सुरज हजारे दाहाल, बर्दिया : प्रदेश नं ५ मा रहेको बर्दिया निकुञ्ज तराई क्षेत्रको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । बबई र कर्णाली नदीको केही भाग समेत ओगटेको यो निकुञ्जमा प्राय स्वदेशी पर्यटकले भ्रमण गर्ने गर्छन् । चितवन निकुञ्ज पटकपटक गएर तृप्त भएका आन्तरिक पर्यटको नयाँ गन्तव्य बर्दिया भएको छ । जिल्लाकै नाममा राखिएको यस निकुञ्जको स्थापना विसं २०३२ मा भएको थियो ।
शुरुमा कर्णाली बन्यजन्तुको आरक्षको रुपमा स्थापित बर्दिया निकुञ्ज पछि बन्यजन्तु आरक्ष बनेको थियो भने २०४५ मंसीर २० गते बर्दिया राष्ट्रिय निकुञ्जको रुपमा बिकास भएको हो ।यसको कुल क्षेत्रफल हाल ९६८ बर्ग किलोमिटर रहेको छ तर स्थापना कालमा भने यसको क्षेत्रफ केबल ३२७ वर्ग किमी मात्र थियो । तत्कालिन राजपरिवारले बाघको शिकार गर्दा चर्चामा आएको बर्दियामा हाल भने बाघ संरक्षण गरिएको छ ।
चैत तथा बैशाख बाघ र बघिनीको मिलन मौसम भएको हुँदा त्यस समय यहाँ प्रशस्त बाघहरु देखिन्छन् । अत्यधिक गर्मीले गर्दा बाघहरु पानीको आहालमा बस्ने हुँदा तिनको पर्खाइमा बिदेशी पर्यटकहरु किताब पढ्दै मचानमाथि कुरेर बस्छन् । सन् २०१८ को गणना अनुसार देशभर रहेका २३५ बाघ मध्ये बर्दियामा ८७ वटा छन् । निकुञ्जभित्र पर्ने गरि महेन्द्र राजमार्गको ७२ किमी क्षेत्र रहेकोले पटकपटक बसकाृ ठक्करबाट बाघ मर्दै आएका छन् ।
बाघ हेर्नको लागि निकुञ्जले जंगल सफारीको व्यवस्था गरेको छ । सन् २००८ मा टाइटनिक फिल्मका हिरो एवं वाघ संरक्षण अभियानका सद्भाव दूत लियोनार्दो क्याप्रियोले बर्दियामा बाघ अवलोकन गर्न आएपछि यसको चर्चा चुलिएको थियो । हिंडेर (जंगल वाक), हात्ती सफारी र जिप सफारीबाट बाघको अवलोकन गर्न सकिन्छ । निकुञ्ज भित्रका पोखरीहरुमा गैंडाहरु पनि धेरै देखिन्छन् ।
यस्तै यस निकुञ्जमा एशियाली हात्ती, एक सिंगे गैंडा, बाघ, चितुवा, बाह्र सिंगे, जरायो जस्ता स्तनधारी जनवार तथा अजिंगर, गोही, घडियाल जस्ताल घस्रने जनावर पाइनछन् । मयुर, कालिज र सुगा यस निकुञ्जको प्रमुख ुपंक्षीहरु हुन् ।
बास बस्नको लागि निकुञ्जको बाहिरी भागमा २२ वटा होटलहरु रहेका छन् । निकुञ्ज सालका ठुला रुखहरुले हरभरा छ । रुख यति बाक्ला छन् कि घामको किरण मुश्किलले जमिनमा पर्दछ । यस निकुञ्जमा ४३८ थरीका चराहरु पाइन्छन् जसमा स्थानीय र रैथाने दुबै पर्दछ ।
बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यका गैंडाका लागि उपयुक्त वासस्थान मानिएकाले सन् १९८६ देखी २०१४ सम्ममा चितवनबाट १०० भन्दा बढी वटा गैंडा बर्दिया निकुञ्जमा स्थानान्तरण गरिएको थियो ।बर्दियामा मात्र ८७ बाघ, ९० को संख्यामा हात्ती, १ सय बढी बाह्रा सिङ्गे, ५० बढी गोही रहेकाछन् । मृग र जरायो बर्दियामा अनगिन्ती संख्यामा देख्न सकिन्छ । त्यसो त, बर्दियामा पर्यटकहरुका लागि २ दर्जन बढी रिसोर्ट र होटलहरु पनि रहेका छन् ।
