पोखरा । सुवास भण्डारीले ९० रनको पारी खेलेपछि बागलुङले पोखरामा जारी गण्डकी प्रदेश स्तरीय पोखरा पल्टन अन्तरजिल्ला क्रिकेट लिग एक दिवसीय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।
पोखरा क्रिकेट एकेडेमीको आयोजनामा भएको खेलमा बाग्लुङले स्याङ्जालाई ५८ रनले पराजित गरेको हो ।
टस जितेर व्याटिङ गरेको बागलुङले पूरा ५० ओभर खेल्दै ५ विकेटको क्षतिमा १ सय ९४ रनको योगफल तयार पारेको थियो । बाग्लुङको तर्पmबाट सुवासले १ सय ३ बलको सामना गर्दै ९ चौका र १ छक्काको मद्धतमा अभिजित ९० रन बनाए । त्यस्तै, अनिल आचार्यले २३ रन जोेडे ।
स्याङ्जाको बलिङमा सन्दीप पराजुली र जनक भट्टराइले २/२ विकेट लिए । किरण भट्टराईले समेत १ विकेट लिए ।
जितका लागि १ सय ९५ रनको लक्ष्य पछ्याएको स्याङ्जा ३३.४ ओभरमा १ सय ३६ रनमै समेटियो । स्याङ्जाको पारीमा सौजन्य रेग्मीले ३९, किरण भट्टराईले १८ तथा गणेश बस्यालले १७ रन जोडे । बाग्लुङको बलिङमा सुवास भण्डारी र सिमोन पौडेलले समान ४/४ विकेट लिए । सचिनराज अधिकारले १ विकेट लिए ।
खेलमा ९० रन र ४ विकेट लिएका बाग्लुङका सुवास भण्डारी प्रतियोगिताको ‘म्यान अफ दी म्याच’ बने । गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्सन प्रजुले सुवासलाई ‘म्यान अफ द म्याच’को ट्रफी प्रदान गरे । प्रतियोगितामा शुक्रबार बाग्लुङ र कास्की ‘बी’विच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक चन्द्रबहादुर गुरुङ जिम्मीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१