महायज्ञमा आधा करोड बढी संकलन

आदर्श समाज सम्वाददाता
माघ १६, २०७६
mahayag

हेमजा।कास्कीको अन्नपूर्ण–३, पाउँदुरमा जारी शिवमहापुराण धनधाञ्याचल महायज्ञमा बुधवारसम्म आधा करोड रुपैयाँ बढी रकम संकलन भएको छ ।शिवालय मन्दिरको सर्वाङ्गीण विकासका लागि आयोजित महायज्ञमा बुधवारसम्म भूमिदानसहित कुल ५२ लाख ९५ हजार १० रुपैयाँ संकलन भएको हो ।

महायज्ञमा कुलामाथि रयालेकी पिताकुमारी पौडेलको परिवारले ३ लाख १ हजार १ सय २६ बराबरको भूमिदान गरेको छ । त्यस्तै भकारीडाँडाका रविलाल पौडेल तथा मराउँचेका देवीप्रसाद पौडेल परिवारले तुलादान गरे ।महायज्ञमा बुधवार मराउँचेका देवीप्रसाद पौडेलको परिवारबाट ५० हजार ५ सय ५, माझथोककी सीता पौडल परिवारले ५१ हजार १ सय ५१, मैदानका कृष्णबहादुर केसी परिवारले ३० हजार ३०, माझथोक निवासी चन्द्रकली पौडलको परिवारबाट १ लाख १ सय ५, अन्नपूर्ण ३ का रुद्रनाथ पौडेलबाट ३१ हजार १ सय ५५ दान प्राप्त भएको छ।

त्यसैगरी, रानीथोकका मुक्तिराम पौडेल परिवारले २५ हजार ५ सय २५, भकारीडाँडाका रविलाल पौडेल परिवारबाट १ लाख १ हजार १ सय ११, पाउँदुरकोटका देवीप्रसाद पौडेल परिवारबाट ५१ हजार १ सय २५, नागडाँडास्थित नमूना खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबाट २५ हजार १ सय ११, बुद्घ आमा समूह पाउँदुरकोटले २५ हजार ५, ठूलाचौर (हाल चितवन) निवासी राजु खत्रीको परिवारबाट २५ हजार ५ सय ५५, रयालेका नारायण पौडेलबाट २५ हजार १ सय २५, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेले ३० हजार १ सय ५ दान सहयोग गरेको छ ।

त्यस्तै, राष्ट्रिय परोपकार महासंघ हेमजाले २५ हजार १ सय, लक्ष्मी देउराली निवासी मानबहादुर क्षेत्री परिवारले ५१ हजार १०, माझथोकका गंगाराम पौडेल परिवारबाट २७ हजार १ सय २५, ढिकुरपोखरीस्थित मर्निङस्टार माविले ३० हजार ५ सय ५, पोखरा रिठेपानीका लिलबहादुर गुरुङ परिवारबाट १ लाख ८४ हजार ६ सय ३०, रिठेपानीकै रामकुमारी गुरुङले २५ हजार ५०, धनमाया बराल पोखरा–२२, कोदीले २५ हजार ५ सय २५, छोरेपाटनका तुलाराम बराल परिवारबाट २५ हजार ५ सय २५, भकारीडाँडाकी चन्द्रकली पौडेल परिवारले २५ हजार ५ सय ५५ दान गरेका छन् ।

त्यसैगरी छ घरकी सुकुमाया नेपाली परिवारले ५१ हजार १ सय ५५, मराउँचे निवासी इन्द्रप्रसाद पौडेल परिवारले २५ हजार १ सय २५, नागडाँडा हेल्थ पोष्ट ढिकुरपोखरीबाट २५ हजार १ सय, पाउँदुर घुम्तीस्थित कृषक मिलन बचत तथा ऋण सहकारीले ५० हजार १ सय २५, रानीथोकका देवीलाल पौडेल परिवारबाट २५ हजार ५, माझाकोस्वाँरा निवासी ठूलो समुन्द्र गिरी परिवारबाट ५५ हजार २५ लगायत थुपै व्यक्ति एवम् संघसंस्थाबाट नगद तथा जिन्सी सहयोग प्राप्त भएको छ । बुधवार महायज्ञमा सम्बोधन गर्दै गण्डकी प्रदेश सांसद राजीव पहारीले जन्मभूमि स्वर्गभन्दा प्यारो हुने औँल्याउँदै त्यस भूमिलाई माया गर्नुपर्ने बताए । भौतिक विकाससँगै समाजमा विकृतिहरु बढ््दै गएको उनको भनाइ छ।

सांसद पहारीले प्रदेश सरकारको पहलमा पाउँदुरकोटमा बहुसांस्कृतिकग्राम बनाउन लागेको पनि स्पष्ट पारे । अन्नपूर्णमा रहेको बाँदर आतंक नियन्त्रण गर्न पनि आफूले भूमिका खेल्ने आश्वासन दिए ।
नेपाली काँग्रेस नेता शुक्रराज शर्माले संस्कार बचाइराख्नुपर्नेमा जोड दिँदै त्यसमा यज्ञको ठूलो महत्व रहने औँल्याए । उनले मन्दिर पुनःनिर्माणमा प्रदेश सरकारको ध्यानाकर्षण गराए । कार्यक्रमबीच राष्ट्रिय परोपकार महासंघ हेमजाले भजन प्रस्तुत गरेको महायज्ञका अध्यक्ष रामचन्द्र पौडेलले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • लेखनाथमा महायज्ञ समिति

    आदर्श समाज सम्वाददाता फागुन २५, २०७६
    लेखनाथ। वि.स. २०६० सालमा महायज्ञ गरेर निर्माण शुरु गरिएको पोखरा ३० को लेखनाथ सामुदायिक लायन्स अस्पतालको सर्वाङ्गिण विकासमा सहयोग पुर्याउने…
  • राधाकृष्णको महायज्ञबाट ४० लाख

    आदर्श समाज सम्वाददाता फागुन २५, २०७६
    लेखनाथ । पोखरा–३२, श्यामघाट लामेआहाल स्थित राधाकृष्ण मन्दिरको ज्ञान महायज्ञमा ४० लाख रुपैयाँ सहयोग रकम संकलन भएको छ । मन्दिरको…
  • अस्पताल बचाउन फेरि महायज्ञ

    आदर्श समाज सम्वाददाता फागुन २३, २०७६
    भीमपाणि बराल-लेखनाथ । पोखरा ३०, मोहोरियास्थित लेखनाथ सामुदायिक लायन्स अस्पतालको सर्वाङ्गीण विकासका लागि आगामी बैशाखमा महायज्ञ सञ्चालन गरिने भएको छ…
  • राधाकृष्ण मन्दिरमा महायज्ञ जारी

    आदर्श समाज सम्वाददाता फागुन २२, २०७६
    कविराज खानल-लेखनाथ ।पोखरा महानगरपालिका वडा ३२, श्यामघाट लामेआहालस्थित राधाकृष्ण मन्दिरको सर्वाङ्गीण विकास एवं धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले…
  • राधाकृष्ण मन्दिरमा श्रीमद्भागवत

    आदर्श समाज सम्वाददाता फागुन १८, २०७६
    लेखनाथ। पोखरा–३२, श्यामघाट लामेआहालमा रहेको राधाकृष्ण मन्दिरको सर्वाङ्गीण विकास एवं धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले श्रीमद्भागवत ज्ञान महायज्ञ…

hero news full width