दमौली, १ फागुन । महिनावारीको समयमा छात्रालाई विद्यालय आउने वातावरण बनाउन तनहुँको म्याग्दे गाउँपालिकाले सामुदायिक विद्यालयलाई सेनेटरी प्याड उपलब्ध गराएको छ । महिनावारी हुँदा विद्यालयमा गयल हुने प्रवृत्ति बढेपछि गाउँपालिकाले दश विद्यालयमा प्याड उपलब्ध गराएको हो ।
गाउँपालिकाभित्रका चार माध्यमिक र छ आधारभूत विद्यालयलाई पाँच हजार १७० थान प्याड वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन् । छात्रालाई महिनावारीको समयमा कक्षा नियमितता बनाउने उद्देश्यले सेनेटरी प्याड उपलब्ध गराइएको उनले बताइन् । मिन माध्यमिक विद्यालयमा एक हजार ५००, राधा माध्यमिक विद्यालय एक हजार १७०, महेन्द्र माध्यमिक विद्यालयमा ७००, जनगणपति माध्यमिक विद्यालयमा ७००, विजय आधारभूत विद्यालयमा १००, गणेश माध्यमिक विद्यालयमा ३००, रत्न माध्यमिक विद्यालयमा ३००, प्रभा आधारभूत विद्यालयमा २००, अकला आधारभूत विद्यालयमा १००, पसले आधारभूत विद्यालयमा १०० सेनेटरी प्याड वितरण गरिएको बताइएको छ ।
गाउँपालिकाले गत वर्ष पनि नौ विद्यालयमा प्याड उपलब्ध गराएको थियो । प्याडले महिनावारी भएको समयमा छात्राहलाई विद्यालयमा नियमित गराउन सहयोग पुगेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकराज घिमिरेले जानकारी दिए । “विद्यालयमा सेनेटेरी प्याड नपाउँदा महिनावारी भएको समयमा छात्रा विद्यालय नआउने, आए पनि बीचमै पढाइ छाडेर घर जाने गरेका थिए”, उनले भने “गत वर्षदेखि विद्यालयमा नै प्याडको व्यवस्था हुन थालेपछि छात्रा निर्धक्क भएर विद्यालय आउन थालेका छन् ।”
सम्बन्धित विद्यालयका शिक्षिकालाई नै प्याड व्यवस्थापनको जिम्मा दिइएको गाउँपालिकाले जनाएको छ । विद्यालयमा नै सेनेटरी प्याड उपलब्ध भएपछि छात्रालाई सहज भएको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित महेन्द्र माध्यमिक विद्यालयका शिक्षिका अमृता वाग्लेले जानकारी दिए। उनका अनुसार विद्यालयमै प्याड पाउने भएपछि महिनावारीकोे समयमा विद्यालय नआउने छात्राको दरमा कमी आएको छ । “रजश्वलाको समयमा छात्रा विद्यालय नआउने दर बढ्दै गइरहेको थियो, विद्यालयमै प्याड उपलब्ध हुने भएपछि छात्रा नियमित आउने गरेका छन् । उनले भने ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१