लेखनाथ । पोखरा २९, पट्नेरी पुलचोकमा आयोजित श्रीमद्भागवत् धनधान्याचल महायज्ञको तेश्रो दिनसम्म नगद र जिन्सी गरी करिब १६ लाख रुपैयाँ बराबर दान रकम संकलन भएको छ ।सामाजिक कल्याणका लागि बहुउद्देश्यीय भवन निर्माणको संकल्प सहित आयोजित महायज्ञमा सोमबार महायज्ञका सहसंयोजक एवं मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर सुनारले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ र ८ लाख बराबरको जग्गा र त्यसमा निर्मित सटर दान गरेका छन् ।
यस्तै, पुल्चोक कृषि सहकारी संस्था लिमिटेड पोखरा–२९ ले १ लाख ३६ हजार रुपैयाँ दान गरेको छ भने पोखरा–२९ पुल्चोककै ईश्वरबहादुर बिकले ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेका छन् ।यसअघि महायज्ञमा महायज्ञ मूल संयोजक गंगा मल्लले प्रसनी रुद्रबहादुर मल्लको स्मृतिमा २ लाख २२ हजार २ सय २२, प्रेकुमारी कुइकेलले आमाबुबाको पितृउद्धारमा अक्षयकोषका लागि ५५ हजार ५ सय ५५, आदर्श हार्डवेयर पोखरा–२९ भण्डारढिकबाट विजय गुरुङ र सुमन हमालले ५५ हजार ५ सय ५५, पोखरा–२९ भण्डारढिककी उमादेवी भण्डारीले ५५ हजार ५ सय ५५, पुल्चोक आमा समूह पोखरा–२९ भण्डारढिकले १ लाख ११ हजार १ सय ११ नगद दान गरेका छन् ।
झण्डै १ करोड रुपैयाँ संकलन हुने लक्ष्य रहेको महायज्ञमा प्रमुख वाचक पं. कमलनयन गौतम हुन् ।२०४४ सालदेखि पशुपतिनाथ शान्ति आश्रमका नाउँबाट धार्मिक क्रियाकलाप हुँदै आएको उक्त स्थानमा २०७४ देखि राष्ट्रिय परोपकार महासंघ नेपालले समेत सहकार्य गर्दै आएको छ ।महायज्ञस्थलमै शिवरात्री विशेष पूजाआजा सहित सामूहिक ब्रतबन्ध तथा ठाडो बत्ती बाल्ने कार्यक्रम समेत रहेको प्रचार प्रसार उपसमिति संयोजक मोती गिरीले जानकारी दिएका छन् । महायज्ञमा कथाश्रवण एवं आरतीमा सहभागी भै दिन आयोजकले सम्पूर्णमा आग्रह गरेको छ ।महायज्ञ फागुन १० सम्म संचालन हुनेछ ।
Related News
सम्बन्धित समाचार
लेखनाथमा महायज्ञ समिति
राधाकृष्णको महायज्ञबाट ४० लाख
अस्पताल बचाउन फेरि महायज्ञ
राधाकृष्ण मन्दिरमा महायज्ञ जारी
राधाकृष्ण मन्दिरमा श्रीमद्भागवत
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१