काठमाडौँ, २३ माघ । विश्व बैंकले भूकम्पपछि बस्ती पुनर्निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु २२ अर्ब ८२ करोड ऋण सहयोग उपलब्ध गराउने भएको छ ।
उक्त परियोजना कार्यान्वयनका लागि बैंकले अतिरिक्त ऋणस्वरुप प्रदान गर्ने सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका यहाँस्थित देशीय निर्देशक फारिस एच हाडाड–जेरभोसले हस्ताक्षर गरेका छन् । उक्त रकम भूकम्पबाट प्रभावित ३२ जिल्लामा ८६ हजार घर निर्माणमा खर्च गरिनेछ ।
सम्झौतापत्रमा हस्ताक्षर गरेपछि देशीय निर्देशक हाडाड–जेरभोसले भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारसँग निकट सम्पर्कमा रहेर बैंकले सहयोग गर्दै आएको बताए । निर्धारित समयमा आवासीय भवनहरु निर्माण हुने विश्वास व्यक्त गर्दै पुननिर्माण प्राधिकरणलगायत निकायसँग समन्वय गरेर काम गर्ने बताए । सहसचिव नेपालले नेपालको आर्थिक–सामाजिक विकासका लागि नेपाल सरकारलाई बैंकबाट निरन्तर सहयोग प्राप्त भएकामा हार्दिक आभार व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
hero news full width
मुख्य समाचार
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१