु पर्नेमा जोड दिए ।

सहकारीको स्वास्थ्य मापनका लागि सहकारी बैंकले संस्थाहरुको स्तरीकरण कार्यक्रम सञ्चालन गरेकोले सहभागी हुन आव्हान गर्दै उनले व्यवसाय र सुशासनलाई प्रभावकारी बनाउदै अगाडि बढ्न आग्रह गरे ।
चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था अध्यक्ष प्रकाश गहतराजको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम लेखा समिति संयोजक यादव घिमिरेले सञ्चालन गरेका थिए ।संस्थाका सल्लाहकार, सञ्चालक समिति र लेखा समितिका पदाधिकारी तथा सदस्य, उपसमिति सदस्य र कर्मचारी गरी २० जनाको सहभागिता रहेको तालिममा राष्ट्रिय सहकारी बैंकका तालिम अधिकृत सूर्यप्रसाद रिमालले सहजीकरण गर्ने छन् । तालिम ३ दिन चल्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width