काहुँखोलामा अर्गानिक तरकारी बजार संचालन

आदर्श समाज सम्वाददाता
माघ १७, २०७६
Organic-Sikkim

पोखरा । पोखरा महानगरपालिकाको सहयोगमा वडा १३, काहुँखोलामा विहीवारदेखि किसान बजार संचालनमा आएको छ । किसानले उत्पादन गरेको तरकारीलाई सिधैँ उपभोक्तासम्म सूपथ मुल्यमा पु¥याउने उद्देश्यले किसान बजार संचालनमा ल्याइएको हो ।

महानगरपालिकाको ५ लाख र वडा कार्यालयको २ लाख गरी ७ लाख रुपैयाँ लागतमा बजार संचालनका लागि भवन निर्माण गरिएको छ । सो भवनमा अहिले वडाका १० जना किसानले दैनिक आफ्नो खेतवारीमा उत्पादित तरकारीलाई त्यही बजारमा ल्याएर बेच्दै आएका छन् । वडा १३ र सो क्षेत्र आसपासका किसानको उत्पादनलाई बजारीकरण गर्न यसले सघाउने विश्वास लिइएको छ । रसायनिक मल र विषादी प्रयोग गरेको तरकारी प्रयोग गर्दा मानव स्वास्थ्यमा नै प्रतिकूल असर पारिरहेको अवस्थामा वडा कार्यालयले अर्गानिक तरकारीलाई मात्र उक्त बजारमा बिक्री गर्ने गरी बजार संचालनमा ल्याएपछि उपभोक्तासमेत खुसी छन् । किसानले उत्पादन गरेको तरकारी बिचौलियासमक्ष नपुग्ने र महँगो समेत नपर्ने हुँदा ग्राहकको आकर्षण बढ्ने देखिन्छ ।

किसान बजार उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य गायत्री गुरुङले समृद्ध नेपाल निर्माणका लागि कृषिमा आत्मनिर्भर हुनुपर्ने बताइन् । वडाध्यक्ष दर्शन लामाले वडा १३ लाई अर्गानिक वस्तु उत्पादनको पकेट क्षेत्र बनाएर बिचौलिया नरहने गरी सबैले सुपथ मूल्यम ताजा अर्गानीक तरकारी उपलव्ध गराउने बताए । कृषिविज्ञ मनोहर कडरियाले उपभोक्ता आउँदा सबैखाले वस्तु सहजै पाउन सक्ने गरी व्यवस्थित कृषि उत्पादनमा जोड दिन आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width