रियल मड्रिड सुपर कप च्याम्पियन

एजेन्सी
माघ १, २०७६
Real Madrid, Winner Super Cup

स्पेनिस फुटबल महारथी रियल मड्रिड सुपर कपको च्याम्पियन बनेको छ ।

साउदी अरबको जेदाहास्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा आइतबार राति भएको फाइनल खेलमा रियलले प्रतिद्धन्द्धी एथ्लेटिको मड्रिडलाई पेनाल्टी टाइब्रेकरमा ४–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

निर्धारित समय र थप गरिएको समयमा दुबै टोलीले कुनैपनि गोल गर्न नसक्दा खेल पेनाल्टी सुट–आउटमा पुगेको थियो । पेनाल्टीमा रियलका ड्यानियल कार्भाहल, रोड्रिगो, लुका मोड्रिच र कप्तान सर्जियो रामोसले गोल गरे । एथ्लेटिकोका किरियन ट्रिपिएरले मात्रै गोल गर्न सफल भए ।

निकै नै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको उक्त खेलमा रियल १० खेलाडीमा समेटिएको थियो । अतिरिक्त समयको २५ औं मिनेटमा रियल १० खेलाडीमा समेटिएको थियो । अल्भेरो मोराटालाई फउल गरेपछि रेफ्रीले रियलका फेडरिको भालभेर्डे दोहोरो पहेँलो कार्डसहित रातो कार्ड खाएर मैदानबाट बाहिरिएका थिए । भालभेर्डे मैदानबाट बाहिरिएपछि खेल केहीवेर तनावपूर्ण बनेको थियो ।

एथ्लेटिको मड्रिडले बार्सिलोनालाई हराउँदै फाइनल प्रवेश गरेको थियो । रियल मड्रिडले भ्यालेन्सियालाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width