पोखरा, २६ माघ । सिद्धार्थ क्लब पोखराले अन्नपूर्ण गाउँपालिका–३ पाउदुर स्थित धारापानी माविमा प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण तथा सेफ्टी प्याड वितरण कार्यक्रम सम्पन्न भएको छ ।
अन्नपूर्ण गाउँपालिका वडा नं ३ का अध्यक्ष चन्द्रबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि चन्द्रबहादुर गुरुङ्गले शारीरिक कसरत र सरसफाइमा ध्यान नदिदा विभिन्न संक्रमणहरु भई रोग निम्त्याउने हुँदा त्यसप्रति ध्यान दिनु पर्नेमा जोड दिए । किशोरी लक्षित यस कार्यक्रमले सरसफाइ तथा स्वास्थ्य चेतनामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । यसैगरी क्लबका अध्यक्ष पार्वती माकाजूले विद्यालय समयमा महिनावारीका कारण किशोरीहरुको पठन पाठनमा पुग्ने असरलाई न्यूनीकरण गर्नुका साथै किशोरीहरुमा प्रजनन स्वास्थ सम्बन्धी सचेत रहन कार्यक्रमले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
प्रजनन स्वास्थ्य आफु पनि सचेत रहन र अरुलाई पनि सो बारे सचेत गराउन अनुरोध गरे । अन्नपूर्ण गाउँपालिका शिक्षा अधिकृत बलराम भुगाईले मन्तव्य राख्दै महिनावारी प्राकृतिक प्रकृया भएको हुँदा यस ारे सचेत रहनु पर्ने र शिक्षा आर्जनको बाधकका रुपमा यसलाई स्थापित गर्न नहुने भनाई राखे । क्लबका व्यवस्थापन प्रमुख सुशील पराजुलीले संचालन, सहजकर्ता साधाना सापकोटा र सामाना कंडेलले कक्षा ७, ८ र ९का छात्रालाई प्रजनन स्वास्थ्य सम्बन्धी सहजीकरण गरेको कार्यक्रममा विध्यालयलाई १०० थान सेफटीप्याड वितरण गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
रेडक्रसलाई लुम्बिनी विकासको सहयोग
विश्व हिन्दु महासंघ गण्डकीमा मुक्तिराम
डुंगा पल्टिएपछि तत्कालै उद्धार
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१