विन्ध्यवासिनी धार्मिक समितिमा सुवेदी

आदर्श समाज सम्वाददाता
माघ १४, २०७६
Bindebasini-Temple-Pokhara-1024×400

पोखरा । पोखरा २, मिरुवास्थित विन्ध्यवासिनी धार्मिक समितिको पाँचौ अधिवेशन तथा साधारणसभाले नारायणप्रसाद सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा माधवप्रसाद पराजुली, सचिवमा झपेन्द्रराज सुवेदी, कोषाध्यक्षमा बन्धुराज पराजुली र सहसचिवमा वसन्तप्रसाद पराजुली छन् । सदस्यमा शंकरप्रसाद अधिकारी, श्रीराम पौडेल, आनन्दराज पराजुली र गोपाल सुवेदी छन् । साधारणसभाले सचिव झपेन्द्रराज सुवेदीको वार्षिक र कोषाध्यक्ष कृष्णबहादुर कार्कीको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
यसअघि साधारणसभा वयोवृद्व सदस्य खेमराज पराजुलीले उद्घाटन गरेका थिए ।

त्यस अवसरमा संस्थाका सदस्य शिवप्रसाद पराजुली, हेमराज रेग्मी, बैकुण्ठरमण पराजुली, भिमराज रेग्मी, विष्णुप्रसाद अधिकारी, राजेन्द्ररमण पराजुली, पुष्पबहादुर कार्की, लोकबहादुर कार्की, सुरेन्द्ररमण पराजुलीले बोलेका थिए । संस्थाका अध्यक्ष चन्द्रमरण पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष माधवप्रसाद पराजुलीले स्वागत र सचिव झपेन्द्रराज सुवेदीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width