हेमजामा टोपी दिवस

आदर्श समाज सम्वाददाता
पौष १७, २०७६
067A0011_Fotor

टोपी दिवसमा टोपीमा सजिएका युवतीहरु । तस्वीरः दुर्गाप्रसाद पौडेल/आदर्श समाज

‘हाम्रो सानः हाम्रो मानः नेपाली टोपीलाई सम्मान’ भन्ने मूल नाराका साथ लियो क्लब अफ हेमजाको आयोजनामा बुधवार हेमजामा अन्तराष्ट्रिय ढाका टोपी दिवस मनाएको छ।

सो अवसरमा नेपाल भ्रमण वर्ष २०२० लाई स्वागत पनि गरियो।

त्यस्तै, स्थानीय प्रगतिचोकबाट सहभागीले टोपी लगाई सद्भाव र्याली निकालेका हुन्। र्याली मिलनचोक पुगेर कोणसभामा परिणत भयो। र्यालीमा अस्थायी प्रहरी चौकी हेमजाले सहजीकरण गरेको थियो।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र हेमजाका अध्यक्ष विष्णु बास्तोलाले नेपाली टोपीले सगरमाथाको जस्तै विश्वमा नेपालीको शिर उच्च बनाएको बताइन्।

क्लब सचिव वीपीन पौडेलले स्वदेश तथा विदेशमा रहेका नेपालीले यो दिवसलाई सभ्य र भव्य रुपमा मनाउँदै आएको उल्लेख गरे।

क्लब कोषाध्यक्ष नीराजन अधिकारीले पर्यटन वर्ष सफल पार्न युवाले आ–आफ्नो ठाउँबाट सक्दो योगदान दिनुपर्नेमा जोड दिए।

कार्यक्रम संयोजक विश्वास त्रिपाठीले स्वागत गरी शुरु गरेको सो कार्यक्रममा ध्वजाको अभिवादन सविना तिमिल्सिना साथै लियो प्लेज अमृता थापाले वाचन गरेका थिए।

क्लब अध्यक्ष विकास त्रिपाठीको अध्यक्षतामा भएको उक्त कार्यक्रम द्वितीय उपाध्यक्ष विजय त्रिपाठीले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width