चितवन निकुञ्जको झैं चर्चा नभए पनि पछिल्ला दिनमा बर्दिया घुम्ने पर्यटकको संख्या बढ्न थालेको छ । कर्णालीको डल्फिन र चिसापानीको रÞाफटिङ्प्रति पछिल्ला दिनमा पर्यटकको आकर्षण बढ्दै गएपछि होटलहरुले प्याकेज नै ल्याएका छन् । चिसा पानीदेखि बर्दियासम्म राफटिंग गरेको करिब रु ५००० लाग्छ । पोखराबाट अम्बासा भन्ने ठाँउमा ओर्लिएपछि राजमार्गदेखि ठाकुरद्वारासम्म पुग्ने गा्रभेल सडकको उभडखाबड अवस्था पनि बर्दिया निकुन्जमा पर्यटक कम पुग्नुको एक कारण हो । हालै आएर अम्बासादेखि निकुञ्जसम्म नै अटोरिक्सा चल्न थालेकोले पर्यटकलाई सहज भएको छ । बीचमा पर्ने अम्बासा खोलामा पुल नहुँदा बर्षादका बेला घण्टौ पर्खनुपर्ने पनि हुन सक्छ ।
निकुञ्जको प्रवेश गेट पछि ठाकुरद्वारामा गोही तथा घडियाल प्रजनन केन्द्र छ । त्यहाँ घडियाल र मगर गोही छन् । निकुञ्जमा गोही प्रजनन् केन्द्र पनि रहेको छ । गोहीसँग कछुवाहरु पनि अर्र्के केजमा राखिएका छन् । पर्यटकको सवारीका लागि लागि यस निकुञ्जमा १० भन्दा बढी हात्तीहरु रहेका छन् । निकुञ्जका करिब एक दर्जन हात्ति मार्फत पर्यकटलाई जंगल सफारी गराइन्छ । हात्ती सफारी गरेको प्रति घण्टा रु ६०० तिर्नुपर्छ ।
निकुञ्जमा प्रवेश गरेको नेपालीबाट रु २० लिइन्छ । निकुञ्जको होटल नबस्नेलाई अर्को बिकल्प डल्ला नामक होमस्टे रहेको छ । २०६७ पछि होमस्टेको अवधारणा सुरु भएको थियो । देशका अन्य होमस्टे झै यँहा पनि आलोपालो गरेर पाहुना राख्ने चलन छ । खानामा घोगी, मुसाको अचार तथा लोक कुखुरा पाइन्छन् ।
खर्च र बसाई ः
पोखराबाट १ बजे महेन्द्रनगर जाने बस गाडी चढेर भोलिपल्ट करिब ५ बजे महेन्द्र राजमार्गसँगै जोडिएको अम्बसामा ओर्लिनुपर्छ । त्यहाँबाट ४५ मिनेटको अटो रिक्साको शयरमा निकुञ्जको प्रवेशद्वार पुगिन्छ । ४ दिनको यात्रा खर्च, हात्ती शयर, खाना र होटल खर्च गरि २० हजार रुपैयाँ खर्च लाग्छ । थारु जातीको डल्ला गाउँ होमस्टेमा बसेमा भने अलग खर्च लाग्छ तर परम्परागत थारु नृत्यहरु देखाइन्छ ।
Related News
सम्बन्धित समाचार
होमस्टे महासंघ गण्डकीको प्रशिक्षण
पर्यटनकर्मीलाई ‘पर्यटकमैत्री सेवा’ सम्बन्धी तालिम
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
पोखरा भिलेज अब चारतारे
ढोरपाटन सिकार आरक्ष आसपासमा तीस घरबास सञ्चालन गरिने
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१