हेलिकप्टर दुर्घटनामा ताइवानका प्रधान सेनापतिको मृत्यु

आदर्श समाज सम्वाददाता
पौष १७, २०७६
0e4f5a743ae7460b97e361adc97acebb_w1000_h500_cp

ताइपेई, १७ पुस । ताइवानमा भएको हेलिकोप्टर दुर्घटनामा प्रधानसेनापति शेन यी मिङसहित ८ जनाको मृत्यु भएको छ ।

न्यू ताइपेई सहरको पहाडी क्षेत्रमा बिहीबार बिहान सैन्य हेलिकोप्टर दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु हुनेमा प्रधानसेनापतिसहित उच्च सैनिक अधिकारीहरु रहेको ताइवानका समाचार माध्यमले जनाएका छन ।
दुर्घटनामा सख्त घाइते भएका ५ जनाको उपचार भइरहेको छ। हेलिकप्टरमा ३ जना चालकदलका सदस्य र प्रधानसेनापति शेनसहित १० जना उच्च सैनिक अधिकृत सवार थिए। प्रधानसेनापति शेन ताइवानका वायुसेना प्रमुख पनि हुन् ।

आगामी जनवरी ११ तारिखमा राष्ट्रपतीय तथा संसदीय चुनाव हुदै छ । यो चुनावलाई बेइजिङसँगको सम्बन्धका बारेमा जनमतसंग्रहका रुपमा पनि हेरिएको छ। चुनावमा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीका तर्फबाट निवर्तमान राष्ट्रपति साई इङ वेन र कुमिन्ताङ पार्टीबाट हान कुओ युबीच प्रतिस्पर्धा हुने भएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width