हेटौडाका कृष्ण थापा बुद्धिचाल च्याम्पियन

आदर्श समाज सम्वाददाता
माघ १०, २०७६
Krishna Thapa, Chess Champion

पोखरा । हेटौडाका कृष्ण थापा पोखरामा सम्पन्न राष्ट्रिय वुद्धिचाल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

पोखरा महोत्सवको अवसरमा आयोजना गरिएको प्रतियोगितामा हेटौडा चौकीटोलका थापाले ५.५ अंक बटुल्दै च्याम्पियन बनेका हुन् ।

उपाधीसँगै थापाले २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । एसियन एमेच्योर समेत रहेका थापा २०५६ देखि २०६१ सम्म नेपालको राष्ट्रिय बुद्धिचालमा दोश्रो स्थान हासिल गरेका थिए । थापाले हालसम्म ईलामको गजुरमुखी चेस क्लवबाट चेस खेल्दै आएका छन् ।

त्यसैगरी, प्रतियोगितामा ५ अंक सहित महेश्वर अधिकारीले दोश्रो स्थान ओगटे । उनले १५ हजार, मेडल र प्रमाणपत्र हात पारे । बुद्धिराज शर्माले ४.५ अंक सहित तेश्रो स्थान हासिल गरे । बुद्धिराजले १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

अनिल कोइरालाले ४ अंक सहित चौथो स्थान हासिल गरे । उनले ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । विनोद नाल्मीले ४ अंक सहित पांचौ स्थान ओगटे । विनोदले २ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

त्यसैगरी छैटौदेखि दशौं स्थानसम्म पर्न सफल सागर साई, विश्व पराजुली, युवराज भण्डारी, रामबहादुर क्षत्री, वीरबहादुर परियारले समान १/१ हजार नगद, मेडल र प्रमाणपत्र पुरस्कार पाए ।

प्रतियोगितामा चिफ आर्विटर (मुख्य निर्णायक) श्यामसुन्दर ताम्राकार र आजीवन सदस्य एवं राष्ट्रिय आर्विटर (निर्णायक) नरेन्द्र रानाभाटले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width