पोखरा, १६ पुस । नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष २०२० सुरु भएको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण महोत्सवकै वर्षको रुपमा मनाउने घोषणा गरेको हो ।
भ्रमण वर्षको पहिलो दिन बुधबार काठमाडौँ, पोखरा लगायत देशका सातवटै प्रदेशमा भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम छ । काठमाडौँको दशरथ रङ्गशालामा दिउँसो ४ बजे भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ, भने प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधनगर्ने छन् ।
त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसहितका वक्ताले पनि कार्यक्रममा संवोधन गर्नेछन् । कार्यक्रममा सहभागी हुन भारत, चीनसहित विभिन्न देशका पर्यटनमन्त्री काठमाडौँ आइसकेका छन्। भ्रमण वर्ष उद्घाटन समारोहको सम्पूर्ण तयारी पूरा भएको भ्रमण वर्ष सचिवालयले जनाएको छ।
साँझ रंगाशालामा झाँकीसहित विभिन्न सांस्कृतिक कार्यक्रम गर्ने तयारी छ। नेपाल भ्रमण वर्षलाई सफल बनाउन सबै प्रदेशले आ–आफ्नै ढंगले तयारी गरेका छन्। सबै प्रदेशका आफ्नो क्षेत्रका पर्यटकीय गन्तव्यको सूची तयार गरेर पर्यटकलाई आकर्षित गर्ने प्रयास गरेका छन् । प्रत्येक वर्ष नेपाल भ्रमणका लागि १०–१२ लाख पर्यटक आउने गरेका छन् ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१